केही विषालु घाँसपातहरु र बाख्राले खादा हुने असर अनि उपचार - himalayan goat breeding farm

केही विषालु घाँसपातहरु र बाख्राले खादा हुने असर अनि उपचार

goat food poision and cure
goat food poision and cure

                    केही विषालु   घाँसपातहरु
धेरै खालका बालीहरु, घाँसपात तथा डालेघाँसहरुमा विषालु तत्व हुने गर्छ । त्यस्ता वस्तु
खाएमा बाख्राहरुलाई विषले असर पार्दछ । कतिपय बाली÷ वोट बिरुवा र घाँसपात धेरै
कलिलो अवस्थामा खुवाउँदा विषालु प्रकृतिका हुन्छन्, जस्तैः जईघाँस, गहुँ, मकै, सुडान घाँस,
स्वीट–क्लोभर÷सेतो–क्लोभर आदि । यी घाँसपात कलिलो खुवाइयो भने नाईटे«ट नामक विषको
असर पुग्दछ ।
                                             विष लाग्दा देखिनेलक्षणहरु
मुखवरिपरि गाज÷फीँज भरिने
पेट दुख्ने
छट्पटाउने
गर्भिणी बाख्राले विषालु घाँस खाँदा गर्भ तुहिने सम्भावना बढी हुनसक्छ
मांसपेसी बढी खुम्चिने÷थर्थराउने
थोरै–थोरै पिसाब पटक–पटक गर्ने
दूधालु बाख्राले दूधको मात्रा घटाउने
देब्रेपट्टिको भुँडी फुलेको देखिने ।

 
                                      उपचार कसरी गर्ने?
पशु स्वास्थ्य प्राविधिकको सहयोगबाट मिथाइलिन ब्लु–२० नामक औषधी ४० मि.लि.
दिनको चारपटक नसामा सूई दिने ।
तरल प्याफिन औषधी खुवाउने ।
उपरोक्त औषधीहरु उपलब्ध नभएको खण्डमा स्थानीयरुपमा उपलब्ध वस्तु÷
सामग्रीहरुलाई औषधीको रुपमा प्रयोग गर्ने ।


                                        लक्षणहरु
रगतले अक्सिजन लिने क्षमता घट्छ र रगतमा अक्सिजनको मात्रा न्यून हुन जान्छ ।
सास फेर्न गाह्रो हुन्छ र बल्ल बल्ल श्वास–प्रश्वास चलेको देखिन्छ ।
मुखको वरिपरि गाज÷फिँज देखिन्छ ।
आँखाका नानीहरु ठूल्ठूला देखिन्छन् ।
मांसपेसीहरु खुम्चिएको र कम्पन भएको देखिन्छ ।

                                  उपचार कसरी गर्ने?
१० ग्राम सोडियम थायोसल्फेट नामक औषधी १०० मि.लि. पानीमा मिसाई खुवाउने ।
रुमेन बोलस नामक औषधी सोही प्याकेटमा सिफारिस भएअनुसार खुवाउने ।
म्याग्नेसियम सल्फेट २ देखि ५ चियाचम्चा १०० मि.लि. (एक चिया गिलास) पानीमा
मिसाई खुवाउने र दिसा गराउने ।
नसाबाट नर्मल सलाइन दिने ।


          अज्ञात बोटबिरुवा खाँदा लाग्नेविष र उपचार लक्षणहरु
बाख्रा चर्न छोड्छ र उग्राउन पनि छोड्छ ।
बाख्रा एकदम निस्क्रिय ÷झोकाउने र उदास जस्तो देखिन्छ ।
मुख वरिपरि गाज निकाल्छ ।
पेटको देब्रेपट्टिको भाग फुलेको देखिन्छ ।
पखाला लाग्न पनि सक्छ ।

