नेपालामा पाईने विदेशी मूलका बाख्राहरू - himalayan goat breeding farm

नेपालामा पाईने विदेशी मूलका बाख्राहरू

नेपालामा पाईने  विदेशी मूलका बाख्राहरू
नेपालामा पाईने  विदेशी मूलका बाख्राहरू
विदेशी मूलका बाख्राहरू मासु तथा दूध उत्पादनका लागि निकै प्रशिद्ध छन् । नेपाली हावापानीमा फस्टाउन सक्ने विदेशी मूलका जमुनापारी, बारबेरी,बोयर,आदि जातका बाख्राहरू लोकप्रिय हुदै गएका छन् । विदेशी मूलका केही बाख्राहरू नेपाली जातका बाख्राहरूको नश्ल सुधारका लागि पनि प्रयोगमा ल्याइएका छन् । विदेशी जातका केही मुख्य मुख्य बाख्राहरू निम्न हुन्ः
a) जमुनापारी यो भारतीय मूलको सबैभन्दा ठूलो, अग्लो जीउडालको लोकप्रिय जातको बाख्रा हो । यस जातको बाख्रा मासु र दूध उत्पादनको लागि उपयुक्त मानिन्छ । लामो लामो तुरलुङ्ग झुन्डिएको कान, लामो अग्लो गोडा, सुगाको जस्तो नाक, देख्नमा भव्य, पछाडिको फिलामा लामो लामो रौं यस जातको विशेषता हो ।
वयस्क बोका ५०–६० किलोे वजन गरेको हुन्छ । बाख्रा ४०५–५० किलोकी हुन्छे । उन्नत तरिकाले पालेमा जमनापारीको खसी ९० किलोसम्मको हुन्छ । यस जातको बाख्रीले वर्षमा एकपटक र १,२ मात्र बच्चा जन्माउँछ । बाख्रीले एक दिनमा २.५ लिटर दूध दिन्छ । छ महिनामा पाठाको तौल करिब १५ किलोको हुन्छ । ठूलो जीउडाल, बढी दूध, छिटो हुर्कने तथा जङ्गली घाँसपातमा पनि राम्ररी जीवन निर्र्वाह गर्न सक्ने भएको हुँदा नेपालमा यस जातको बाख्रा निकै लोकप्रिय भएको छ ।
नेपालमा यस जातका बाख्राहरूलाई १०००–१२०० मिटरसम्मको उँचाइमा पाल्न सकिन्छ । यस जातको बाख्रा कृषि अनुसन्धान केन्द्र, बन्दिपुर तथा धनगढी बाख्रा फार्ममा पालिएका छन् । स्थानीय जातका बाख्राहरूको नश्ल सुधारका लागि सरकारी स्तरमा यस जातका बोकाहरूको प्रयोग गरिन्छ ।
b) बारबरीः सानो कसिलो जीउ गरेको, रातोमा सेतो टाटापाटा परेको यो अफ्रिकी मूलको बाख्रा हो, झलक्क हेर्दा मृग जस्तो देखिन्छ । घरमा बाँधेर पाल्न यस जातको बाख्रा निक्कै उपयुक्त हुन्छ । यो मासु तथा दूध उत्पादनका लागि उपयुक्त मानिन्छ । वयस्क बोकाको तौल ३७–४० किलो र बाख्रीको तौल २२–२५ किलो हुन्छ । एक बेतमा २–३ वटा बच्चा ब्याउँछन् ।
यिनीहरूले एक बेतमा २२५ लिटर दूध दिन्छन् । वर्षमा दुई पटक ब्याउँछन् । दूध बढी दिने, सानो चिटिक्कको जीउ, धेरै बच्चा ब्याउन र हुर्काउन सक्ने तथा स्वादिलो मासु हुने भएकोले नेपालको तराई क्षेत्रमा यस जातको बाखा निकै लोकप्रिय रहेको छ । नेपालमा सर्वप्रथम सन् १९६६ मा इजरायलबाट यस जातका बाख्राहरू झिकाइको थियो । यस जातको बाख्रा धनगढी स्थित बाख्रा विकास फार्म, बुढीतोलामा पालिएको छ । सरकारी स्तरमा पनि स्थानीय जातका बाख्राहरूको नश्ल सुधारका लागि यस जातका बोकाहरू वितरण गरिएका छन् ।
