प्रजननका लागि छनोट गरिनेबाख्रीका गुण - himalayan goat breeding farm

प्रजननका लागि छनोट गरिनेबाख्रीका गुण

प्रजननका लागि छनोट गरिनेबाख्रीका  गुण
प्रजननका लागि छनोट गरिनेबाख्रीका  गुणलामो र खँदिलो शरीर भएको ।

वथानमा सबैभन्दा ठूलो देखिने ।
प्रजननका लागि चाहिने विशेष गुणहरु स्पष्ट देख्न सकिने ।
सफा जिउडाल भएको र सक्रिय खालको ।
९ महिनाको उमेरपछि पहिलोपटक गर्भिणी भएको आमाबाट जन्मेको बच्चा ।
लामालामा खुट्टा भएको र कल्चौंडो भरिनका लागि प्रशस्त खाली ठाउँ देखिने ।
पुष्ट परेको कल्चौंडो र ठिक्कका आकारको थुन भएको ।
पहिलोचोटि बच्चा जन्माउँदा २ वटा स्थायी दाँत भएको ।
जिउडालको भार चारवटै खुट्टामा बराबर भएको ।
बच्चा तुहिने रेकर्ड नभएको ।
पछाडिपट्टि तुलनात्मकरुपले फुकेको देखिने ।
२ वर्षको अवधिमा ३ पटक बच्चा जन्माउन सक्ने ।
जुम्ल्याहा जन्मेको मध्येबाट हुनुपर्ने ।
आप्mना पाठा–पाठीलाई प्रशस्त दूध दिन सक्ने ।
शतप्रतिशत वा धेरै पाठापाठी हुर्काउने क्षमता भएको ।
जन्मिनेबेलामा कम्तीमा २ किलोग्राम तौल भएको ।
छिटो छिटो शारीरिक वृद्धि हुने खालको वा ६ महिनाको उमेरमा १५ किलोग्रामभन्दा
बढी तौल हुने ।
रोग प्रतिरोधात्मक क्षमता उच्च भएको ।
विभिन्न खालको स्थानीय वातावरणसँग सजिलै घुलमिल हुनसक्ने ।