himalayan goat breeding farm: nepali
Showing posts with label nepali. Show all posts
Showing posts with label nepali. Show all posts

नेपालमा लगाउन सकिने उपयुक्त घाँसहरू

9:41 AM
नेपालमा लगाउन सकिने उपयुक्त घाँसहरू
नेपालमा लगाउन सकिने उपयुक्त घाँसहरू
नेपालमा लगाउन सकिने उपयुक्त घाँसहरू
जग्गा हुने किसानहरूले आप्mनो खरबारी तथा खाली जग्गामा र बारीका कान्लामा पनि घाँस खेती गरी वर्षै भरीको लागि घाँस उत्पादन गर्न सक्दछन्। डाले घाँस, वहुवर्षिय घाँस र एक वर्षिय घाँसमा हिउँदे र वर्षे घाँस मिलाएर लगाउनु पर्दछ ।यसो गर्न सकिएमा घाँसको खास अभाव रहँदैन र जङ्गल विनाश पनि नियन्त्रण हुन्छ । सामुदायिक जङ्गलहरूमा समेत व्यवस्थित तरिकाले उन्नत जातका घाँसहरूको खेती गरी आवश्यक घाँस उपलब्ध गराउन सकिन्छ ।
(१) डाले घासहरू:किम्बु, चुलेत्रो, इपिल–इपिल, दूधिलो, बडहर, टाँकी, कोइरालो, निमारो आदि
(२) एकवर्षीय घा“सहरू
(क) हिउँदे घाँसहरू
जै, सानो केराउ, बर्सिम, भेच आदि ।
(ख) वर्षे घाँस
टियोसेन्टी, काउपी, बाज्रा, मकै, भटमासे आदि ।
(३) बहुवर्षीय घा“सहरू: नेपियर, स्टाइलो, अमृसो, सेटारिया, मोलासेस, पास्पालम, क्लोभर, राइघाँस,कक्सफुट, सुडान, कुड्जु, डिस्मेडियम आदि ।
एक वर्षे घास उत्पादन प्रविधि :
यस्तो प्रकारको घाँस वर्षै पिच्छे लगाइरहनु पर्दछ । नेपालमा लगाउन सकिने उपयुक्त घाँसहरूमा वर्षिम, जै, सर्गम, टियोसेन्टी, केराउ, बाज्रा, भटमासे, बोडी पर्दछन्। घाँस लगाउँदा कोसा लाग्ने र नलाग्ने घाँसहरू मिलाएर लगाएमा माटोको उर्वरा शक्ति कायम रहनुको साथै पशुलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइडेडको अनुपात पनि मिल्न जान्छ ।
(क) हिउँदे घाँस उत्पादन :
उपयुक्त एक वर्षे हिउँदे घाँसमा बर्सिम, जै, केराऊ, भेच आदि पर्दछन्। यी भुइघाँसहरू लगाउँदा मिश्रित तरिकाले लगाउन सकिन्छ । मिश्रित खेती गर्दा माथि उल्लेख गरे अनुसार माटोको उर्वरा शक्ति समेत बच्न जान्छ । हिउँदे घाँसको बीउलाई असोजदेखि मंसिरसम्म छरी हिउँदको समयमा प्रयोग गर्न सकिन्छ ।
(ख) वर्षे घाँस उत्पादन
एक वर्षे घाँसमा भटमास, मकै, मकैचरी, जोआर, बाजरा, बोडी आदि पर्दछन्। वर्षे घाँसका बीउलाई सामान्यतया वर्षा याममा घाँसको रुपमा प्रयोग गर्न सकिन्छ ।
बहुवर्षे घास उत्पादन प्रविधि:
यस्तो प्रकारको घाँस एक पटक लगाएपछि वर्षौसम्म घाँस उत्पादन गर्न सकिन्छ । यस्तो घाँस हैसियत बिग्रीएको सार्वजनिक चरन, सामुदायिक वन, खोलाको बगर, खेतवारीको डिल कान्ला आदिमा लगाउन सकिन्छ । पशुको लागि उपयूक्त बहुवर्षिय घाँसहरूमा नेपीयर, स्टाइलो, अमृसो, राई ग्रास, सेतो क्लोभर, ज्वाइन्ट भेच, पास्पालम, मोलासेस, सेटारिया, कक्सफुट, कुड्जु, ग्लाइसिन, सेन्ट्रोसिमा, सिराट्रो , डेस्मोडियम, ल्यावल्याब आदि हुन्। यसरी सामान्यतया वर्षे घाँसलाई फागुन–चैत्रमा छरिन्छ भने, हिउँदे घाँसलाई असोज–कात्तिकमा छरिन्छ । बीउको आकार मकैको दाना जस्तो छ भने प्रति हेक्टर ४०–५० केजी सम्म बीउ लाग्छ । वर्षिमको बीउ जस्तो छ भने २०–२५ सम्म लाग्छ । पहाडी र जमिन खेतीको लागि प्रयोग गर्ने ठाउँमा बहुवर्षे घाँस खेतीमा जोड दिनु पर्छ ।

नेपालामा पाईने विदेशी मूलका बाख्राहरू

6:51 AM
नेपालामा पाईने  विदेशी मूलका बाख्राहरू
नेपालामा पाईने  विदेशी मूलका बाख्राहरू
नेपालामा पाईने  विदेशी मूलका बाख्राहरू
विदेशी मूलका बाख्राहरू मासु तथा दूध उत्पादनका लागि निकै प्रशिद्ध छन् । नेपाली हावापानीमा फस्टाउन सक्ने विदेशी मूलका जमुनापारी, बारबेरी,बोयर,आदि जातका बाख्राहरू लोकप्रिय हुदै गएका छन् । विदेशी मूलका केही बाख्राहरू नेपाली जातका बाख्राहरूको नश्ल सुधारका लागि पनि प्रयोगमा ल्याइएका छन् । विदेशी जातका केही मुख्य मुख्य बाख्राहरू निम्न हुन्ः
a) जमुनापारी यो भारतीय मूलको सबैभन्दा ठूलो, अग्लो जीउडालको लोकप्रिय जातको बाख्रा हो । यस जातको बाख्रा मासु र दूध उत्पादनको लागि उपयुक्त मानिन्छ । लामो लामो तुरलुङ्ग झुन्डिएको कान, लामो अग्लो गोडा, सुगाको जस्तो नाक, देख्नमा भव्य, पछाडिको फिलामा लामो लामो रौं यस जातको विशेषता हो ।
वयस्क बोका ५०–६० किलोे वजन गरेको हुन्छ । बाख्रा ४०५–५० किलोकी हुन्छे । उन्नत तरिकाले पालेमा जमनापारीको खसी ९० किलोसम्मको हुन्छ । यस जातको बाख्रीले वर्षमा एकपटक र १,२ मात्र बच्चा जन्माउँछ । बाख्रीले एक दिनमा २.५ लिटर दूध दिन्छ । छ महिनामा पाठाको तौल करिब १५ किलोको हुन्छ । ठूलो जीउडाल, बढी दूध, छिटो हुर्कने तथा जङ्गली घाँसपातमा पनि राम्ररी जीवन निर्र्वाह गर्न सक्ने भएको हुँदा नेपालमा यस जातको बाख्रा निकै लोकप्रिय भएको छ ।
नेपालमा यस जातका बाख्राहरूलाई १०००–१२०० मिटरसम्मको उँचाइमा पाल्न सकिन्छ । यस जातको बाख्रा कृषि अनुसन्धान केन्द्र, बन्दिपुर तथा धनगढी बाख्रा फार्ममा पालिएका छन् । स्थानीय जातका बाख्राहरूको नश्ल सुधारका लागि सरकारी स्तरमा यस जातका बोकाहरूको प्रयोग गरिन्छ ।
b) बारबरीः सानो कसिलो जीउ गरेको, रातोमा सेतो टाटापाटा परेको यो अफ्रिकी मूलको बाख्रा हो, झलक्क हेर्दा मृग जस्तो देखिन्छ । घरमा बाँधेर पाल्न यस जातको बाख्रा निक्कै उपयुक्त हुन्छ । यो मासु तथा दूध उत्पादनका लागि उपयुक्त मानिन्छ । वयस्क बोकाको तौल ३७–४० किलो र बाख्रीको तौल २२–२५ किलो हुन्छ । एक बेतमा २–३ वटा बच्चा ब्याउँछन् ।
यिनीहरूले एक बेतमा २२५ लिटर दूध दिन्छन् । वर्षमा दुई पटक ब्याउँछन् । दूध बढी दिने, सानो चिटिक्कको जीउ, धेरै बच्चा ब्याउन र हुर्काउन सक्ने तथा स्वादिलो मासु हुने भएकोले नेपालको तराई क्षेत्रमा यस जातको बाखा निकै लोकप्रिय रहेको छ । नेपालमा सर्वप्रथम सन् १९६६ मा इजरायलबाट यस जातका बाख्राहरू झिकाइको थियो । यस जातको बाख्रा धनगढी स्थित बाख्रा विकास फार्म, बुढीतोलामा पालिएको छ । सरकारी स्तरमा पनि स्थानीय जातका बाख्राहरूको नश्ल सुधारका लागि यस जातका बोकाहरू वितरण गरिएका छन् ।
c) बोयर बाख्रा- यो अफ्रिकी मूलको बाख्रा हो यो मासु उत्पादनका लागि विश्व प्रशिद्ध जातको बाख्रा हो । उन्नत तरिकाले पालनपोषण गर्दा बोयर बाख्राको शारीरिक वृद्धिदर सबै बाख्राहरू भन्दा बढी दैनिक २०० ग्राम सम्म पाइएको छ । यिनीहरूको रङ्ग प्रायः सेतो र टाउको केही रातो हुन्छ । वयस्क भाले ९०–१३० किलो र पोथी ८०–१०० किलोसम्मकी हुन्छ ।
यसको बोका ६ महिनामा र पाठी १० महिनाको उमेरमा गर्भाधारण गर्न योग्य हुन्छन् । साला खाला बाखीले एक पटकमा दुई पाठापाठी ब्याउँछ र दुई वर्षको अवधिमा तीन पटक ब्याउँछ । जन्मदा नै यसका पाठापाठीहरू ३–४ किलाका हुन्छन् । पाठापाठीहरू तीन महिनाको उमेरमा २५ – ३० किलोका हुन्छन ।
बोअर बाख्रालाई तराई तथा मध्य पहाडीक्षेत्रमा सफलतापूर्वक पाल्न सकिन्छ । यो बाख्रा नेपाल कृषि अनुसन्धान परिषद्ले २०६५ साल देखि परीक्षण शुरु गरेको छ । नीजि स्तरमा केही बाखा फार्म तथा अन्यले पनि बोअर बाख्रा पाल्ने गरेका छन् ।
d) सानन्ः बाख्रा दूध उत्पादनको निमित्त यो विश्वविख्यात जातको बाख्रा हो । यस जातको बाख्राको उत्पत्ति स्वीटजरल्यान्डमा भएको हो । यिनीहरूको रङ सेतो वा नौनी जस्तो हुन्छ । कान ठाडो तथा चनाखो देखिन्छ । सिङ्ग प्रायः उम्रन्न । बोका तथा बाख्री दुवैमा चुस्स दाह्री उम्रेको हुन्छ । वयस्क बाख्रीको तौल ७५ किलो र बोका ९० किलोको हुन्छ ।
पहिलोपटक ११–१२ महिनाको उमेरमा ब्याउँछ । ब्याएपछि ८–१० महिनासम्म दूध दिइरहन्छ । यिनीहरूले एक दिनमा दुई देखि पाँच लिटरसम्म दूध दिन्छन् । दुधमा करिब ४ प्रतिशत प्mयाट पाइन्छ । यस जातको बाख्राको दूध उत्पादन क्षमता बढी भएकोले यो बाख्रालाई बाख्रा जगतकी दूधकी रानी “मिल्क क्विन अफ गोट वर्ड” पनि भनिन्छ ।
सर्वप्रथम यस जातको बाख्रा २०२३ साल (सन् १९६६) मा इजराइलबाट नेपालमा झिकाइ स्थानीय जातको बाख्राको दूध उत्पादन क्षमता बढाउन प्रयोगमा ल्याइएथ्यो । नेपालमा १५००–२५०० मिटरसम्मको उँचाइका क्षेत्रमा पालन गर्न यस जातको बाख्रा उपयुक्त देखिएका छन् । यस जातको बाख्रा हाल चितलाङ तथा पाँचसयखोला फार्ममा पालिएका छन् ।
e) अँगोरा- यस जातको बाख्रा विशेषगरी मोहेयर को लागि पालिन्छ । मोहेयर, रेशम जस्तो नरम रौँ हो ||


Universal Web Directory / Quality Listing site for your Business
  concept tution center kathmandu
Himalayan Goat Breeding Farm
Ghar Jagga karobar pvt ltd manakamana Sekuwa corner old baneshwor , kathmandu
Bungkot New Horizon English Academy
  Lukeko Samaj Nepali youn katha online

बाख्रा को लागी अति पोसिलो घास मेन्दोला

6:48 AM
बाख्रा को लागी अति पोसिलो घास मेन्दोला
mendola grass
mendola grass
अंग्रेजी नाम mendola अनि बनस्पतिक नाम Tephrosia candida भएको एक प्रकारको सानु देखि मध्यम प्रकारको झाडिदार घास जुन कोसेबाली अन्तर्गत पर्दछ | १ मिटर देखि ३.५ मिटर सम्म हुने यो घास अम्लिय माटोमा राम्रो संग फस्ताउछ | यो घास मा हुने प्रोटिन , भिटामिन , मिनरल्स र अन्य पौस्ठिक तत्व प्रचुर मात्रामा हुने हुदा बाख्रा तथा गाइ बस्तुको लागि महत्वपुर्ण हुन्छ |
सिमान्त जमिन , नदीनाला को किनारा र भिरालो जमिन मा यसलाई लगाउन सकिन्छ | लगाएको करिब ७ बर्ष सम्म यसको उत्पादन लिन सकिन्छ | यसलाई घास को अलावा हरियो मल र आफैमा कोसेबाली भएको हुदा बायुमंडल मा रहेको नाइट्रोजन लाई खिचेर माटोलाई प्रदान गर्दछ | हरियो मल को रुपमा प्रयोग गर्ने हो भने प्रति हेक्टर १५ टन सम्म हरियो मल प्राप्त गर्न सकिन्छ |
प्रति हेक्टर ७.५ के जी बिउ चाहिन्छ भने एक बिरुवा देखि अर्को बिरुवा को दुरी २ देखि ३ मिटर को फरक मा लगाउन सकिन्छ | यस्ले छहारी मन पराउने हुदा फलफुल बगैचा वा सेपिलो जमिन मा अन्तर बालीको रुपमा समेत लगाउन सकिन्छ | तराई देखि मध्ये पहाडी भेगमा लगाउन सकिने यो घास , बाख्रा पालक किसान को लागि अति राम्रो हुन्छ |