                             उपचार 
उन्यू खाँदा बाख्राले रातो रङ्गको पिसाब गर्छन् ।
विष लागे–नलागेकोपहिचान गर्ने तरिका
विषालुरहित पारेको (स्टेरिलाइज्ड गरेको) गिलासमा पिसाब राख्ने, २४ घण्टासम्म त्यो
गिलासलाई कसैले नछुने÷नचलाउने र २४ घण्टापछि राम्रोसँग अवलोकन गर्ने ।
यदि गिलासको पिँधमा केही थिग्रिएको जस्तो (sediments) देखिन्छ भने त्यस्तो
अवस्थामा बाख्रामा प्रोटोजोआबाट हुने रोग लागेको हुनसक्छ, तसर्थ त्यो गिलासको
पिसाब नजिकको पशुस्वास्थ्य प्रयोगशालामा लगी परीक्षण गराउने ।
यदि त्यो पिसाबमा एकनासको रङ्ग देखिन्छ भने त्यो उन्यू खाएका कारणले विष
उत्पन्न भएको हुनसक्छ ।
                                उपचार कसरी गर्ने?
उन्यू पलाएको चरन–क्षेत्रमा बाख्रालाई चराउन लानुहुंँदैन ।


                   बाजरा÷सोर्घम÷जुनेलोकोघाँस खाँदा उत्पन्न हुनसक्नेविष र उपचार
यी बालीका घाँसहरु कलिलो अवस्थामा खुवाइयो भने बाख्रालाई विष लाग्नसक्छ । यस्ता
घाँस कलिलो हुँदा तिनमा साइनाइडस् (cyanides) नामक विषालु तत्व उच्चमात्रामा रहेको
हुन्छ । यी घाँसहरु खुवाउनु परेमा एकरात ओइलाएरमात्र खुवाउने ।

                                लक्षणहरु
रगतले अक्सिजन लिने क्षमता घट्छ र रगतमा अक्सिजनको मात्रा न्यून हुन जान्छ ।
सास फेर्न गाह्रो हुन्छ र बल्ल बल्ल श्वास–प्रश्वास चलेको देखिन्छ ।
मुखको वरिपरि गाज÷फिँज देखिन्छ ।
आँखाका नानीहरु ठूल्ठूला देखिन्छन् ।
मांसपेसीहरु खुम्चिएको र कम्पन भएको देखिन्छ ।

                                 उपचार 
१० ग्राम सोडियम थायोसल्फेट नामक औषधी १०० मि.लि. पानीमा मिसाई खुवाउने ।
रुमेन बोलस नामक औषधी सोही प्याकेटमा सिफारिस भएअनुसार खुवाउने ।
म्याग्नेसियम सल्फेट २ देखि ५ चियाचम्चा १०० मि.लि. (एक चिया गिलास) पानीमा
मिसाई खुवाउने र दिसा गराउने ।
नसाबाट नर्मल सलाइन दिने ।


     अँगेरी, दर्शनपिपल, नीलोफुल्नेगन्धे, धोक्रे, आरुपाते, रातोशिरीष खाएमा  लाग्नेविष


लामो सुख्खा यामपछि पहिलोपटक पालुवा लाग्ने उपर्युक्त वनस्पतिका मुण्टा÷घाँस बाख्राले
खाएमा तुरुन्त विष लाग्न सक्छ । यस्तोमा देखिने लक्षणहरु, यस प्रकार छन्
लक्षणहरु
मुखवरिपरि गाज निकाल्ने
मुखबाट ¥याल बगिरहने
बाख्राले ‘मात्तिएको’ जस्तो व्यवहार देखाउन थाल्छ
देब्रेपट्टिको भुँडी फुलेको देखिन्छ
बारम्बार बान्ता गर्ने
छेरौटी लाग्छ÷पातलो दिसा गर्छ
झोक्राउने÷उदास देखिने
आँखाका नानीहरु राता–राता देखिन्छन्
शरीरको तापक्रम सामान्य अवस्थामा भन्दा घट्छ

                                  उपचार
प्रति बयस्क बाख्रा ३ देखि ५ लिटर पानी खुवाउने ।
प्रति बयस्क बाख्रा खाना पकाउने तेल २५० मि.लि. का दरले खुवाउने ।
उमालेको अमिलो १०० मि.लि. लाई आधा लिटर पानीमा मिसाई प्रति बयस्क बाख्रालाई
खुवाउन
२–५ चिया चम्चा म्याग्नेसियम सल्फेट ३०० मि.लि. पानीमा मिसाई प्रति बयस्क
बाख्रालाई खुवाउने
माथिका उपायहरु अपनाउँदा पनि विष खाएको बाख्रामा कुनै सुधार देखिएन भने
नजिकको पशु प्राविधिकसँग तुरुन्त सम्पर्क गरी उपचारको व्यवस्था मिलाउने ।