उन्नत बाख्रा खोरको व्यवस्था - himalayan goat breeding farm

उन्नत बाख्रा खोरको व्यवस्था

उन्नत बाख्रा खोरको व्यवस्था
उन्नत बाख्रा खोरको व्यवस्था 
खोरका लागि कस्तोठाउँउत्तम हुन्छ ?
खुल्ला, सुख्खा र थोरै उठेको भाग ।
दक्षिण–पूर्व वा दक्षिण–पश्चिम मोहडा फर्केको ।
मलमूत्र सजिलै बाहिर निस्कने खालको खोर ।
सफा पानी, घाँसहरु पाइने वा चरन–क्षेत्रको पायक पर्ने ठाउँ ।

 असल प्रकारकोखोर निर्माण गर्ने योजना
खोर बनाउँदा स्थानीय सामग्रीहरुको अधिकतम प्रयोग गर्ने ।
विभिन्न उमेर–समूहका बाख्रालाई अलग–अलग राख्न मिल्ने गरी प्रशस्त ठाउँ होस् ।
प्रशस्त प्रकाश र हावा खेल्ने (भेन्टिलेसन) व्यवस्था हुनुपर्छ ।
घाँस खानका लागि राम्रो टाट्नो बनाइदिनुपर्छ ।
प्रशस्त पानी दिने प्रबन्ध गर्नुपर्छ ।
बड्क्यौंला र पिसाब झर्ने राम्रो व्यवस्था मिलाउनुपर्छ, ता कि खोर सफा गर्न सजिलो होस् ।
खोर बनाउँदा वैज्ञानिकहरुले सिफारिस गरेअनुसारको मोडेल र नाप–साइजमा
बनाउनुपर्छ ।