Universal Web Directory / Quality Listing site for your Business
  concept tution center kathmandu
Himalayan Goat Breeding Farm
Ghar Jagga karobar pvt ltd manakamana Sekuwa corner old baneshwor , kathmandu
Bungkot New Horizon English Academy
  Lukeko Samaj Nepali youn katha online

किम्बु घास एक परिचय

6:36 AM
किम्बु घास एक परिचय
kimbu ghas
kimbu ghas 
किम्बु बिरुवाको सबै भाग उपयोगमा आउने हुनाले यसलाई भारतमा कल्पबृक्ष पनि भनिन्छ । तराईदेखि पहाडको २२०० मिटर उचाइसम्म लगाएर २० बर्षसम्म उत्पादन लिन सकिन्छ । यो छिटो हुर्कने प्रजातिको बनस्पति हो । किम्बु पतझड बनस्पति भएकाले केही हदसम्म तुषारो सहन सक्छ । यसको प्रसारण बिउ र हांगा काटेर पनि गर्न सकिन्छ । तर, यो अति सुख्खा तथा माटोको तह कम भएको क्षेत्रमा भने फस्टाउन सक्दैन । ।
रेशमखेती गर्नका लागि तराई र सिंचित क्षेत्रमा होचो कदको रुपमा फेददेखि नै हाँगा पलाउन छोडिन्छ र बर्षको चार पटकसम्म काटेर कीरा पालन गरिन्छ भने असिंचित क्षेत्रमा एक डेढ मिटर उचाइका होचो रुखका रुपमा हुकाई बर्षको तीन पटकसम्म हाँगा छिमोलेर रेशमकीरा पालन गरिन्छ । किम्बु सडकको छेउ र घर वरिपरि सौन्दर्यदायक बिरुवाका रुपमा पनि रोपिन्छ । मंसिरदेखि माघसम्म पात झर्ने र गर्मी महिनामा प्रशस्त पातसहित झ्याम्म पलाएका हाँगाहरुले छहारी प्रदान गरी शितलता दिन्छ । यसले प्रदान गर्ने छहारीमा अदुवा, बेसार कफी तथा चियासमेत रोपेर थप आयआर्जन गर्न सकिन्छ । किम्बुको पात, हरियो डांठ र कीरा पालनबाट उपलब्ध बिष्टा एवं प्युपा पशुआहारको स्रोतःकिम्बुको पातमा रहेको उच्चस्तरको प्रोटिनबाट रेशम कीरा पालन गरिन्छ । किम्बु रेशमकीरा पालनको एकमात्र आहारका रुपमा प्रयोग भएको छ, तथापि पात टिपेर बाँकी रहने कलिलो डांठ कीराका लागि प्रयोग नहुने र रेशम कीराले पात खाएर बाँकी रहने पातको नसासहित कीराको बिष्टा पनि पशु आहारका रुपमा प्रयोग गर्न सकिन्छ ।पशुपालनमा रेशमकीराको किम्बुले पुर्याउने योगदान एक रोपनी जमिनमा लगाइएका किम्बु बिरुवाबाट बर्ष भरिमा हाँगासहितको पात उत्पादन तराइमा २० क्वीन्टलभन्दा बढी र पहाडमा १५ क्वीन्टल हुन्छ । रेशमकीरा पालनका लागि हाँगासहित किम्बु काटेर पात कीरापालनका लागि टिपेर वा हाँगा सहित ख्वाएर प्रयोग गरिन्छ । पात ख्वाएर कीरापालन गर्दा खाएर बाँकी रहने ३० प्रतिशत घाँस, हरियो डाँठ र कीरापालनबाट प्राप्त बिष्टा पशुआहारका लागि प्रयोग गरिन्छ । एकपटक किम्बु बिरुवा हुर्किएपछि २० बर्षसम्म उत्पादन दिन्छ । तर, काँटछाँटमा भने ध्यान पुर्याउनुपर्छ । किम्बुको हाँगा काँटछाँटबाट तराईमा १ रोपनीबाट ६०० केजी जति दाउरा पनि उत्पादन हुन्छ ।
एक हेक्टर जमिनमा किम्बु खेती लगाई गरिएको रेशमखेतीले बर्षैभरि १३ जनालाई रोजगारी मिल्छ । पशुदानाका लागि किम्बुको उपयोग, दृष्टिकोण र अभ्यास : पशुपालनका लागि हरियो घाँस उपलब्धता हुने महिनाको दृष्टिले चैत, बैशाख र जेष्ठ सुख्खा महिना हुन् । किम्बु बिरुवा फागुन महिनादेखि पालुवा पलाएर चैत महिनादेखि काट्नका लागि उपलब्ध हुन्छ ।
किम्बुको पातमा निहित प्रोटिन र चिनीको मात्रा जति पात छिप्पिदै जान्छ उति घट्दै जान्छ । त्यसैगरी किम्बुको पातमा पोटासियम र फलाम तत्व पशुका लागि चाहिने भन्दा पनि अधिक मात्रा क्रमश ०.५ –१ र ३ –५० पीपीएम रहने उल्लेख गरिएको छ । त्यस्तै पातमा निहित क्याल्सियम २.४ देखि ४.७ प्रतिशत जुन पशुको लागि चाहिने मात्रा (०.१९ – ०.८२) बढी भएकाले दुधालू पशुको शुरुको अवस्थामा दूध उत्पादन वृद्धि गर्न सहायकशिद्ध हुने भएता पनि पछिल्लो अवस्थामा बाँझोपन गराउन सक्ने भएकाले पशु आहारको एक भागको रुपमा मात्रा प्रयोग गर्न सुझाव दिइएको छ । रेशमकीरा पालन गरी बाँकी रहेको कलिलो डाँठमा पनि क्रुड प्रोटिन ११.५ प्रतिशत, ७६.५ कार्बोहाईड्रेट ९.३ प्रतिशत खरानी १.५६ क्याल्सियम ०.२ फोसफोरस रहने उल्लेख गरिएको छ । गाउँघरमा पशुपालनका लागि प्रयोग गरिने पशुदानाको मुख्य स्रोत र यसमा पाइने पोषण तत्वसँग तुलना गरी हेर्दा अधिकांश पोषणतत्व किम्बुमा पाइने भएकाले रेशमखेती र पशुपालन व्यावसायको अन्तरसम्बन्ध घनिभूत गर्न आवास्यक देखिन्छ ।
छायाँमा सुकाएको किम्बुको पात कुखुराको रासनमा ६ प्रतिशतसम्म मिसाउँदा कुखुराको अण्डा उत्पादन वृद्धि हुनुका साथै फुलको पहेलो भागमा सकारात्मक असर पर्ने अनुसन्धानको नतिजाबाट पाइएको छ । किम्बुको पातको क्रुड प्रोटिन अन्य गुणस्तरयुक्त डालेघाँस बडहर र ईपिलईपिलसँग तुलना गर्दा राम्रो पाइएको छ । जबकि प्राय: राम्रो मानिएको डालेघाँसमा ट्यानिन भन्ने तत्व बढी मात्रामा पाइन्छ । तर किम्बुको घाँस ट्यानिन रहित हुने भएकाले पनि प्रचलित डालेघाँसको तुलनामा राम्रो मानिएको छ । किम्बुको पातमा हुने नाईट्रोजन सल्फर र अन्य खनिजको प्रयाप्त मात्राले पशुको पाचन प्रणालीमा जैबिक प्रोटिन संश्लेषण हुन गई पशुलाई ख्वाइने सुख्खा पराल तथा छ्वालीजस्ता रेशादार पदार्थको उपयोगिता बृद्धि गराउँछ । पशुको पाचन प्रणालीमा जैबिक प्रोटिनको उपलब्धताले बायुमण्डल प्रदुषित ग्यास जस्तै मिथेन र कार्बनडाइअक्साइड उत्पादनमा कमी गराउँछ । नेपालमा अधिकांश पाखो र खेतीयोग्य तर दिनानुदिन बाँझिदै गएका जमिनमा किम्बुखेती बिस्तारको माध्यमले रेशमखेती विस्तारका अतिरिक्त पशुपालन व्यवसायमा महत्वपूर्ण योगदान हुन्छ । साना तथा मझौला कृषकको बाहुल्य रहेको नेपालमा जीवनस्तरको एकमात्र आधार भनेको पशुपालनमा आधारित कृषि प्रणाली नै हो ।

बाख्रा पालन को लागी आबस्यक पर्ने घास हरु

6:11 AM
बाख्रा पालन को लागी आबस्यक पर्ने घास हरु
green fooder for goat   himalayan goat breeding farm
green fooder for goat 
 बाख्रा पालनवाट कति उत्पादन लिन सकिन्छ भन्ने कुरा उनिहरुको स्याहार संहार मा भर पर्ने गर्छ त्यसमा  आहाराको अत्यन्त ठूलो भुमिका रहन्छ ,  बाख्रा मात्र उन्नत जातको र धेरै उत्पादन दिने खालको छ तर उपयुक्त पोषण तत्वको अभाव भयो भने राम्रो उत्पादन लिन सकिदैन । यसरी आहाराबाट प्राप्त पौष्टिक तत्वहरुवाटनै  बाख्रा ले उत्पादन गर्ने भएको हुदा पशु पालनमा सवैभन्दा ध्यान पु¥याउनु पर्ने कुरा आहारानै रहन्छ । हाम्रो गाउँघरमा हरियो घाँसपातको अभावमा मंसिरदेखि चैत सम्म जस्तोसुकै बढि उत्पादन दिने पशु भएपनि बढिमात्रामा पराल खुवाउने चलन हुन्छ जसवाट पशुहरुले संतुलित आहारा खान पाएका हुदैनन् अन्तत उत्पादनमा ह्रास आउनुका साथै पशुहरु दुब्लाएर हाडछाला बाँकि रहने हुन्छ जस कारण पशु पालन ब्यवसायनै असफल हुने गरेको पाइन्छ । पशुपालनवाट बढि अम्दानी लिनको लागि पशुहरुको आहारामा प्रयाप्त पौष्टिक तत्व प्रदान गर्नु पर्दछ । हाम्रो देशमा पशु आहाराको मुख्य स्रोत खेतबारीको कान्लावाट पा्रप्तहुने हरियो घाँस,डालेघाँस ,बन जंगलबाट प्राप्तहुने घाँसपातहरु र खेतीपातीवाट प्राप्तहुने नल, ढोड, छ्वाली, पराल आदि हुन यसवाहेक वाटोको छेउछाउ तथा खालि जग्गामा पशुहरुलाई चराएर पनि पाल्ने गरिन्छ । पौष्टिक तत्वको दृष्टिले नल , पराल ज्यादै निम्न स्तरको आहारा हो भने खेतवारी, जंगलबाट प्राप्तहुने घाँसपातहरुप्रयाप्तमात्रामा नहुने र बाह्रै महिना उपलब्ध नहुने हुदा पशुहरुमा आहराको बर्षभरी अभावनै रहन्छ । फलस्वरुप हरेक प्रकारका पशुहरुको उत्पादन कम हुने गर्दछ । हरियो घाँसमा प्रोटिन खनिज भिटामिन जस्ता पौष्टिक तत्वहरु प्रसस्त मात्रामा पाइने गर्छ र कोषेजातका घाँसमा प्रटिनको मात्रा बढि भएकाले यसलाई अन्य घाँस संग मिलायर खुवाएमा पशुलाई आवश्यक सवैजसो पौष्टिक तत्व प्राप्त हुन्छ । यस्ता घाँस दाना भन्दा निकै सस्तो पर्छ यसर्थ पशुपालनबाट फाइदा लिने र पशुपालनलाइ व्यबसायीक रुपमा अंगाल्ने हो भने घाँस खेती गर्नु अत्यन्तै आबश्यक छ। यसरी घास खेतीमा आधारीत पशुपालन व्यबसाय चल्दै आएका बिकसित मुलुकहरु जस्तै अस्टे«लिया ,न्युजिल्याण्ड हरुलार्इृ उदाहरण को रुपमा लिन सकिन्छ । पशुपालन व्यबसाय र्आिर्थक आम्दानीको राम्रो स्रोत हुदाहुदै पनि पशु फर्ममा पोसिलो घाँसपातको अभाब नेपालको मुख्य समस्याको रुपमा रहेको छ। नेपाल को बिभिन्न क्षेत्रमा मौसम अनुरुपको बाह्रै महिने घाँस खेति गरि आबश्यक मात्रामा उत्पादन लिन सकिन्छ। यहाँका लागि उपर्युतm प्रमुख जातका घासँ खेतिको बारेमा जानकारीहरु तल दिईएको छ :

