नेपालमा लगाउन सकिने उपयुक्त घाँसहरू - himalayan goat breeding farm

नेपालमा लगाउन सकिने उपयुक्त घाँसहरू

नेपालमा लगाउन सकिने उपयुक्त घाँसहरू
नेपालमा लगाउन सकिने उपयुक्त घाँसहरू
जग्गा हुने किसानहरूले आप्mनो खरबारी तथा खाली जग्गामा र बारीका कान्लामा पनि घाँस खेती गरी वर्षै भरीको लागि घाँस उत्पादन गर्न सक्दछन्। डाले घाँस, वहुवर्षिय घाँस र एक वर्षिय घाँसमा हिउँदे र वर्षे घाँस मिलाएर लगाउनु पर्दछ ।यसो गर्न सकिएमा घाँसको खास अभाव रहँदैन र जङ्गल विनाश पनि नियन्त्रण हुन्छ । सामुदायिक जङ्गलहरूमा समेत व्यवस्थित तरिकाले उन्नत जातका घाँसहरूको खेती गरी आवश्यक घाँस उपलब्ध गराउन सकिन्छ ।
(१) डाले घासहरू:किम्बु, चुलेत्रो, इपिल–इपिल, दूधिलो, बडहर, टाँकी, कोइरालो, निमारो आदि
(२) एकवर्षीय घा“सहरू
(क) हिउँदे घाँसहरू
जै, सानो केराउ, बर्सिम, भेच आदि ।
(ख) वर्षे घाँस
टियोसेन्टी, काउपी, बाज्रा, मकै, भटमासे आदि ।
(३) बहुवर्षीय घा“सहरू: नेपियर, स्टाइलो, अमृसो, सेटारिया, मोलासेस, पास्पालम, क्लोभर, राइघाँस,कक्सफुट, सुडान, कुड्जु, डिस्मेडियम आदि ।
एक वर्षे घास उत्पादन प्रविधि :
यस्तो प्रकारको घाँस वर्षै पिच्छे लगाइरहनु पर्दछ । नेपालमा लगाउन सकिने उपयुक्त घाँसहरूमा वर्षिम, जै, सर्गम, टियोसेन्टी, केराउ, बाज्रा, भटमासे, बोडी पर्दछन्। घाँस लगाउँदा कोसा लाग्ने र नलाग्ने घाँसहरू मिलाएर लगाएमा माटोको उर्वरा शक्ति कायम रहनुको साथै पशुलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइडेडको अनुपात पनि मिल्न जान्छ ।
(क) हिउँदे घाँस उत्पादन :
उपयुक्त एक वर्षे हिउँदे घाँसमा बर्सिम, जै, केराऊ, भेच आदि पर्दछन्। यी भुइघाँसहरू लगाउँदा मिश्रित तरिकाले लगाउन सकिन्छ । मिश्रित खेती गर्दा माथि उल्लेख गरे अनुसार माटोको उर्वरा शक्ति समेत बच्न जान्छ । हिउँदे घाँसको बीउलाई असोजदेखि मंसिरसम्म छरी हिउँदको समयमा प्रयोग गर्न सकिन्छ ।
(ख) वर्षे घाँस उत्पादन
एक वर्षे घाँसमा भटमास, मकै, मकैचरी, जोआर, बाजरा, बोडी आदि पर्दछन्। वर्षे घाँसका बीउलाई सामान्यतया वर्षा याममा घाँसको रुपमा प्रयोग गर्न सकिन्छ ।
बहुवर्षे घास उत्पादन प्रविधि:
यस्तो प्रकारको घाँस एक पटक लगाएपछि वर्षौसम्म घाँस उत्पादन गर्न सकिन्छ । यस्तो घाँस हैसियत बिग्रीएको सार्वजनिक चरन, सामुदायिक वन, खोलाको बगर, खेतवारीको डिल कान्ला आदिमा लगाउन सकिन्छ । पशुको लागि उपयूक्त बहुवर्षिय घाँसहरूमा नेपीयर, स्टाइलो, अमृसो, राई ग्रास, सेतो क्लोभर, ज्वाइन्ट भेच, पास्पालम, मोलासेस, सेटारिया, कक्सफुट, कुड्जु, ग्लाइसिन, सेन्ट्रोसिमा, सिराट्रो , डेस्मोडियम, ल्यावल्याब आदि हुन्। यसरी सामान्यतया वर्षे घाँसलाई फागुन–चैत्रमा छरिन्छ भने, हिउँदे घाँसलाई असोज–कात्तिकमा छरिन्छ । बीउको आकार मकैको दाना जस्तो छ भने प्रति हेक्टर ४०–५० केजी सम्म बीउ लाग्छ । वर्षिमको बीउ जस्तो छ भने २०–२५ सम्म लाग्छ । पहाडी र जमिन खेतीको लागि प्रयोग गर्ने ठाउँमा बहुवर्षे घाँस खेतीमा जोड दिनु पर्छ ।