बाख्राको पाचन–प्रणालीसँग सम्बन्धित समस्याहरु - himalayan goat breeding farm

बाख्राको पाचन–प्रणालीसँग सम्बन्धित समस्याहरु

                                                     
goat farm in nepal
goat farm in nepal
                                               पाचन–प्रणालीसँग सम्बन्धित समस्याहरु
खानमा रुचि नदेखाउने ।
पेट फुल्ने÷ढाडिने ।
पखाला लाग्ने÷कब्जियत हुने÷गोटा पर्ने ।
अपच हुने ।
विषाक्त(food poisoning) हुने ।


                            दाना वा भोज भतेरमा फालिएका खानेकुरा बढी खाएमा देखापर्ने समस्याहरु
ग्यास उत्पन्न हुने, पेट फुल्ने (टिम्प्यानी÷ब्लोट हुने) ।
सास फेर्न अप्ठेरो हुने ।
छिटो छिटो, थोरै थोरै पिसाब गर्ने ।
कराउने र छट्पटाउने ।
दिसा गर्दा गाह्रो भएर कन्ने र बारम्बार दिसा गर्न खोज्ने ।
मात्तिएझैं गर्ने र घरिघरि भुइँमा लड्ने ।
यस्तो हुँदा समयमै उपचार गर्न सकिएन भने बाख्रा मर्न पनि सक्छ ।


                                            उपचार विधि
उपचारका लागि स्थानीय रुपमा उपलब्ध विभिन्न बस्तुहरुको प्रयोग गर्ने, जस्तैः हिंग,
खानेसोडा, गाँजा, अदुवा, तोरीको तेल, टिमुर आदि खुवाउने ।
म्याग्नेसियम सल्फेट प्रयोग गर्ने ।
समयमै स्थानीय प्राविधिक वा ग्रामीण पशुस्वस्थ्य कार्यकर्तासँग सम्पर्क गरी उपचारको
व्यवस्था मिलाउने ।

                                       विशेष सतर्कता अपनाउनुपर्ने कुराहरु
विस्कुन सुकाएको ठाउँ वा अन्न राखेको ठाउँबाट बाख्राहरुलाई टाढा राख्ने ।
बाख्राहरुलाई अन्न÷दाना दिँदा बढ्ता हुनेगरी नदिने ।
भोज–भतेरहरुमा फालिएका खानेकुराहरुलाई राम्रोसँग नपकाई नदिने । साथै धेरै
परिमाण खान पनि नदिने ।
प्रोटिनको मात्रा बढी हुने खालका घाँसहरु पनि धेरै खान नदिने ।
बाख्रालाई सबैभन्दा राम्रो हुने खालका घाँसहरु मात्र खोजेर ल्याउने । अलग्याएर
ख्वाउने व्यवस्था मिलाउने ।