 १) स्टाइलोः
 यो गरम हावापानी भएको ठाँउमा हुने कोसे जातको बहुबर्षिय घाँस हो । यसलाई जेष्ठ–आषाढमा पानी परेर जमिन भिजेको बेला लगाउनु पर्दछ। माटोमा चिस्यान नभएको बेला यसलाई छर्नु हुदैन । यो घाँस खरबारी, पाखो, रुखो भिरालो,भुक्षय भएको ठाउका साथै सडकको छेउछाउ,नहरको छेउछाउ,अत्यधिक चरणहुने चरण क्षेत्रहरु लगाएतका स्थानमा लगाउन सकिन्छ। यसलाई रामा्रे संग खनजोत गर्नु आबश्यक हुदैन, भिरालो जग्गामा एक अंगुल जति गहिरो तेसो्र लाइन कोरेर बिउलाइ अलि–अलि छोपेर लगाउन सकिन्छ। रामा्रे बर्षात भइरहेको बेला नखनिकन त्यसै छर्दा पनि हन्छ। बहुबर्षिय घाँस भएकोले यसलाई काट्दा फेदसम्म काट्न र चराउन हुदैन, फेदबाट करिब ३ अंगुल छोडेर काट्नु पर्छ । यसलाई लगाएको ३–४ महिना पछि पहिलो पटक र बर्षको ४–५ पटक सम्म काट्न सकिन्छ,यसबाट जम्मा ५ किलो प्रति हे.का दरले उत्पादन लिन सकिन्छ।

२) नेपियर र डाले घाँसः
नेपियर सिँचाइ व्यबस्था भएको र गरम हावापानीमा हुने एक प्रकारको बहुबर्षिय घाँस हो । यसलाइ बारीको सिमाना वरिपरि, कान्ला, डिल, पाखा, पखेरो आदिमा लगाउन सकिन्छ । बिशेषगरी डालेघाँस बारीको सिमानामा र नेपियर कुलोको डिलमा लगाउन सकिन्छ । यसको बिउ नहुने भएकाले उखुजस्तै छिप्पीएको डाँठ जमिनमा त्रि सुताएर गाडेर लगाउनुका साथै बर्षायाममा घाँस काटेर बचेको जरा सहितको डाँठको फेद रोपेर पनि लगाउन सकिन्छ । यसको तिन आख्ला भएको डाँठलाई छड्के गरि तल्लो एक आख्लो जमिन मुनि बिचको आख्लो सतहमा र माथिल्लो आख्लो जमिन माथी पारी २५ से.मि. दुरीमा रोप्नु पर्दछ । यसलाई रोपेको दुई महिना पछि पहिलो पटक र पछि दुइ हप्ताको फरकमा वा दुइ हात अग्लो भएपछि ६ अंगुल छोडेर काट्नु पर्दछ । यसलाई परालमा मिसाएर सानो सानो टुका्र बनाई काटेर खुवाउदा उपर्युत हुन्छ ।

३) बर्षिम :
यो न्यानो हावापानी हुने तराइ तथा पहाडको बेसिमा हिउदमा (आश्विन–कार्तिक) लगाउन सकिने कोषे घाँस हो । यसलाई धान काट्नु भन्दा ३ हप्ता पहिला सिदै छर्न सकिन्छ । अथवा धान काटिसकेपछि डल्ला फोडेर छर्न सकिन्छ । विउ छरेको ४५ दिनमा र प्रत्यक कटाई पछि सिचाई गर्नु पर्छ । यसलाई सिजनमा ५–६ पटक सम्म काट्न सकिन्छ , यसरी प्रति कठ्ठा २–३ टन हरियो घाँस उत्पादन हुन्छ, यसलाई परालसंग मिसाएर खुवाउदा राम्रो हुन्छ ।

बाख्राको आहारा ब्यबस्थान

5:58 AM
  बाख्राको आहारा  ब्यबस्थान
 बाख्राको आहारा  ब्यबस्थान
 बाख्राको आहारा  ब्यबस्थान 
बाख्रापालन्को लागी आहाराको उचित   ब्यबस्थान  महत्वपूर्ण पक्ष हो । बाख्रालाई जिबन निर्वाह र उत्पादनको लागी सन्तुलित आहारा आवश्यक पर्दछ । आहाराको उचित ब्यवस्थापनवाट शारिरिक बृद्दी , पाठापाठी हुर्काउन, समयमा वाली जान,  रोग प्रतिरोधात्मक क्षमतामा बृद्दी गर्न सकिने भएको हुँदा यस ब्यवसायमा आहारा ब्यवस्थापनको महत्वपूर्ण भूमिका रहेको छ । साधारण्तया यस ब्यावसयमा संचालन  खर्च को ५० देखी ६० प्रतिशत खर्च आहारा ब्यवस्थानमा हुने गर्दछ ।
१ बाख्राको लागी आवश्यक  पौष्टिक तत्वहरु

संसारमा पाइने जुनसुकै प्राणी आहारा बिना बाँच्न सक्दैन । आहारामा बिभिन्न पोसक तत्वहरु रहेका हुन्छन, जस्ले शरिरका महत्वपूर्ण कार्यहरु संचालन गरिरहेका हुन्छन । पशुहरुलाई जिबित राख्न र पशुजन्य पदार्थको उत्पादन लिन नभई नहुने पदार्थहरु कार्वोहाइड्रेट, प्रोटिन,  चिल्लो पदार्थ , खनिज तत्व , भिटमिन र पानी हुन।

कार्वोहाइड्रेट  र चिल्लो पदार्थ

बाख्राको समग्र उत्पादकत्व र खाएको आहारा पुर्ण प्रयोगको लागी शक्ती अत्यान्त महत्वपूर्ण तत्व हो । शरिरका लागी आवश्यक शक्ती मुख्यत: कार्वोहाइड्रेट र चिल्लो पदार्थबाट प्राप्त हुन्छ । यस्को कमिले शारिरिक बृद्दिदर कम हुने, बाली ढिलो लाग्ने उत्पादन कम हुने उल्टिरहने जस्ता समस्याहरु देखापर्दछन । शरिरमा शक्तिको लगातार कमी भएमा बाख्राको रोग र परजिविहरु बिरुद्द प्रतिरोधक क्षमता गुमाउन सक्ने हुन्छ।
कार्वोहाइड्रेटका स्रोतहरु
वालिजन्य पदार्थ: मकै, गहु, जौ, जै धान, चामल जस्ता स्टार्च भएका आहाराहरु
उप पदार्थहरु: घाँस, पराल, चोकर, नल, ढोड, छवली, कुनौरो जस्ता बढी रेशा भएका आहाराहरु

प्रोटिन
प्रोटिन बाख्राको लागी अति ने महत्वपुर्ण पोसक तत्व हो । शरिर तन्दुरुस्त राख्न तथा शारिरिक बृद्दिको लागी प्रोटिनको आवश्यकता पर्छ । बाख्राको सम्पुर्ण आहारामा न्युनतम ६ प्रतिसत कोरा प्रोटिन उपलब्ध गराउनु पर्छ अन्यथा बाख्राले आहारा कम खाने गर्दछ । आहारामा प्रोटिनको कमिले बाख्राको पाचन प्रणाली मै असर गरेर खाएको आहाराको उपभोगमा समेत असर पर्छ । साधारणतया प्रोटिनको कमिले भोक कम लाग्ने  तौल घट्ने शारिरिक बृद्दी कम हुने प्रजनन क्षमतामा हार्स आउने रौ विकास मा असर गर्ने आदी हुन्छ।
यदी लामो समयसम्म लगातार प्रोटिनको कमी भएमा पाचन प्रकृयामा गडवडि, रक्त अल्पतासँगै सारीर सुन्निने गर्दछ ।
बाख्रालाई निवार्हको लागी प्रती किलो शरिरिक  तौलमा प्रती दिन ० .५९० ग्राम देखी २ .५७ ग्रामसम्म तथा औषतमा १ .८२ ग्राम पाच्य प्रोटिनको आवश्यकता पर्छ ।
प्रोटिन को स्रोतहरु
कोसे जातका घाँसहरु भटमासको पिना तोरिको पिना दलहन वालि

खनिज पदार्थ

खनिजतत्त्व हरुले शरिरको कोश बृद्दी र कोश हरुको चापलाई निर्धारण गरी शरिर्को कोश तथा कोशीकाहरुलाई आवश्यक खाधतत्व हरुको ओसार पसार कोस एव्ं तन्तुहरुको फोहोर निश्कासन र पित्त झोल जस्ता महत्वपुर्ण भूमिका खेलेको हुन्छ । सामान्यतया बाखाले खाने आहारा एव्ं चरनबाट आवस्यक मात्रामा ख निज पदार्थ उपलब्ध हुने भएतापनी क्यालसियम फोस्फोरस लवण र सल्फर जस्ता खनिज तत्त्व अवस्था अनुसार थप गर्नु पर्ने हुन्छ ।

नुन
ब्याएको दुध दिने बाखृलाई दानामा ० .५% मिसाइ दिने वा मन लागेजती चाट्न दिने गर्नु पर्छ ।
क्यालसियम

ब्याएको दुध दिने बाखृलाई थप  क्यालसियम अनिवार्य रुपमा उपलब्ध गराउनु पर्दछ, यस्ले हड्डी को बिकास मुटुको  मांसपेशिहरुको चाल र लय बनाउनु मद्द्त गर्द्छ । ब्याउने र ब्याएको दुध दिने बाख्रामा यस्को कमिले शिताङ ज्वरो गराउन सक्छ ।

फोस्फोरस्

यस्ले हडडिलाई मजवुत राख्न, शरिरमा कार्वोहाइड्रेटको परिचालन गर्न र प्रोटिन्को अंशको रुपमा मह्त्वपुर्ण भूमिका निर्वाह गरेको हुन्छ । सामन्यतया बाख्रालाई क्यालसियम र फोस्फोरस २ ।१ देखी ४ ।१ को अनुपात्मा उपलब्द गराउनु पर्दछ । बाख्रको निर्वाहको लागी क्याल्सियम १४७ मि ग्रा प्रती के जि जिवित तौल र फोसफोरस ७२ मि ग्रा प्रती के जि जिवित तौल आवस्यक पर्दछ ।

भिटामिन्
बाख्रले खाने आहारा र चारनबाट प्राप्त भिटमिनहरु बाख्राको लागी पर्याप्त हुन्छ र 'बि' भिटामिन बाख्राको घाँसे पेटमा आवस्यक अनुसार आफैले उत्पादन गर्नेगर्छ । धेरै दुध दिने ठुला जातहरु वाहेक सामान्यतया भिटमिनको आवश्यकता पर्दैन ।
पानी
सबै जिवित बस्तुहरुको लागि पानी  नभएनहुने खाधतत्त्व हो । जनावरको सारीरमा जिबित तौलको ७३% पानी हुन्छ । सारीर्को कोश कोशीकाको निर्माण बृद्दी परिचालना देखी शारिरिक तत्वहाँरुको ओसार पसार र ताप परिचालन्को लागी पानी आवस्यक हुन्छ । त्यसैले सबै खाधतत्वको आवश्यक मात्रामा पुर्‍याए पनि यथेस्ट पानी उपलब्ध भएन भने पशुबस्तु बाट भनेजस्तो उत्पादन लिन सकिदैन । सामान्यतया २० के जि तौल बराबर्को बाख्रालाई ४५०-६५० मि लि सम्म पानी प्रतिदिन आवश्यक हुन्छ । यस बाहेक बाख्रालाई सुकेको पदार्थ र पानी १:४ को अनुपात मा उपलब्ध गराउनु पर्दछ ।
सुख्खा  पदार्थ
पशु वस्तुहरुको  आहारामा सुख्खा पदार्थले उसको स्वाभाविक खाने क्षमता र उपलब्ध आहाराको उत्पादनमा प्रयोग गर्ने क्षमता संकेत दिन्छ । सामान्यातया: बाख्राले गाइभैसी र भेडाभन्दा बढी सुख्खा पदार्थ खान सक्दछ । मासुको लागी पालिने बाख्रालाई भन्दा दुधको लागि पालिने बाख्राहरुको आहारामा बढी सुख्खा पदार्थ चाहिन्छ ।

सुख्खा  पदार्थ उपभोग उपलब्ध घाँस आहारा आहाराको स्वादिलोपना र आहारमा भएको जलाश प्रतिशत आदिमा भर पर्ने भएतापनी मासु उत्पादन्को लागी पालिने बाख्राहरुलाई जिवित तौल्को ३-४ प्रतिशत र दुधको लागि पालिने बाख्रालाई जिवित तौलको ५-७ प्रतिशत सुख्खा पदार्थ आवश्यक हुन्छ ।

बाख्रको भुडी फुल्ने समस्या अनि त्यस्को उपचार

11:52 AM
बाख्रको भुडी फुल्ने समस्या अनि त्यस्को उपचार
goat stomach upset problem
goat stomach upset problem
भुडी फुल्ने समस्या खासगरी निम्न कारणबाट उत्पन्न हुने गर्दछ


आकस्मिकरुपमा ठाउँ÷वातावरण र आहारमा परिवर्तन भएमा
धेरै प्रोटिनमिश्रित खाद्य पदार्थहरु खाएमा
विषालु घाँसपात खाएमा
आन्तरिक परजीवीहरुले संक्रमण गरेमा
घाँटीमा खाना अड्किएर सास फेर्न अप्ठेरो भएमा
अन्य रोगहरुका कारणबाट पनि हुन सक्छ ।


                                लक्षणहरु
पेटमा ग्यास उत्पन्न हुने, खासगरी बायाँ पेटमा यस्तो हुन्छ
सास फेर्न कठिन हुने
छट्पटिने
दिसापिसाब गर्न नसक्ने÷बन्द हुने
समयमा उपचार नपाएमा मर्ने सम्भावना हुने ।
बाख्राले विषालु घाँस खाएका
बान्ता गर्ने, छेरौटी लाग्ने र
पेट फुल्ने समस्या
समयमा उपचार नभएर पशु
मर्न सक्छ
विष हटाउने औषधी (एण्टिडोट) सुई
दिएर उपचार गर्न सकिन्छ
सम्भव भएसम्म स्थानीयरुपमा उपलब्ध हुने
विभिन्न घरेलु औषधीहरु खुवाउन

२–५ चिया चम्चा म्याग्नेसियम सल्फेट ३०० मि.लि. पानीमा मिसाई प्रति बयस्क
बाख्रालाई खुवाउने
माथिका उपायहरु अपनाउँदा पनि विष खाएको बाख्रामा कुनै सुधार देखिएन भने
नजिकको पशु प्राविधिकसँग तुरुन्त सम्पर्क गरी उपचारको व्यवस्था मिलाउने ।

