खसी पार्दा ध्यान दिनुपर्ने कुराहरु - himalayan goat breeding farm

खसी पार्दा ध्यान दिनुपर्ने कुराहरु

खसी पार्दा ध्यान दिनुपर्ने कुराहरु
खसी पार्दा ध्यान दिनुपर्ने कुराहरु 
पाठो १ महिनाको हुनासाथ खसी पार्नुपर्छ ।
खसी पार्नुभन्दा अघि नै त्यसका लागि अति आवश्यक वस्तु र उपकरणहरु जस्तैः
बोर्डिजो–क्यास्टे«टर, एण्टिसेप्टिक झोल, सफा कपास, चिम्टाहरु आदि ठिक
पारिराख्नुपर्छ ।
एण्टिसेप्टिक प्रयोग गरेर बोर्डिजो–क्यास्ट्रेटर र खसी पार्ने मान्छेका हात राम्रोसँग सफा
गर्ने ।
पाठोलाई (चित्रमा देखाएजस्तै) राम्रोसँग अँठ्याएर समाउनुपर्छ ।
हातलाई चिल्लो बनाउन एण्टिसेप्टिक मिसाइएको लुब्रिकेन्ट्स लगाउने, अण्डकोषका दुबै
दानालाई बुढी औंला र माहिली औंला प्रयोग गरेर विस्तारै तन्काउने ।
शुक्रवाहिनी नली पत्ता लगाई राम्रोसँग समाएर छेउपट्टि ल्याउने ।
अँठ्याउने दाँतीको भाग माथिपट्टि पर्नेगरी बोर्डिजो–क्यास्ट्रेटरलाई राम्रोसँग समाउने ।
च्याप्नुपर्ने नसामा बोर्डिजो–क्यास्ट्रेटर राखिसकेपछि साना थुन भएको ठाउँ
९चगमष्mभलतबचथ तभबतक० भन्दा (१÷२”) आधा इन्च तल (जमिनपट्टि) ठिक ठाउँमा राखी
बेस्सरी दबाउने, यसो गर्दा नसा राम्रोसँग च्याँपिईसक्छ र च्याँपेको नसाको भागमाथि
करिब २० सेकेण्डजति च्यापिराख्ने ।
त्यसपछि त्यही नसाको करिब चौथाइ इन्च (०.२५”) तलबाट बोर्डिजो–क्यास्ट्रेटर राखी
अघिकै प्रक्रिया अपनाई नसा च्याप्ने ।
यसरी एकापट्टिको नसा च्यापिदिएपछि ठिक त्यस्तै प्रक्रिया अपनाई अर्कोपट्टिको नसा
पनि दुईपटक च्यापिदिने ।
नसा च्यापिसकेपछि त्यो भागमा सफा कपास र चिम्टाको प्रयोग गरी टिञ्चर आयोडिन
वा अन्य एण्टिसेप्टिक लगाइदिने ।