c) बोयर बाख्रा- यो अफ्रिकी मूलको बाख्रा हो यो मासु उत्पादनका लागि विश्व प्रशिद्ध जातको बाख्रा हो । उन्नत तरिकाले पालनपोषण गर्दा बोयर बाख्राको शारीरिक वृद्धिदर सबै बाख्राहरू भन्दा बढी दैनिक २०० ग्राम सम्म पाइएको छ । यिनीहरूको रङ्ग प्रायः सेतो र टाउको केही रातो हुन्छ । वयस्क भाले ९०–१३० किलो र पोथी ८०–१०० किलोसम्मकी हुन्छ ।
यसको बोका ६ महिनामा र पाठी १० महिनाको उमेरमा गर्भाधारण गर्न योग्य हुन्छन् । साला खाला बाखीले एक पटकमा दुई पाठापाठी ब्याउँछ र दुई वर्षको अवधिमा तीन पटक ब्याउँछ । जन्मदा नै यसका पाठापाठीहरू ३–४ किलाका हुन्छन् । पाठापाठीहरू तीन महिनाको उमेरमा २५ – ३० किलोका हुन्छन ।
बोअर बाख्रालाई तराई तथा मध्य पहाडीक्षेत्रमा सफलतापूर्वक पाल्न सकिन्छ । यो बाख्रा नेपाल कृषि अनुसन्धान परिषद्ले २०६५ साल देखि परीक्षण शुरु गरेको छ । नीजि स्तरमा केही बाखा फार्म तथा अन्यले पनि बोअर बाख्रा पाल्ने गरेका छन् ।
d) सानन्ः बाख्रा दूध उत्पादनको निमित्त यो विश्वविख्यात जातको बाख्रा हो । यस जातको बाख्राको उत्पत्ति स्वीटजरल्यान्डमा भएको हो । यिनीहरूको रङ सेतो वा नौनी जस्तो हुन्छ । कान ठाडो तथा चनाखो देखिन्छ । सिङ्ग प्रायः उम्रन्न । बोका तथा बाख्री दुवैमा चुस्स दाह्री उम्रेको हुन्छ । वयस्क बाख्रीको तौल ७५ किलो र बोका ९० किलोको हुन्छ ।
पहिलोपटक ११–१२ महिनाको उमेरमा ब्याउँछ । ब्याएपछि ८–१० महिनासम्म दूध दिइरहन्छ । यिनीहरूले एक दिनमा दुई देखि पाँच लिटरसम्म दूध दिन्छन् । दुधमा करिब ४ प्रतिशत प्mयाट पाइन्छ । यस जातको बाख्राको दूध उत्पादन क्षमता बढी भएकोले यो बाख्रालाई बाख्रा जगतकी दूधकी रानी “मिल्क क्विन अफ गोट वर्ड” पनि भनिन्छ ।
सर्वप्रथम यस जातको बाख्रा २०२३ साल (सन् १९६६) मा इजराइलबाट नेपालमा झिकाइ स्थानीय जातको बाख्राको दूध उत्पादन क्षमता बढाउन प्रयोगमा ल्याइएथ्यो । नेपालमा १५००–२५०० मिटरसम्मको उँचाइका क्षेत्रमा पालन गर्न यस जातको बाख्रा उपयुक्त देखिएका छन् । यस जातको बाख्रा हाल चितलाङ तथा पाँचसयखोला फार्ममा पालिएका छन् ।
e) अँगोरा- यस जातको बाख्रा विशेषगरी मोहेयर को लागि पालिन्छ । मोहेयर, रेशम जस्तो नरम रौँ हो ||


Universal Web Directory / Quality Listing site for your Business
  concept tution center kathmandu
Himalayan Goat Breeding Farm
Ghar Jagga karobar pvt ltd manakamana Sekuwa corner old baneshwor , kathmandu
Bungkot New Horizon English Academy
  Lukeko Samaj Nepali youn katha online