                                           उपचार कसरी गर्ने?
टिम्पोल वा ब्लाटोसिलद्वारा उपचार
खाने तेल र तार्पिनको तेल बराबर मात्रा मिलाएर खुवाउने
एभिल; प्रति कि.ग्रा. बाख्राको जीवित तौलका लागि १ मि.लि. का दरले मासुमा वा
नसामा सूई दिने
म्याग्नेसियम सल्फेट आधा लिटर पानीमा १ चियाचम्चा औषधी राखेर खुवाउने ।


                                                    छेरौटी
छेरौटी लाग्नाका कारणहरु
खाना, ठाउँ र वातावरणमा आकस्मिक परिवर्तन भएमा
धेरै प्रोटि मिश्रित खाद्य पदार्थ खाएमा
विषालु घाँसपात खाएमा
आन्तरिक परजीवीहरुले संक्रमन गरेमा
अन्य रोगहरु लाग्दा पनि छेरौटी लाग्न सक्छ ।

                                           लक्षणहरु
पातलो दिसा हुने
शरीरको तौल घट्दै जाने
दूध उत्पादन घट्दै जाने
बढी प्यास÷तिर्खा लाग्ने र शरीरमा पानीको मात्रा कम हुने (डिहाइडे«सन)

                                          उपचार कसरी गर्ने?
नेब्लोन पाउडर र सल्फा वर्गका औषधीसँगै प्रयागे गर्ने ।
यदि आन्तरिक परजीवीका कारणबाट छेरौटी लागेको हो भने सोका लागि औषधी
खुवाउनै पर्छ ।
खोर वरिपरिको वातावरण, भुइँ, पानी आदिको सर–सफाइ र स्वस्थतामा बढी जोड
दिनुपर्छ ।
शरीरमा पानी कम हुने हुँदा सोका लागि जीवनजल बनाई खुवाउने, जीवलजल
बनाउदा ५०० मि.लि. पानीमा १ चिया चम्चा नुन र ३ चिया चम्चा चिनी राख्ने ।
साथै स्थानीय पशु स्वास्थ्य प्राविधिकको परामर्श र सहयोग लिने ।

केही विषालु घाँसपातहरु र बाख्राले खादा हुने असर अनि उपचार

11:41 AM
केही विषालु   घाँसपातहरु र बाख्राले खादा हुने असर अनि उपचार
goat food poision and cure
goat food poision and cure

                    केही विषालु   घाँसपातहरु
धेरै खालका बालीहरु, घाँसपात तथा डालेघाँसहरुमा विषालु तत्व हुने गर्छ । त्यस्ता वस्तु
खाएमा बाख्राहरुलाई विषले असर पार्दछ । कतिपय बाली÷ वोट बिरुवा र घाँसपात धेरै
कलिलो अवस्थामा खुवाउँदा विषालु प्रकृतिका हुन्छन्, जस्तैः जईघाँस, गहुँ, मकै, सुडान घाँस,
स्वीट–क्लोभर÷सेतो–क्लोभर आदि । यी घाँसपात कलिलो खुवाइयो भने नाईटे«ट नामक विषको
असर पुग्दछ ।
                                             विष लाग्दा देखिनेलक्षणहरु
मुखवरिपरि गाज÷फीँज भरिने
पेट दुख्ने
छट्पटाउने
गर्भिणी बाख्राले विषालु घाँस खाँदा गर्भ तुहिने सम्भावना बढी हुनसक्छ
मांसपेसी बढी खुम्चिने÷थर्थराउने
थोरै–थोरै पिसाब पटक–पटक गर्ने
दूधालु बाख्राले दूधको मात्रा घटाउने
देब्रेपट्टिको भुँडी फुलेको देखिने ।

 
                                      उपचार कसरी गर्ने?
पशु स्वास्थ्य प्राविधिकको सहयोगबाट मिथाइलिन ब्लु–२० नामक औषधी ४० मि.लि.
दिनको चारपटक नसामा सूई दिने ।
तरल प्याफिन औषधी खुवाउने ।
उपरोक्त औषधीहरु उपलब्ध नभएको खण्डमा स्थानीयरुपमा उपलब्ध वस्तु÷
सामग्रीहरुलाई औषधीको रुपमा प्रयोग गर्ने ।


                                        लक्षणहरु
रगतले अक्सिजन लिने क्षमता घट्छ र रगतमा अक्सिजनको मात्रा न्यून हुन जान्छ ।
सास फेर्न गाह्रो हुन्छ र बल्ल बल्ल श्वास–प्रश्वास चलेको देखिन्छ ।
मुखको वरिपरि गाज÷फिँज देखिन्छ ।
आँखाका नानीहरु ठूल्ठूला देखिन्छन् ।
मांसपेसीहरु खुम्चिएको र कम्पन भएको देखिन्छ ।

                                  उपचार कसरी गर्ने?
१० ग्राम सोडियम थायोसल्फेट नामक औषधी १०० मि.लि. पानीमा मिसाई खुवाउने ।
रुमेन बोलस नामक औषधी सोही प्याकेटमा सिफारिस भएअनुसार खुवाउने ।
म्याग्नेसियम सल्फेट २ देखि ५ चियाचम्चा १०० मि.लि. (एक चिया गिलास) पानीमा
मिसाई खुवाउने र दिसा गराउने ।
नसाबाट नर्मल सलाइन दिने ।


          अज्ञात बोटबिरुवा खाँदा लाग्नेविष र उपचार लक्षणहरु
बाख्रा चर्न छोड्छ र उग्राउन पनि छोड्छ ।
बाख्रा एकदम निस्क्रिय ÷झोकाउने र उदास जस्तो देखिन्छ ।
मुख वरिपरि गाज निकाल्छ ।
पेटको देब्रेपट्टिको भाग फुलेको देखिन्छ ।
पखाला लाग्न पनि सक्छ ।

                             उपचार 
उन्यू खाँदा बाख्राले रातो रङ्गको पिसाब गर्छन् ।
विष लागे–नलागेकोपहिचान गर्ने तरिका
विषालुरहित पारेको (स्टेरिलाइज्ड गरेको) गिलासमा पिसाब राख्ने, २४ घण्टासम्म त्यो
गिलासलाई कसैले नछुने÷नचलाउने र २४ घण्टापछि राम्रोसँग अवलोकन गर्ने ।
यदि गिलासको पिँधमा केही थिग्रिएको जस्तो (sediments) देखिन्छ भने त्यस्तो
अवस्थामा बाख्रामा प्रोटोजोआबाट हुने रोग लागेको हुनसक्छ, तसर्थ त्यो गिलासको
पिसाब नजिकको पशुस्वास्थ्य प्रयोगशालामा लगी परीक्षण गराउने ।
यदि त्यो पिसाबमा एकनासको रङ्ग देखिन्छ भने त्यो उन्यू खाएका कारणले विष
उत्पन्न भएको हुनसक्छ ।
                                उपचार कसरी गर्ने?
उन्यू पलाएको चरन–क्षेत्रमा बाख्रालाई चराउन लानुहुंँदैन ।


                   बाजरा÷सोर्घम÷जुनेलोकोघाँस खाँदा उत्पन्न हुनसक्नेविष र उपचार
यी बालीका घाँसहरु कलिलो अवस्थामा खुवाइयो भने बाख्रालाई विष लाग्नसक्छ । यस्ता
घाँस कलिलो हुँदा तिनमा साइनाइडस् (cyanides) नामक विषालु तत्व उच्चमात्रामा रहेको
हुन्छ । यी घाँसहरु खुवाउनु परेमा एकरात ओइलाएरमात्र खुवाउने ।

                                लक्षणहरु
रगतले अक्सिजन लिने क्षमता घट्छ र रगतमा अक्सिजनको मात्रा न्यून हुन जान्छ ।
सास फेर्न गाह्रो हुन्छ र बल्ल बल्ल श्वास–प्रश्वास चलेको देखिन्छ ।
मुखको वरिपरि गाज÷फिँज देखिन्छ ।
आँखाका नानीहरु ठूल्ठूला देखिन्छन् ।
मांसपेसीहरु खुम्चिएको र कम्पन भएको देखिन्छ ।

                                 उपचार 
१० ग्राम सोडियम थायोसल्फेट नामक औषधी १०० मि.लि. पानीमा मिसाई खुवाउने ।
रुमेन बोलस नामक औषधी सोही प्याकेटमा सिफारिस भएअनुसार खुवाउने ।
म्याग्नेसियम सल्फेट २ देखि ५ चियाचम्चा १०० मि.लि. (एक चिया गिलास) पानीमा
मिसाई खुवाउने र दिसा गराउने ।
नसाबाट नर्मल सलाइन दिने ।


     अँगेरी, दर्शनपिपल, नीलोफुल्नेगन्धे, धोक्रे, आरुपाते, रातोशिरीष खाएमा  लाग्नेविष


लामो सुख्खा यामपछि पहिलोपटक पालुवा लाग्ने उपर्युक्त वनस्पतिका मुण्टा÷घाँस बाख्राले
खाएमा तुरुन्त विष लाग्न सक्छ । यस्तोमा देखिने लक्षणहरु, यस प्रकार छन्
लक्षणहरु
मुखवरिपरि गाज निकाल्ने
मुखबाट ¥याल बगिरहने
बाख्राले ‘मात्तिएको’ जस्तो व्यवहार देखाउन थाल्छ
देब्रेपट्टिको भुँडी फुलेको देखिन्छ
बारम्बार बान्ता गर्ने
छेरौटी लाग्छ÷पातलो दिसा गर्छ
झोक्राउने÷उदास देखिने
आँखाका नानीहरु राता–राता देखिन्छन्
शरीरको तापक्रम सामान्य अवस्थामा भन्दा घट्छ

                                  उपचार
प्रति बयस्क बाख्रा ३ देखि ५ लिटर पानी खुवाउने ।
प्रति बयस्क बाख्रा खाना पकाउने तेल २५० मि.लि. का दरले खुवाउने ।
उमालेको अमिलो १०० मि.लि. लाई आधा लिटर पानीमा मिसाई प्रति बयस्क बाख्रालाई
खुवाउन
२–५ चिया चम्चा म्याग्नेसियम सल्फेट ३०० मि.लि. पानीमा मिसाई प्रति बयस्क
बाख्रालाई खुवाउने
माथिका उपायहरु अपनाउँदा पनि विष खाएको बाख्रामा कुनै सुधार देखिएन भने
नजिकको पशु प्राविधिकसँग तुरुन्त सम्पर्क गरी उपचारको व्यवस्था मिलाउने ।

बाख्राको पाचन–प्रणालीसँग सम्बन्धित समस्याहरु

11:10 AM
बाख्राको पाचन–प्रणालीसँग सम्बन्धित समस्याहरु
                                                     
goat farm in nepal
goat farm in nepal
                                               पाचन–प्रणालीसँग सम्बन्धित समस्याहरु
खानमा रुचि नदेखाउने ।
पेट फुल्ने÷ढाडिने ।
पखाला लाग्ने÷कब्जियत हुने÷गोटा पर्ने ।
अपच हुने ।
विषाक्त(food poisoning) हुने ।


                            दाना वा भोज भतेरमा फालिएका खानेकुरा बढी खाएमा देखापर्ने समस्याहरु
ग्यास उत्पन्न हुने, पेट फुल्ने (टिम्प्यानी÷ब्लोट हुने) ।
सास फेर्न अप्ठेरो हुने ।
छिटो छिटो, थोरै थोरै पिसाब गर्ने ।
कराउने र छट्पटाउने ।
दिसा गर्दा गाह्रो भएर कन्ने र बारम्बार दिसा गर्न खोज्ने ।
मात्तिएझैं गर्ने र घरिघरि भुइँमा लड्ने ।
यस्तो हुँदा समयमै उपचार गर्न सकिएन भने बाख्रा मर्न पनि सक्छ ।


                                            उपचार विधि
उपचारका लागि स्थानीय रुपमा उपलब्ध विभिन्न बस्तुहरुको प्रयोग गर्ने, जस्तैः हिंग,
खानेसोडा, गाँजा, अदुवा, तोरीको तेल, टिमुर आदि खुवाउने ।
म्याग्नेसियम सल्फेट प्रयोग गर्ने ।
समयमै स्थानीय प्राविधिक वा ग्रामीण पशुस्वस्थ्य कार्यकर्तासँग सम्पर्क गरी उपचारको
व्यवस्था मिलाउने ।

                                       विशेष सतर्कता अपनाउनुपर्ने कुराहरु
विस्कुन सुकाएको ठाउँ वा अन्न राखेको ठाउँबाट बाख्राहरुलाई टाढा राख्ने ।
बाख्राहरुलाई अन्न÷दाना दिँदा बढ्ता हुनेगरी नदिने ।
भोज–भतेरहरुमा फालिएका खानेकुराहरुलाई राम्रोसँग नपकाई नदिने । साथै धेरै
परिमाण खान पनि नदिने ।
प्रोटिनको मात्रा बढी हुने खालका घाँसहरु पनि धेरै खान नदिने ।
बाख्रालाई सबैभन्दा राम्रो हुने खालका घाँसहरु मात्र खोजेर ल्याउने । अलग्याएर
ख्वाउने व्यवस्था मिलाउने ।

बाख्राका लागि विभिन्न प्रकारका रोगविरुद्ध दिइनेखोपका नाम

1:08 PM
बाख्राका लागि  विभिन्न प्रकारका रोगविरुद्ध दिइनेखोपका नाम
बाख्राका लागि  विभिन्न प्रकारका रोगविरुद्ध दिइनेखोपका नाम
बाख्राका लागि  विभिन्न प्रकारका रोगविरुद्ध दिइनेखोपका नाम
विभिन्न प्रकारका रोगविरुद्ध दिइनेखोपका नाम र मात्रा
महिना रोग मात्रा÷प्रति पूर्ण वयस्क
बाख्राका लागि
मात्रा÷पाठा–पाठी भर्खरको
वयस्कका लागि

