बाख्रापालनका लागि बहुपोषणयुक्त ढिक्का (मल्टिन्यूट्रिसन) ब्लक - himalayan goat breeding farm

बाख्रापालनका लागि बहुपोषणयुक्त ढिक्का (मल्टिन्यूट्रिसन) ब्लक

बाख्रापालनका लागि बहुपोषणयुक्त ढिक्का   (मल्टिन्यूट्रिसन) ब्लक
बाख्रापालनका लागि बहुपोषणयुक्त ढिक्का   (मल्टिन्यूट्रिसन) ब्लक
बहुपोषणयुक्त ढिक्का बनाउन चाहिनेसामग्री
बाख्रापालनका लागि आवश्यक पर्ने बहुपोषणयुक्त (मल्टिन्यूट्रिसन) ब्लक÷ढिक्का बनाउनका
लागि निम्न सामग्रीहरु आवश्यक पर्छः
युरिया मल, नुन, ऊँखुको मोलासेस÷खँुदो ÷सख्खर÷भेली, चुना, लवणहरु, भिटामिनहरु,
सिमेन्ट वा रातो माटो (जमिनको सतहभन्दा २ मिटर तल खाडलबाट निकालिएको
रातो माटोलाई हाँडीमा भुटेर मात्र प्रयोग गर्ने), रेशादार वस्तु÷घाँसपात (जस्तैः
भूस÷चोकर, चामल, गहुँ अथवा सुकाएको हे–घाँस वा अन्य नल÷पराल आदि)
३.५ उपकरण र औजारहरु
यस्तो ब्लक बनाउनका लागि निम्नानुसार उपकरण÷औजार÷सामग्री चाहिन्छः
साँचो ९mयगमि० अथवा प्लाष्टिक÷पोलिथिनका झोला÷बोरा वा बाल्टी वा काठको बाकस,
तौलने (मेशीन÷तराजु), नापो भएको भाँडो (जार), वस्तुहरु मिसाउनका लागि ठूलो
भाँडो, चलाउने साबेल, पानी, पाता आदि ।

आवश्यक सामग्री र मात्रा (५–५ किलोका ८ वटा ब्लक बनाउनका लागि)
सामग्री तौल सामग्री तौल
युरिया ४ के.जी. नुन २ के.जी.
मोलासेस २० के.जी. हड्डी चूर्ण २ के.जी.
सिमेन्ट÷रातो मोटा २ के.जी. लवण मिश्रण १०० ग्राम
डोलोमिटिक चुना २ के.जी. बहुभिटामिन पाउडर ५ ग्राम
रेशादार वस्तु ८ के.जी. पानी १ लिटर
बनाउनेप्रक्रिया
१ लिटरपानीमा २ किलो सिमेन्ट वा रातो माटो मिसाउने र राम्रोसँग मुछ्ने ।
त्यसमा ४ किलो यूरिया र २ किलो नुन राखेर राम्रोसँग मल्ने ।
त्यसमाफेरि २० किलो मोलासेस राखेर मल्ने ।
फेरि २ किलो चुना मिसाउने ।
हड्डीको चूर्ण पनि २ किलो मिसाउने (उपलब्ध भएको खण्डमा) ।
लवन–मिश्रण र अन्य भिटामिनहरु मिसाउने ।
त्यसमा ५ किलो रेशादार वस्तु भूसा–चोकर वा स–साना टुक्रा बनाएर काटेको सुकेको
”हे” (घाँस) मिसाउने ।
राम्रोसँग चलाइरहने, जबसम्म सम्पूर्ण वस्तुहरु राम्रो र एकनाससँग मिसिएको जस्तो
देखिँदैन, जबसम्म राम्रो लेदो ९एबकतभ० बन्दैन ।
ब्लक बनाउने साँचोमा लेदो खन्याउने र साह्रो बन्नका लागि १ दिन त्यत्तिकै छोड्ने ।
२४ घण्टापछि साँचो निकाल्ने र साह्रो बन्नका लागि १ दिन त्यत्तिकै छोड्ने ।
यसरी बनाएका ब्लकमा निम्न गुणहरु हुनुपर्छ
सम्पूर्ण वस्तु÷तत्वहरु राम्रोसँग घुलमिल÷मिसमास भएको हुनुपर्छ ।
युरिया र चुनाका डल्ला–डल्ला देखिने हुनुहुँदैन ।
राम्रोसँग सुकेको, कडा र समाउँदा च्यापच्याप लाग्ने हुनुपर्छ ।
तयार भएका ब्लकहरुलाई सुख्खा ठाउँमा छोपेर सुरक्षित तवरले भण्डार गरी
राख्नुपर्छ ।
३.८ ब्लक कसरी खान दिने?
छायाँ पर्ने ठाउँ करिब १ मिटर वा ३
फिटको उँचो ठाउँमा ब्लक राखिदिने
व्यवस्था मिलाउनुपर्छ ।
यसरी बाख्राहरुलाई केही छिन ब्लक
चाट्न (खान) दिनुपर्छ, तर एकपटकमा
वा १ दिनमा १५० ग्राम भन्दा बढी
खान दिनुहुँदैन ।