पीपीआर रोग - himalayan goat breeding farm

पीपीआर रोग

पीपीआर रोग
पीपीआर रोग
पीपीआर रोग
विषाणुबाट हुन्छ
एकदमै संक्रामक÷छिटो छिटो सर्ने प्रवृत्तिको हुन्छ
यसलाई ‘बाख्राको हैजा’ भनेर पनि चिनिन्छ ।

प्रमुख सरुवा ९ऋयलतबनष्यगक० रोगहरु
बाख्रापालन ः कृषकहरुका लागि हाते–पुस्तक द्धज्ञ
पीपीआर लाग्दा प्रारम्भिक अवस्थामा देखिनेलक्षणहरु
अत्यधिक ज्वरो आउने (१०४ डिग्री सेण्टिग्रेडदेखि १०६ डिग्री सेण्टिग्रेडसम्म)
मुख र थुतुनोको भाग सुख्खा हुने
शरीरको सतह खस्रो देखिने÷जिङ्रिङ्ग परेको देखिने
आँखाका नानीहरु राता–राता हुँदै जाने
खानमा पटक्कै रुचि नदेखाउने ।
बढी संक्रमण भएकोअवस्थामा देखिनेलक्षणहरु
नाकबाट पानी जस्तो सिँगान बगिरहने र पीप मिसिएजस्तो पनि देखिन्छ ।
नाकका प्वालहरुको भित्रपट्टि घाउसमेत हुन्छ ।
गिजा, जिब्रो र मुख वरिपरि स–साना घाउ आउँछन् ।
खोरेत रोग लागेको जस्तो लक्षण देखिन्छ र गाढा कालो र पातलो खालको दिसा गर्छ ।
शरीरमा पानीको मात्रा कम भएर अत्यधिक प्यास लाग्छ ।
शरीरको तापक्रम सामान्यभन्दा पनि तल घट्छ ।
३–४ दिन पछि पशुमा निमोनिया, खोकी र श्वास–प्रश्वासको समस्या उत्पन्न हुन थाल्छ ।
बाख्री गर्भिणी छे भने गर्भ तुहिने समस्या पनि हुनसक्छ ।
पाठा–पाठी र वयस्क बाख्राहरुमा मृत्युदर बढी हुनसक्छ
संक्रमण भएको ५ देखि १० दिनमा उपचार पाएन भने पशु मर्न पनि सक्छ ।
रोग सर्ने माध्यमहरु
रोगी र स्वस्थ बाख्राबीच सम्पर्क÷संसर्ग भएमा
रोगी पशुले खाएका दाना–पानी–घाँस निरोगीले खाएमा वा रोगीले प्रयोग गरेको गोठ,
खोर तथा चरन–क्षेत्रमा चरेमा
नियन्त्रणका उपायहरु
प्रत्येक २–२ वर्षमा गाउँका सम्पूर्ण बाख्राहरुलाई खोप दिने व्यवस्था मिलाउने ।
नयाँ बाख्रा गाउँमा ल्याउनुपर्छ भने खोप लगाए–नलगाएको निश्चित गरी खोप
लगाएरमात्र ल्याउने ।
उपचार
पशुमा संक्रमण भइसकेपछि उपचार गर्न कठिन छ । तसर्थ रोग लाग्न नदिनु नै
सबैभन्दा उत्तम उपाय भएकाले रोकथामका उपायहरु अवलम्बन गर्ने ।