जनवरी – फेब्रुअरी (माघ) सीपीपी ०.२ मि.लि. (छालामा
सूई दिने)
०.२ मि.लि. (छालामा
सूई दिने)

फेब्रअरी – मार्च (फाल्गुन) पीपीआर १.० मि.लि.÷मासु वा (छालामा
सूई दिने)
१.० मि.लि.÷मासु वा (छालामा
सूई दिने)

मार्च – अप्रिल (चैत) बिफर ९एयह० सूईको प्रयोग गरी नरम
मासुमा सूई लगाउने
सूर्यको प्रयोग गरी नरम
मासुमा सूई लगाउने

अप्रिल – मे (वैशाख) इन्टेरोटोक्सिमिया ५ मि.लि. (छालामा सूई
लगाउन)
२.५ मि.लि. (छालामा सूई
लगाउने)

अप्रिल – मे (वैशाख) खोरेत ९ँःम्० २ मि.लि. (छालामा सूई
लगाउने)
१ मि.लि. (छालामा सू


Universal Web Directory / Quality Listing site for your Business
  concept tution center kathmandu
Himalayan Goat Breeding Farm
Ghar Jagga karobar pvt ltd manakamana Sekuwa corner old baneshwor , kathmandu
Bungkot New Horizon English Academy
  Lukeko Samaj Nepali youn katha online

पीपीआर रोग

1:03 PM
पीपीआर रोग
पीपीआर रोग
पीपीआर रोग
पीपीआर रोग
विषाणुबाट हुन्छ
एकदमै संक्रामक÷छिटो छिटो सर्ने प्रवृत्तिको हुन्छ
यसलाई ‘बाख्राको हैजा’ भनेर पनि चिनिन्छ ।

प्रमुख सरुवा ९ऋयलतबनष्यगक० रोगहरु
बाख्रापालन ः कृषकहरुका लागि हाते–पुस्तक द्धज्ञ
पीपीआर लाग्दा प्रारम्भिक अवस्थामा देखिनेलक्षणहरु
अत्यधिक ज्वरो आउने (१०४ डिग्री सेण्टिग्रेडदेखि १०६ डिग्री सेण्टिग्रेडसम्म)
मुख र थुतुनोको भाग सुख्खा हुने
शरीरको सतह खस्रो देखिने÷जिङ्रिङ्ग परेको देखिने
आँखाका नानीहरु राता–राता हुँदै जाने
खानमा पटक्कै रुचि नदेखाउने ।
बढी संक्रमण भएकोअवस्थामा देखिनेलक्षणहरु
नाकबाट पानी जस्तो सिँगान बगिरहने र पीप मिसिएजस्तो पनि देखिन्छ ।
नाकका प्वालहरुको भित्रपट्टि घाउसमेत हुन्छ ।
गिजा, जिब्रो र मुख वरिपरि स–साना घाउ आउँछन् ।
खोरेत रोग लागेको जस्तो लक्षण देखिन्छ र गाढा कालो र पातलो खालको दिसा गर्छ ।
शरीरमा पानीको मात्रा कम भएर अत्यधिक प्यास लाग्छ ।
शरीरको तापक्रम सामान्यभन्दा पनि तल घट्छ ।
३–४ दिन पछि पशुमा निमोनिया, खोकी र श्वास–प्रश्वासको समस्या उत्पन्न हुन थाल्छ ।
बाख्री गर्भिणी छे भने गर्भ तुहिने समस्या पनि हुनसक्छ ।
पाठा–पाठी र वयस्क बाख्राहरुमा मृत्युदर बढी हुनसक्छ
संक्रमण भएको ५ देखि १० दिनमा उपचार पाएन भने पशु मर्न पनि सक्छ ।
रोग सर्ने माध्यमहरु
रोगी र स्वस्थ बाख्राबीच सम्पर्क÷संसर्ग भएमा
रोगी पशुले खाएका दाना–पानी–घाँस निरोगीले खाएमा वा रोगीले प्रयोग गरेको गोठ,
खोर तथा चरन–क्षेत्रमा चरेमा
नियन्त्रणका उपायहरु
प्रत्येक २–२ वर्षमा गाउँका सम्पूर्ण बाख्राहरुलाई खोप दिने व्यवस्था मिलाउने ।
नयाँ बाख्रा गाउँमा ल्याउनुपर्छ भने खोप लगाए–नलगाएको निश्चित गरी खोप
लगाएरमात्र ल्याउने ।
उपचार
पशुमा संक्रमण भइसकेपछि उपचार गर्न कठिन छ । तसर्थ रोग लाग्न नदिनु नै
सबैभन्दा उत्तम उपाय भएकाले रोकथामका उपायहरु अवलम्बन गर्ने ।

सीपीपी

12:57 PM
सीपीपी
सीपीपी
सीपीपी
सीपीपी ‑सर्ने खालकोपुरानोनिमोनिया)
जीवाणुका कारणबाट हुने
मृत्युदर अत्यधिक बढी हुन्छ (६० प्रतिशतदेखि १०० प्रतिशतसम्म)
लक्षणहरु
बाख्रा साह्रै कमजोर देखिन्छ
खानमा रुचि नदेखाउने
अत्यधिक ज्वरो आउने
बेलाबेलामा खोक्ने
श्वासप्रश्वासमा कठिनाइ हुने
कतिपय जनावरमा मुटुको धड्कनमा अनियमितता देखिने, जोर्नी तथा मस्तिष्कमा समेत
फरकपन देखिन सक्छ ।
रोग सर्ने माध्यमहरु
रोगी पशु र स्वस्थ पशुबीच सम्पर्क भएमा
रोगी पशुले खाएको दाना–पानी वा गोठ÷खोर, चरन–क्षेत्र प्रयोग भएमा ।
नियन्त्रणका उपायहरु
गाउँका सबै प्रकारका बाख्राहरुलाई रोगबिरुद्ध सूई लगाउनुपर्छ ।
गाउँमा नयाँ पशु÷बाख्रा ल्याउनु प¥यो भने उक्त पशु÷बाख्राले रोग विरुद्धको सूई लिएकै
हुनुपर्छ ।
बथानबाट रोगी पशुलाई तुरुन्त अलग्याएर राख्नुपर्छ ।
रोगी पशुको सम्पर्क÷संसर्गमा आएका सम्पूर्ण वस्तुहरु नष्ट गर्नुपर्छ ।
उपचार तरिका
टाइलोसिन ९त्थयिकष्लभ० नामक औषधी सिफारिस गरिएको मात्रा अनुसार खुवाउने वा
मासुमा सूई दिने ।

उन्नत बाख्रा खोरको व्यवस्था

12:51 PM
उन्नत बाख्रा खोरको व्यवस्था
उन्नत बाख्रा खोरको व्यवस्था
उन्नत बाख्रा खोरको व्यवस्था 
खोरका लागि कस्तोठाउँउत्तम हुन्छ ?
खुल्ला, सुख्खा र थोरै उठेको भाग ।
दक्षिण–पूर्व वा दक्षिण–पश्चिम मोहडा फर्केको ।
मलमूत्र सजिलै बाहिर निस्कने खालको खोर ।
सफा पानी, घाँसहरु पाइने वा चरन–क्षेत्रको पायक पर्ने ठाउँ ।

 असल प्रकारकोखोर निर्माण गर्ने योजना
खोर बनाउँदा स्थानीय सामग्रीहरुको अधिकतम प्रयोग गर्ने ।
विभिन्न उमेर–समूहका बाख्रालाई अलग–अलग राख्न मिल्ने गरी प्रशस्त ठाउँ होस् ।
प्रशस्त प्रकाश र हावा खेल्ने (भेन्टिलेसन) व्यवस्था हुनुपर्छ ।
घाँस खानका लागि राम्रो टाट्नो बनाइदिनुपर्छ ।
प्रशस्त पानी दिने प्रबन्ध गर्नुपर्छ ।
बड्क्यौंला र पिसाब झर्ने राम्रो व्यवस्था मिलाउनुपर्छ, ता कि खोर सफा गर्न सजिलो होस् ।
खोर बनाउँदा वैज्ञानिकहरुले सिफारिस गरेअनुसारको मोडेल र नाप–साइजमा
बनाउनुपर्छ ।

बाख्रापालनका लागि बहुपोषणयुक्त ढिक्का (मल्टिन्यूट्रिसन) ब्लक

12:40 PM
बाख्रापालनका लागि बहुपोषणयुक्त ढिक्का   (मल्टिन्यूट्रिसन) ब्लक
बाख्रापालनका लागि बहुपोषणयुक्त ढिक्का   (मल्टिन्यूट्रिसन) ब्लक
बाख्रापालनका लागि बहुपोषणयुक्त ढिक्का   (मल्टिन्यूट्रिसन) ब्लक
बहुपोषणयुक्त ढिक्का बनाउन चाहिनेसामग्री
बाख्रापालनका लागि आवश्यक पर्ने बहुपोषणयुक्त (मल्टिन्यूट्रिसन) ब्लक÷ढिक्का बनाउनका
लागि निम्न सामग्रीहरु आवश्यक पर्छः
युरिया मल, नुन, ऊँखुको मोलासेस÷खँुदो ÷सख्खर÷भेली, चुना, लवणहरु, भिटामिनहरु,
सिमेन्ट वा रातो माटो (जमिनको सतहभन्दा २ मिटर तल खाडलबाट निकालिएको
रातो माटोलाई हाँडीमा भुटेर मात्र प्रयोग गर्ने), रेशादार वस्तु÷घाँसपात (जस्तैः
भूस÷चोकर, चामल, गहुँ अथवा सुकाएको हे–घाँस वा अन्य नल÷पराल आदि)
३.५ उपकरण र औजारहरु
यस्तो ब्लक बनाउनका लागि निम्नानुसार उपकरण÷औजार÷सामग्री चाहिन्छः
साँचो ९mयगमि० अथवा प्लाष्टिक÷पोलिथिनका झोला÷बोरा वा बाल्टी वा काठको बाकस,
तौलने (मेशीन÷तराजु), नापो भएको भाँडो (जार), वस्तुहरु मिसाउनका लागि ठूलो
भाँडो, चलाउने साबेल, पानी, पाता आदि ।

आवश्यक सामग्री र मात्रा (५–५ किलोका ८ वटा ब्लक बनाउनका लागि)
सामग्री तौल सामग्री तौल
युरिया ४ के.जी. नुन २ के.जी.
मोलासेस २० के.जी. हड्डी चूर्ण २ के.जी.
सिमेन्ट÷रातो मोटा २ के.जी. लवण मिश्रण १०० ग्राम
डोलोमिटिक चुना २ के.जी. बहुभिटामिन पाउडर ५ ग्राम
रेशादार वस्तु ८ के.जी. पानी १ लिटर
बनाउनेप्रक्रिया
१ लिटरपानीमा २ किलो सिमेन्ट वा रातो माटो मिसाउने र राम्रोसँग मुछ्ने ।
त्यसमा ४ किलो यूरिया र २ किलो नुन राखेर राम्रोसँग मल्ने ।
त्यसमाफेरि २० किलो मोलासेस राखेर मल्ने ।
फेरि २ किलो चुना मिसाउने ।
हड्डीको चूर्ण पनि २ किलो मिसाउने (उपलब्ध भएको खण्डमा) ।
लवन–मिश्रण र अन्य भिटामिनहरु मिसाउने ।
त्यसमा ५ किलो रेशादार वस्तु भूसा–चोकर वा स–साना टुक्रा बनाएर काटेको सुकेको
”हे” (घाँस) मिसाउने ।
राम्रोसँग चलाइरहने, जबसम्म सम्पूर्ण वस्तुहरु राम्रो र एकनाससँग मिसिएको जस्तो
देखिँदैन, जबसम्म राम्रो लेदो ९एबकतभ० बन्दैन ।
ब्लक बनाउने साँचोमा लेदो खन्याउने र साह्रो बन्नका लागि १ दिन त्यत्तिकै छोड्ने ।
२४ घण्टापछि साँचो निकाल्ने र साह्रो बन्नका लागि १ दिन त्यत्तिकै छोड्ने ।
यसरी बनाएका ब्लकमा निम्न गुणहरु हुनुपर्छ
सम्पूर्ण वस्तु÷तत्वहरु राम्रोसँग घुलमिल÷मिसमास भएको हुनुपर्छ ।
युरिया र चुनाका डल्ला–डल्ला देखिने हुनुहुँदैन ।
राम्रोसँग सुकेको, कडा र समाउँदा च्यापच्याप लाग्ने हुनुपर्छ ।
तयार भएका ब्लकहरुलाई सुख्खा ठाउँमा छोपेर सुरक्षित तवरले भण्डार गरी
राख्नुपर्छ ।
३.८ ब्लक कसरी खान दिने?
छायाँ पर्ने ठाउँ करिब १ मिटर वा ३
फिटको उँचो ठाउँमा ब्लक राखिदिने
व्यवस्था मिलाउनुपर्छ ।
यसरी बाख्राहरुलाई केही छिन ब्लक
चाट्न (खान) दिनुपर्छ, तर एकपटकमा
वा १ दिनमा १५० ग्राम भन्दा बढी
खान दिनुहुँदैन ।

खसी पार्दा ध्यान दिनुपर्ने कुराहरु

12:28 PM
खसी पार्दा ध्यान दिनुपर्ने कुराहरु
खसी पार्दा ध्यान दिनुपर्ने कुराहरु
खसी पार्दा ध्यान दिनुपर्ने कुराहरु 
पाठो १ महिनाको हुनासाथ खसी पार्नुपर्छ ।
खसी पार्नुभन्दा अघि नै त्यसका लागि अति आवश्यक वस्तु र उपकरणहरु जस्तैः
बोर्डिजो–क्यास्टे«टर, एण्टिसेप्टिक झोल, सफा कपास, चिम्टाहरु आदि ठिक
पारिराख्नुपर्छ ।
एण्टिसेप्टिक प्रयोग गरेर बोर्डिजो–क्यास्ट्रेटर र खसी पार्ने मान्छेका हात राम्रोसँग सफा
गर्ने ।
पाठोलाई (चित्रमा देखाएजस्तै) राम्रोसँग अँठ्याएर समाउनुपर्छ ।
हातलाई चिल्लो बनाउन एण्टिसेप्टिक मिसाइएको लुब्रिकेन्ट्स लगाउने, अण्डकोषका दुबै
दानालाई बुढी औंला र माहिली औंला प्रयोग गरेर विस्तारै तन्काउने ।
शुक्रवाहिनी नली पत्ता लगाई राम्रोसँग समाएर छेउपट्टि ल्याउने ।
अँठ्याउने दाँतीको भाग माथिपट्टि पर्नेगरी बोर्डिजो–क्यास्ट्रेटरलाई राम्रोसँग समाउने ।
च्याप्नुपर्ने नसामा बोर्डिजो–क्यास्ट्रेटर राखिसकेपछि साना थुन भएको ठाउँ
९चगमष्mभलतबचथ तभबतक० भन्दा (१÷२”) आधा इन्च तल (जमिनपट्टि) ठिक ठाउँमा राखी
बेस्सरी दबाउने, यसो गर्दा नसा राम्रोसँग च्याँपिईसक्छ र च्याँपेको नसाको भागमाथि
करिब २० सेकेण्डजति च्यापिराख्ने ।
त्यसपछि त्यही नसाको करिब चौथाइ इन्च (०.२५”) तलबाट बोर्डिजो–क्यास्ट्रेटर राखी
अघिकै प्रक्रिया अपनाई नसा च्याप्ने ।
यसरी एकापट्टिको नसा च्यापिदिएपछि ठिक त्यस्तै प्रक्रिया अपनाई अर्कोपट्टिको नसा
पनि दुईपटक च्यापिदिने ।
नसा च्यापिसकेपछि त्यो भागमा सफा कपास र चिम्टाको प्रयोग गरी टिञ्चर आयोडिन
वा अन्य एण्टिसेप्टिक लगाइदिने ।

प्रजननका लागि छनोट गरिनेबाख्रीका गुण

12:22 PM
प्रजननका लागि छनोट गरिनेबाख्रीका  गुण
प्रजननका लागि छनोट गरिनेबाख्रीका  गुण
प्रजननका लागि छनोट गरिनेबाख्रीका  गुणलामो र खँदिलो शरीर भएको ।

वथानमा सबैभन्दा ठूलो देखिने ।
प्रजननका लागि चाहिने विशेष गुणहरु स्पष्ट देख्न सकिने ।
सफा जिउडाल भएको र सक्रिय खालको ।
९ महिनाको उमेरपछि पहिलोपटक गर्भिणी भएको आमाबाट जन्मेको बच्चा ।
लामालामा खुट्टा भएको र कल्चौंडो भरिनका लागि प्रशस्त खाली ठाउँ देखिने ।
पुष्ट परेको कल्चौंडो र ठिक्कका आकारको थुन भएको ।
पहिलोचोटि बच्चा जन्माउँदा २ वटा स्थायी दाँत भएको ।
जिउडालको भार चारवटै खुट्टामा बराबर भएको ।
बच्चा तुहिने रेकर्ड नभएको ।
पछाडिपट्टि तुलनात्मकरुपले फुकेको देखिने ।
२ वर्षको अवधिमा ३ पटक बच्चा जन्माउन सक्ने ।
जुम्ल्याहा जन्मेको मध्येबाट हुनुपर्ने ।
आप्mना पाठा–पाठीलाई प्रशस्त दूध दिन सक्ने ।
शतप्रतिशत वा धेरै पाठापाठी हुर्काउने क्षमता भएको ।
जन्मिनेबेलामा कम्तीमा २ किलोग्राम तौल भएको ।
छिटो छिटो शारीरिक वृद्धि हुने खालको वा ६ महिनाको उमेरमा १५ किलोग्रामभन्दा
बढी तौल हुने ।
रोग प्रतिरोधात्मक क्षमता उच्च भएको ।
विभिन्न खालको स्थानीय वातावरणसँग सजिलै घुलमिल हुनसक्ने ।

प्रजननका लागि छनोट गरिनेबोका र बाख्रामा हुनुपर्ने गुणहरु

12:01 PM
प्रजननका लागि छनोट गरिनेबोका र बाख्रामा हुनुपर्ने गुणहरु
goat farming in nepal
goat farming in nepal
समूहमा सबैभन्दा बढी वजन भएको ।
लामो र खँदिलो शरीर भएको ।
छोटा–छोटा तर बलिया खुट्टा भएको ।
गर्दन लामो भएको र सीधा जिउडाल भएको ।
चौडा छाती भएको ।
सधैं जुम्ल्याहा जन्माइरहने र २ वर्षमा कम्तीमा ३ पटक ब्याउने माउका सन्तान ।
पहिलोचोटि पाठा–पाठी जन्माउँदा २ वटा स्थायी दाँत ९उभचmबलभलत तभभतज० भएकी
माउबाट जन्मेका बच्चा ।
गर्दन र पछाडिको भागमा लामो लामो र झुप्प परेको रौं भएको ।
हेर्दैमा बलियो, तगडा र डरलाग्दो आक्रामक ९बननचभकष्खभ० देखिने ।
जन्मिदाखेरि २ किलोग्रामभन्दा बढी तौल भएको ।
जन्मेको ६ महिनासम्ममा कम्तीमा १५ किलो तौल पुगेको ।
थुन, कल्चौंडो राम्रोसँग विकास भएको ।
अण्डकोषका दुबै दानाहरु ठूल्ठूला र बराबर आकारको भएको ।
१८ महिना पुगिसक्दा सबैभन्दा बढी तौल ग्रहण गर्नसक्ने र २ वटा स्थायी दाँत
आएका ।
रोग सहन सक्ने क्षमता बढी भएका माउहरुबाट जन्मेका पाठा–पाठी छान्ने ।
एउटै उमेर समूहका मध्येबाट सबैभन्दा ठूलोलाई छान्ने ।
नजिकको नाता पर्ने वा एउटै वंशबाट जन्मेकालाई नछान्ने ।
उन्नत जातको ‑अर्थात् चाहेको वाह्य प्रजातिको नश्लबाट कम्तीमा ५०∞ मिश्रण भएको)
छान्ने ।
प्रजनन उद्देश्यकै लागि छानिएका बोका र बाख्रीको संसर्गबाट जन्मिएका बच्चामात्र
लिने ।
प्रजननका लागि छनोट गरिनेबोका र बाख्रामा हुनुपर्ने गुणहरु
समूहमा सबैभन्दा बढी वजन भएको ।
लामो र खँदिलो शरीर भएको ।
छोटा–छोटा तर बलिया खुट्टा भएको ।
गर्दन लामो भएको र सीधा जिउडाल भएको ।
चौडा छाती भएको ।
सधैं जुम्ल्याहा जन्माइरहने र २ वर्षमा कम्तीमा ३ पटक ब्याउने माउका सन्तान ।
पहिलोचोटि पाठा–पाठी जन्माउँदा २ वटा स्थायी दाँत ९उभचmबलभलत तभभतज० भएकी
माउबाट जन्मेका बच्चा ।
गर्दन र पछाडिको भागमा लामो लामो र झुप्प परेको रौं भएको ।
हेर्दैमा बलियो, तगडा र डरलाग्दो आक्रामक ९बननचभकष्खभ० देखिने ।
जन्मिदाखेरि २ किलोग्रामभन्दा बढी तौल भएको ।
जन्मेको ६ महिनासम्ममा कम्तीमा १५ किलो तौल पुगेको ।
थुन, कल्चौंडो राम्रोसँग विकास भएको ।
अण्डकोषका दुबै दानाहरु ठूल्ठूला र बराबर आकारको भएको ।
१८ महिना पुगिसक्दा सबैभन्दा बढी तौल ग्रहण गर्नसक्ने र २ वटा स्थायी दाँत
आएका ।
रोग सहन सक्ने क्षमता बढी भएका माउहरुबाट जन्मेका पाठा–पाठी छान्ने ।
एउटै उमेर समूहका मध्येबाट सबैभन्दा ठूलोलाई छान्ने ।
नजिकको नाता पर्ने वा एउटै वंशबाट जन्मेकालाई नछान्ने ।
उन्नत जातको ‑अर्थात् चाहेको वाह्य प्रजातिको नश्लबाट कम्तीमा ५०∞ मिश्रण भएको)
छान्ने ।
प्रजनन उद्देश्यकै लागि छानिएका बोका र बाख्रीको संसर्गबाट जन्मिएका बच्चामात्र
लिने ।

बाख्रापालनमा प्रजनन् सम्बन्धि केही जानकारी

10:17 AM
बाख्रापालनमा प्रजनन् सम्बन्धि केही जानकारी
 प्रजनन्को लागि वोका कस्तो हुनुपर्छ
धेरै शारीरिक तौल भएको, मोटो गर्धन भएको, मोटो र बलियो अग्ला खुट्टा भएका, निरोगी बाउ र २ वा २ भन्दा बढी पाठापाठी जन्माउने, प्रशस्त दुध उत्पादन गरी पाठापाठी हुर्काउने, कम्तिमा २ वर्षमा ३ पटक व्याउने स्वस्थ्य निरोगी माउ बाट जन्मेको तन्दुरुस्त वोका प्रजनन्का लागि प्रयोग गर्नुपर्छ र मात्र गतिलो वोकाको प्रयोगले गतिला पाठापाठी जन्माउन सकिन्छ ।
 बाख्री वा पाठी कस्तो हुनुपर्छ
 २ वा २ भन्दा बढी पाठापाठी जन्माउने, प्रशस्त दुध उत्पादन गरी पाठापाठी हुर्काउने, कम्तिमा २ वर्षमा ३ पटक व्याउने स्वस्थ्य निरोगी माउ वा यस्तै माउबाट जन्मेको तन्दुरुस्त पाठी भविष्यमा पाठापाठी उत्पादन गर्ने कार्यको लागि उपयोग गर्नु पर्दछ ।
बाख्रापालनमा प्रयोग हुने प्रजनन् विधिहरु
१. हाल गाउंघरमा भैरहेको प्रजनन् विधिः
 प्रजनन् कार्यको लागि कस्तो वोका र कस्तो बाख्री वा पाठी छान्ने वारेमा कुनै चासो नभएको । जुनसुकै बाख्री वा पाठी जुनसुकै वोकाबाट प्रजनन् भएपनि मतलव नगरिएको । प्रजनन् हुने वोका र बाख्री वा पाठी बिच कुनैपनि किसिमको नाता पर्न सक्नै (जस्तै बाउ–छोरी, आमा–छोरा, दाजु–बहिनी वा दिदी–भाई) बारे ख्याल नगरिएको । यस किसिमको नातेदार प्रजनन्को कारण बाख्रापालनमा के कस्ता असरहरु पर्दछन् भन्ने वारेमा ज्ञान र चासो नभएको । व्यवहारमा यसरीनै नातेदार प्रजनन् भैरहेको । नातेदार प्रजनन्का असरहरु नातेदार प्रजनन्बाट जातिय शुद्धता त कायम रहन्छ तर यसको वेफाइदाहरु यस प्रकार छन्ः बंश खिइदै जान्छ । पहिलो नातेदार प्रजनन् बाट जन्मेको पापाठीमा सामान्यतया १ के.जि.को दरले शारीरिक तौल घट्छ भने दोश्रो पूस्तामा आधा के.जि. घट्छ । यसरी नातेदार प्रजनन् भैरहने र तौल घटी राख्ने अवस्थामा बाख्राहरु झन् भन्दा झन् साना र ख्याउटे हुंदै जान्छन् । मृत्यूदर बढ्दै जान्छ । नातेदार विच प्रजनन् हुंदै जांदा यस्तो प्रजनन्बाट जन्मने पाठापाठीहरुको मृत्यू हुने क्रम पनि बढ्दै जान्छ । जन्मेका पाठापाठी ठूला भएर आम्दानी लिनुपर्ने ठाउंमा सानैमा मर्न थालेपछि बाख्राबाट आम्दानी लिन सकिदैन । पहिलोपटक वाली हुने उमेर बढ्दै जान्छ । सामान्यतया हाम्रा स्थानिय जातका बाख्राका पाठीहरु ७–८ महिनाका भएपछि वोका लिने गर्दछ । तर पाठीहरुको प्रजनन् स्वास्थ्यको हिसावले १० महिना कटेपछि मात्र वोका लगाउनु राम्रो हुन्छ । तर नातेदार प्रजनन्बाट जन्मेको पाठीहरु १ वर्ष वा त्योभन्दा बढीको हुंदा पनि वोका नलाग्न सक्छ । यसबाट छिटो प्रतिफल लिन कठिनाई हुन्छ । बाख्रापालनमा लगानी बढ्न जान्छ र राम्रो आय आर्जन गर्न सकिदैन । एकपटक व्याएपछि पुन वालीजान ढीलो हुन्छ । साधारणतया बाख्री व्याएको २ महिनापछि पुनः वाली जाने गर्दछ र बाख्रापालनबाट छिटो प्रतिफल लिन सकिन्छ । तर नातेदार प्रजनन्बाट जन्मेका पाठीहरु एकपटक व्याएपछि २ महिनामै वोका नलागेर ४–५ महिना लाग्न सक्छ । यसको कारणले प्रतिफल राम्रो आउंदैन । रोगी हुन्छ । नातेदार प्रजनन्बाट जन्मेको पाठापाठीहरु रोगी हुने, ख्याउटे हुने राम्ररी नबढ्ने जास्ता समस्याले ग्रस्त हुन्छन् ।
 २. प्रजातिय प्रजनन् विधिः
प्रजातिय भनेको प्रजनन् हुने वोका र बाख्री दई अलग्गै जातका भन्ने बुझ्नु पर्दछ । उदाहरणको लागि सानन बाख्राको वोका र खरी बाख्री विचको प्रजनन् लाई प्रजातिय प्रजनन् भन्न सकिन्छ । यस प्रकारको प्रजनन्मा बाख्राको जातै फरक हुने हुंदा नाता सम्बन्ध हुने कुरै हुंदैन । यसरी प्रजनन् भएर जन्मने पाठापाठीहरु भविष्यमा राम्रो उत्पादन र आम्दानी दिन सक्ने त हुन्छन् तर यस प्रकारको प्रजनन् प्रणलीलाई निरन्तर गर्दा जातिय शुद्धता हराएर जान्छ । उदाहरणको लागि खरी बाख्रीहरु सबैमा हामीले सानन वोकाबाट प्रजनन् गराइरह्यौं भने खरि र साननको मिश्रित गुण भएका पाठापाठीहरुको बृद्धि हुंदै जान्छ र समुदायमा खरी बाख्रा हराउंदै जान्छ । त्यसैले जातिय शुद्धतालाई जोगाइ राख्न सबै खरी बाख्राहरुलाइ सानन सँग प्रजनन् नगराइ निश्चित सँख्यामा छनाैट गरेर मात्र प्रजनन् गराउने र निश्चित सँख्याका खरी बाख्राहरुलाइ खरी वाेकाबाटै प्रजनन् गराइ खरीकाे जातिय सँरक्षण पनि गरिरहनु पर्दछ । बाख्राको गुणस्तर पनि सुधार हुने र जातिय शुद्धतापनि हराउन नदिने प्रजनन् विधि स्वजातिय प्रजनन् – नाता वाहिर आफ्नै जातभित्र तर प्रजनन् हुने वोका र बाख्री वा पाठी बिच कुनैपनि नाता सम्बन्ध नभएको हुनुपर्छ । यसको लागि कस्तो वोका र कस्तो बाख्री वा पाठी हुनुपर्छ भन्ने कुरा माथि उल्लेख भैसकेको छ । माथि उल्लेख भए अनुसारको वोका र बाख्री वा पाठी छान्ने र संधै नाता नपर्ने गरी ख्याल राखेर प्रजनन् गराउनु पर्छ । नियन्त्रित प्रजनन् व्यवस्था मिलाउन सकिएन भने नाता जोगाउन पनि सकिदैन । त्यसैले नाता नपर्ने राम्रो गुणस्तरीय विउ वोका राखेर बांकी वोकाहरुलाई खसी बनाइदिनु पर्छ । सामान्यतया १५–१८ महिनामा पहिले वोका लागेर जन्मेको पाठीहरु प्रजनन् हुने अवस्थामा पुगेको हुन्छन् र ती पाठीहरु पुरानै वोकाबाट प्रजनन् भएमा बाउ–छोरी बिच प्रजनन् हुन पुग्छ । त्यसैले प्राय १५–१८ महिनामा विउ वोको साट्ने गर्नु पर्दछ । पुरानो वोकोलाई खसी बनाइदिने वा बेचिदिने र नयां वोकाको व्यवस्था गर्नुपर्छ । तवमात्र नातेदार प्रजनन् जोगाउन सकिन्छ र बाख्राकाे गुणस्तर सुधार गरी उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ ।

बाख्रा पालन सम्बन्धि सामान्य सल्लाहहरू

9:39 AM
बाख्रा पालन सम्बन्धि सामान्य सल्लाहहरू
goat farming general knoledge in nepali
goat farming general knoledge in nepali
कस्तो बाख्रा छान्ने?
  • बाउ र माउको घर ठेगाना पत्ता लागेको; पाठा-पाठी किन्दा बोका र माउको जात खुलेको पाठापाठी ल्याउनु पर्छ
  • कम्तिमा ६ पुस्ता सम्म हाडनाता नपरेको
  • उस्तै-उस्तै हावापानीमा हुर्केको (पानी नलाग्ने ठाँउको हुनुपर्ने)
  • धेरै उत्पादन दिने जातको (ठाँउ अनुसार फरक फरक हुन्छ)
  • सके सम्म धेरै दुध आउने माउ बाट जन्मेको
  • सकेसम्म जुम्ल्याह जन्माउने माउ बाट जन्मेको वा जुम्ल्याह जन्माउने जातको वोका लागेको
  • रोगब्याधि नलागेको, सकेसम्म खोप लगाएको, नियमित जुकाको र नाम्लेको औषधि खुवाएको।
कति सम्म बाख्रा राख्ने
  • कति सम्म बाख्रा राख्न सकिने भन्ने कुरा कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरामा भर पर्छ। यदि अन्तराष्ट्रिय बाख्रापालनको मापदण्डलाई मान्ने हो भने प्रति १५ बाख्रा ९०० वर्गफिटको जमिनको आवश्यकता पर्दछ। तर उक्त प्रकारको क्षेत्रफल बाख्राको लागि छुट्ट्याउदा गाँउघरको लागि बाख्रा पालन निकै महँगो पर्न जान्छ। हाम्रो गाँउघरमा ५x५ फिटको हाराहारीको खोरमा ७-८ वटा सम्म बाख्रा पालेको देखिन्छ।
  • त्यसरी बाख्रा पाल्नु नितान्तै गलत हो भन्न सकिन्न तर यसरी बाख्रा पाल्दा बाख्रालाई पर्याप्त ठाँउ नपुग्ने भएकोले गर्भवती बाख्राहरूमा तुहिने समस्या पनि हुन सक्छ र सरसफाई गर्न निकै समस्या पर्छ। तर यस्तो ठाँउमा पनि केहि सामान्य सुधार गर्दा उन्नत तरिकाले, र सुरक्षित तवरले ५ देखि ६ वटा वाख्रा पाल्न सकिन्छ। कति वटा बाख्रा पाल्ने भन्ने कुरा हामीले बनाएको खोर कस्तो छ भन्ने कुरामा भर पर्छ।
खोर कस्तो बनाउने?
  • बाख्राको खोर कस्तो बनाउने भन्ने कुनै निश्चित आकार छैन। नेपाल सरकारले केहि मोडलहरू सिफारिस गरेका छन् र केहि निजी फार्महरूले पनि अनुसन्धान बाट केहि मोलडहरू सिफारिस गरेका छन्। जस्तो सुकै मोडलको खोर बनाउदा पनि केहि आधारभुत कुराहरूलाई ध्यान पुर्याउनु पर्ने हुन्छ।
  • खोर बनाउदा बाख्रा बस्ने टाँड जमिन भन्दा कम्तिमा ९० सेन्टीमिटर अग्लो स्थानमा बनाउनु पर्दछ। यसरी खोर बनाउदा बाख्राको बड्कौला (दिसा) र पिसाव बाट आउने गन्ध पुरै खोर भित्र आउदैन। ध्यान पुर्याउन पर्ने कुरा के छ भने दिसा/पिसाव कुहिदा निस्किने ग्याँसहरू (सल्फर डाईअक्साईड, मिथेन, एमोनिया, हाईड्रोजन सल्फाईड आदि) ले साना-साना पाठापाठीको वृद्धि विकासमा फरक पार्नुको साथसाथै गर्भवती बाख्रालाई तुहाईदिन कस्छ।
  • बाख्राको खोर जमिनबाट केहि अग्लो (कम्तिमा ९० सेन्टीमिटर) बनाउदा दैनिक वा समय समयमा सफा गर्न सकिन्छ जस्ले गर्दा मलमुत्र कुहिएर गन्हाउने तथा हानिकारक ग्यासहरू निस्किने प्रभावहरू न्यूनिकरण गर्न सकिन्छ।
  • बाख्राको खोर बनाउदा कम्तिमा ५ फिट अग्लो बनाउनु पर्दछ जस्ले गर्दा खोर भित्र पसेर सजिलै खोर सफा गर्न सकिन्छ। अलिक अग्लो खोर बनाउदा गर्मी मौसममा चर्को गर्मी बाट बाख्राहरूलाई बचाउन सकिन्छ। यसका साथसाथै वर्षाको समयमा वाख्रालाई बाहिर निकाल्न नसकेको वेलामा खोरभित्रै घाँस दिन सकिन्छ।
  • सकिन्छ भने खोरसंगै जोडेर बाहिरपट्टी खोरमा राखिएका बाख्रालाई खुल्ला रूपले घुम्न सक्ने खाली ठाँउको ब्यवस्था गर्नु पर्दछ। यसरी राखेको खाली ठाँउलाई बाँस, काठपात, फरिको वा तारजालीले ४ फिट सम्म अग्लो बार्न सकिन्छ। यदि त्यसरी बार्न सकिन्न भने उक्त ठाउमा किला गाडेर बाँध्न सकिन्छ। खोर भन्दा टाढा खुल्ला ठाँउ राख्दा बाख्रा सार्न लामो समय र जनशक्ति लाग्न सक्छ र परिवारका सदस्यलाई झर्को लाग्न सक्छ।
  • बाख्राको खोरमा घाँस झुण्ड्याउन मिल्ने ठाँउको व्यवस्था गर्नु पर्दछ। यसै गरि खोर भन्दा बाहिर टाँड अथवा घाँस झुण्ड्याउन मिल्ने व्यवस्था मिलाउनु पर्दछ।
  • बाख्राको खोर बनाउदा ३ वा ४ फिट भन्दा माथि सानो झ्याल (भेन्टिलेसन्) राख्न जरूरी हुन्छ। यसरी भेन्टिलेसन् राख्दा बाख्रालाई स्वासप्रस्वास सम्बन्धि रोगहरूमा न्यूनिकरण गर्न सकिन्छ। यसको साथसाथै गन्धपनि कम गर्न सकिन्छ। गाँउघरमा बाख्राको खोरमा झ्याल राख्दा बाख्रालाई चिसो लाग्छ भन्ने मान्यता पाईन्छ। तर सानो झ्याल राख्दा बाख्रालाई घाटा भन्दा फाईदा नै बढि हुन्छ।
  • बाख्रा पालन गर्ने किसानले यदि आफैले बोका राख्ने हो भने बोकालाई छुट्टै राख्नु पर्दछ। यदि त्यसरी राख्न सकिएन भने बाख्रामा हाडनाताको सम्बन्ध रहनजाने सम्भावना हुन्छ।
  • गर्भवती बाख्रालाई सकेसम्म छुट्टै राख्ने र राख्न नसक्ने अवस्थामा अरू बाख्राले हान्न नसक्ने अवस्था मिलाएर राख्ने।
  • यदि बोका जन्मिएको छ र खसी नपार्ने हो भने बोकालाई माउको दुध छुट्ने वितिक्कै अलग्गै राक्नु पर्दछ। अन्यथा ३ महिना पछि बोकाले बाख्रालाई प्रजनन् गराउन सक्छ। यसरी नछुट्ट्याउदा माउसंग अथवा अन्य नाता पर्ने पाठीहरूसंग हाडनाता पर्नुका साथसाथै उमेर भन्दा पहिलेनै पाठीहरू गर्भवती हुन्छन्।
बोका कस्तो लगाउने/कुन बेला लगाउने?
  • बोका लगाउदा आफ्नो खोरमा भएका बाख्रा संग कम्तिमा ६ पुस्ता संग नाता नपर्ने (मान्छेको जस्तै, र मामा/फुपुका चेला-चेली समेत पार्न नहुने)
  • बोका पुर्ण स्वस्थ छ भने मात्र प्रयोग गर्ने।
  • बोका ९ महिना पुगेपछि मात्र प्रयोग गर्ने। यदि ९ महिना पुगेको छैन भने कम्तिमा ६ महिना पुगेकै हुनु पर्छ।
  • ६ वा ९ महिना पुगेको बोका पनि राम्रो संग बढेको छैन भने प्रयोग गर्दै नगर्ने।
  • प्रचलित” सिफारिस अनुसार ३० वटा पाठीहरूलाई एक बोका पर्याप्त छ भन्ने देखिन्छ। तर सृजना फार्म प्रा. लि. पाल्पामा गरिएको अनुभवमा १० माउ बरावर एक बोकाको आवश्यकता पर्दछ।
  • बाख्राले बोका खोज्ने समयमा बोकालाई विशेष खानपिनमा ध्यान पुर्याउनु पर्दछ। यदि गाँउमा सेवाको लागि बोका पालन गरिएको छ भने बोकालाई दैनिक खुराकमा प्रोटिनको मात्रा बढाएर दिने (जस्तै: भट्मास, भट्मासको मस्यौरा, गेडागुडी र सम्भव भए सम्म थोरै मात्रामा तेल र अण्डा)।
  • बाख्राले बोका खोजेको कम्तिमा ३ घण्टा पछि पहिलो पटक र ६ घण्टा पछि दोस्रो पटक बोका लगाउदा बाख्रा गर्भवती हुने सम्भावना ९९% सम्म हुन्छ। बोका लगाउदा बोकालाई एकपटक लगाउदा कम्तिमा ३ पटक सम्म बाख्रालाई चढ्न दिनु पर्दछ।
बाख्रालाई कुन समयमा बोका लगाउने?
  • गाँउघरमा सामान्यतया ४ देखि ६ महिनाको उमेरमा पाठीहरूलाई बोका लगाउने चलन हो। ४ देखि ६ महिनाको पाठीलाई बोका लगाउनु भनेको १३-१६ वर्षकी युवतीहरू गर्भवती भए बरावर नै हो। भन्नुको मतलव उक्त उमेरमा पाठीहरू शारिरिक रूपले परिपक्क भएका हुदैनन्। यस्तो बेलामा पाठी गर्भवती भएमा सानो पाठा-पाठी जन्माउने, जन्माउन समस्या हुने, पाठा-पाठी तुहिने र झण्डै ३०% अवस्थामा माउ मर्ने सम्मको अवस्था देखिएको छ।
  • एक पटक बच्चा जन्माए पछि बाख्रालाई प्रसस्त खुराक पुगेको अवस्थामा १५ दिन भित्रै बोका खोजेको देखिन्छ। यदि त्यस्तो अवस्था भएमा उक्त बाख्रालाई बोका लगाउन हुदैन। यस्तो अवस्थालाई मानिसमा दाँज्ने हो भने हरेक वर्ष बच्चा जन्माएजस्तै हो। यसो गर्दा बाख्राको माउ अर्को गर्भको लागि शारिरिक रूपले परिपक्क भएको हुदैन। यस्तो अवस्थामा पहिलो बेतको पाठापाठीको दुध चाँडै सुक्ने भएकोले उनीहरूको पोषण पुग्दैन र पछिल्लो बेतमा दुध राम्रो संग आउदैन र आए पनि पर्याप्त पोषणयुक्त हुदैन।
गर्भवती, सुत्केरी र बच्चाको स्याहार
  • बाख्रालाई बोका लागेको २१ दिन सम्म बाख्रालाई साविक खुराकनै दिनु पर्दछ। २१ दिन पछि ४ महिना सम्म खुराकको मात्रा एक तिहाईले बढाउनु पर्दछ। गर्भवती भएको ४ महिना पुगेपछि साविकको खुराक भन्दा दोब्बर मात्रामा खुराक दिनु पर्ने हुन्छ जस्ले गर्दा गर्भका पाठापाठी राम्रो संग हुर्किन सक्छन र जन्मे पछि माउले प्रसस्त दुध पुर्याउन सक्छ।
  • बाख्रा सुत्केरी भएपछि सालनाल राम्रो संग व्यस्था गर्नु पर्दछ र कुनै पनि हालतमा बाख्रालाई खान दिनु हुदैन। पाठा-पाठी जन्मिने वितिक्कै सफा कपडाले पाठा-पाठीको नाक पुछिदिनु पर्दछ। बाँकी शरिर सफा गर्ने काम बाख्रालाई नै दिनु पर्छ र जन्मिने वितिक्कै पाठा-पाठी माउ बाट टाढा लानु हुदैन, अन्यथा बाख्राले पाठा-पाठी चिन्दैन।
  • बाख्रा ब्याए पछि पहिलो दिन हलुका खुराक दिनु पर्छ र मनतातो पानी प्रसस्त दिनु पर्दछ। पछिल्लो दिन बाट एक महिना नपुग्दा सम्म साविकको खुराकको दोब्बर खुराक दिनु पर्दछ।
  • बाख्रा ब्याए पछि सामान्यतया १५ दिन सम्म माउ र बच्चा २४सै घण्टा संगै राख्नु पर्दछ। गाँउघरमा सुत्केरी माउ राख्ने छुट्टै खोर नभएको अवस्थामा बच्चालाई सकेसम्म लामो समय माउसंगै राख्ने र वेलुका खोरमा राख्नु भन्दा र विहान खोरबाट माउलाई निकाल्ने वितिक्कै दुध चुसाउने काम गर्नु पर्दछ।
  • बच्चा २१ दिनको भएपछि घाँसमा बानी लगाउन प्रयास गर्ने (कलिलो र बाख्राले धेरै मन पराउने घाँस पाठापाठी संग झुण्ड्याएर राख्ने)।
  • पाठापाठीको संख्या धेरै भएमा पाठापाठीलाई छुट्टै घाँसको व्यवस्था गर्नु पर्दछ जस्ले गर्दा पाठापाठीले प्रसस्त घाँस पाउन सक्छन्।
  • खुराक के दिने? घाँस र दाना:  
    बाख्राको खुराकमा हरियोघाँस र दानाको मात्रा राम्रो संग मिलेन भने राम्रो उत्पादन लिन सकिन्न। त्यसैलले घाँस र दानाको सहि सन्तुलन मिल्न जरुरी हुन्छ।
  • घाँस दिदा कम्तिमा ७० प्रतिशत हरियो र ३० प्रतिशत सुकेको घाँस भएको उपयुक्त मानिन्छ। तर हरेक मौसममा यस्तो व्यवस्था गर्न सकिदैन। तर गाँउघरमा घाँस दिदा जाडो सिजनमा डाले घाँस र नल/पराल/खर को मात्रा मिलाएर दिन सकिन्छ भने वर्षाको वेलामा भुईघाँस, डालेघाँस तथा मकैको खोस्टाको मात्रा मिलाएर दिन सकिन्छ।
  • सम्भव भएसम्म हरियो घाँस मध्य ३० प्रतिशत सम्म कोशे घाँस जस्तै स्टाईलो; बदामे झार, कोईरालो, टाँकी, भोर्लो, ईपिल-ईपिल आदि। बाँकी अन्य घाँस दिदा घाँसबाट प्रसस्त मात्रामा पौष्टिक तत्व पुग्छ।
  • घाँस दिदा “टेनिन”को मात्रा वढि भएका घाँस सकेसम्म नदिने र दिनु परेमा अन्य घाँस संग मिसाएर कम मात्रामा दिने। गाँउमा समान्यतया पाईने पढि “टेनिन” पाईने घाँसमा काफल, आँप, भोटे साखिनो (Indigofera sp.), मौवा र सालको घाँस, सिरू र काँस पर्दछन्।
  • घाँस दिदा सकेसम्म ओईलाएर दिनु पर्दछ र सकेसम्म निकै कलिलो र पलाउदै गरेको घाँस दिदा विषाक्त असर पर्न जान्छ। घाँस काट्दा सकेसम्म बिहान काट्नुको सट्टा दिउसो ३-४ बजे काट्दा वा साँझमा काटेको घाँसमा प्रसस्त मात्रामा स्टार्च हुने भएकोले पोषिलो हुन्छन्।
  • बाख्रापालनको लागि घाँसको साथसाथै केहि मात्रामा दानाको पनि आवश्यकता पर्दछ। गाँउघरमा तयारी दाना नपाईने हुँदा आफैले दाना बनाउनु पर्ने हुन्छ। दाना बनाउदा सबै सामाग्री गाँउमा व्यवस्था गर्न नसकिने भएकोले यसको लागि निश्चित यहिनै चाहिन्छ भन्ने छैन। हामीले परम्परागत रूपमा दिईरहेको दानामा सानो फेरवदल गर्दा निकै राम्रो लाभ लिन सकिन्छ।
  • दाना बनाउदा प्रोटिन, कार्वोहाईड्रेट र फाईवरको मात्रा संतुलित रूपमा मिलाउन सके राम्रो उत्पादन लिन सकिन्छ। सामान्यतया दानामा निम्न मात्रामा उक्त पदार्थहरू मिसाउन सकिन्छ: ६० प्रतिशत कार्वोहाईड्रेट, ३० प्रतिशत प्रोटिन र १० प्रतिशत फाईवर
  • कार्वोहाईड्रेट युक्त खानाहरू: अन्नवाली जस्तै मकै, कोदो, गहुँ।
  • प्रोटिन युक्त खानाहरू: गेडागुडी जस्तै सिमी, मस्याङ (झिलिङ्गी/सिल्टुङ), मास, बोडी, भटमास, पिना (एक पटक पानीमा भिजाएर रातभरी राख्ने त्यस पछि सुकाएर प्रयोग गर्ने), ढुटो।
  • फाईवरको मात्रा घाँसबाट पनि पुग्ने र ढुटोमा पनि प्रसस्त फाईवर हुने भएकोले चिन्ता गर्नु पर्दैन।
  • दाना बनाउदा प्रतिकेजी ५ ग्रामको दरले नुन मिसाउने।
  • सम्भव भए सम्म प्रतिकेजी दानामा ५ ग्राम सम्म मिनिरल मिक्सचर मिसाउदा राम्रो उत्पादन लिन सकिन्छ।
  • निम्वकर सिड्स कंपनी, पुणें, भारतमा र सृजना फार्म प्रा. लि. पाल्पामा गरिएको अनुसन्धानले देखाए अनुसार निम्न मात्रामा संतुलित दाना दिदा सबै भन्दा राम्रो उत्पादन लिन सकियो: (बोअर बाख्रामा प्रतिदिन सरदर १८० ग्राम प्रतिदिन र खरी बाख्रामा प्रतिदिन सरदर १३५ ग्राम प्रतिदिन)
  • जन्मेको २१ दिन पछि पाठापाठीलाई दाना खुवाउन पानी लगाउने।
  • १ महिना देखि ३ महिना सम्मको पाठापाठीलाई सरदर दैनिक १५० ग्राम दाना दिने (एक लिटरको मगमा भरी दाना राख्दा सरदर ४०० ग्राम हुन आउछ)
  • ३ देखि ६ महिना सम्मको पाठापाठीलाई दैनिक सरदर २०० देखि २५० ग्राम दाना दिने।
  • ६ महिना देखि माथीको बोकालाई दैनिक सरदर ३०० ग्रामको दरले दाना दिने।
माउ बाख्रा र सुत्केरी बाख्राको लागि दाना दिदा अवस्था अनुसार दिनु पर्दछ:
  • पहिलो पटक बोका लाग्न लागेको पाठीलाई बोका लाग्ने उमेर पुग्नु भन्दा १ महिना अघि देखि दैनिक २०० ग्रामको दरले दाना दिने र बोका लागेको ४२ दिन सम्म सोहि मात्राले दाना दिने।
  • ब्याएको माउको हकमा ब्याएको एक महिना पछि दानाको मात्रा घटाएर २०० ग्राममा पुर्याउने (एकै पटक नघटाउने, क्रमश: घटाउने)
  • बोका लागेको ४२ दिन पछि ४ महिना सम्म दैनिक ३०० ग्राम दाना दिने।
  • गर्भ रहेको ४ महिना देखि व्याएको १ महिना पछि सम्म ४०० देखि ६०० ग्राम सम्म दाना दिने।
सामान्य स्वास्थ सम्बन्धि सामान्य सल्लाहहरू
  • जुम्रा, उपियाँ, किर्नाहरू बाख्रालाई देखिने प्रमुख बाह्य परजिवी समस्याहरू हुन भने जुका, नाम्ले तथा चुर्ना प्रमुख आन्तरिक परजिवीहरू हुन्। वाख्राहरूमा रोगहरूले भन्दा माथी उल्लेखित परजिवीहरूको कारणले उत्पादकत्व घटेको देखिन्छ।
  • प्रायजसो बाह्य परजिवीको श्रोत जंगल र फोहोर बातावरण हो भन्ने कुरा बुझ्न जरूरी हुन्छ। जुम्रा र उपियाँ नियमित खोरको सरसफाई गर्नाले नियन्त्रण गर्न सकिन्छ। यसको साथसाथै जंगलमा चराउन बन्द गर्दा किर्नाको प्रकोप लगभग पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ। यदि खोरमा ति बाहय परजिवीहरू खोरमा पहिलेनै आईसकेको अवस्थामा डिपिङ ट्याङ्क अथवा बाहय परजिवी नियन्त्रण गर्न विषादी प्रयोग गर्न सकिन्छ। डिपिङ ट्याङ्कको उपलब्धता नभएमा वा विषादी प्रयोग गर्ने तरिका थाह नभएमा वा नपाईएमा Ivermectin Inj. (Sub-cut) प्रविधिकको सल्लाहले दिन सकिन्छ।
  • आन्तरिक परजिवीको हकमा बच्चा जन्मेको १ महिना पछि र हरेक ३-३ महिनाको फरकमा Albendazole दिनु पर्दछ जस्ले जुकाको नियन्त्रण गर्न मद्दत गर्दछ। हरेक ६ महिनामा नाम्ले/माटेको औषधि (Oxyconazole) दिनु पर्दछ। तर यदि बाख्राको दिसामा नाम्ले देखिएमा हरेक ४५ दिनको फरकमा नाम्ले/माटेको औषधि दिनु पर्दछ।
  • चुर्नालाई खुवाउने औषधिबाट नियन्त्रण गर्न सकिदैन। यदि बाख्रामा चुर्ना देखिएमा Providene Iodine ले बाख्राको मलद्वार सफा गरिदिनाले वा कागतीको पात बाख्रालाई खुवाईदिनाले नियन्त्रण गर्न सकिन्छ। 
  • बाख्रामा देखिने अर्को प्रमुख समस्यामा food poisoning पनि पर्दछ। Food poisoning को घरेलु उपचारमा चुक अमिलो खुवाउन सकिन्छ।

स्टल फिडिंग गरि बाख्रा पालन

9:19 AM
स्टल फिडिंग गरि बाख्रा पालन
stall feeding for goat
stall feeding for goat

बाख्रा लाई खोरमा पाल्ने संगसंगै उस्ले खाने घास जस्तै भुइँ घास होस् वा रुख घास वा झारपात जुन प्रकृतिक रुप मा अनि कित्रिम रुपमा उत्पादन गरेको हुन्छ | जसलाई आफ्नु खान को रुप मा बाख्रा ले चरेर वा मानिस ले काटेर खुवाउने गरिन्छ यो परम्परागत को बाख्रा पालन हो | जसमा बाख्रा ले आफ्नु आबस्यक सन्तुलित खान प्राकृतिक रुपमा नै ग्रहण गर्दछ | तर स्टल फिडिंग यस्तो बिधि हो जसमा बाख्रा लाई सधै खोर मा नै पालेर खोर भित्र नै आबस्यक दाना, पानी, घास , पराल समेत घर भित्रै नै दिने गरिन्छ तो चै स्टल फिडिंग हो | जहाँ बाख्रा लाई बाहिर चर्न दियिदैन| स्टल फिडिंग भन्दैमा धेरै अन्न बाख्रा लाई दिने गरिदैन , जस्ले बाख्रा को बृदि बिकाश समेत कम हुने गर्छ | बाख्रा लाई मोलासेस र युरिया उपचारित सुकेको घास पराल दिने गरिन्छ | यसको अलावा पेलेट दाना , मिनेरल्स ब्लक बनाएर समेत खुवायिन्छ | स्टल फिडिंग जहाँ ब्यबसायिक रुपमा धेरै बाख्रा पालना को लागि अपनाईने प्रणाली हो | जहाँ ठाउको अभाब छ , जहाँ धेरै बाख्रा पालन गर्नु पर्ने , जहाँ प्रसस्त हरियो घास र ढले घास को अभाब छ सो क्षेत्र मा यो बिधि उपयुक्त हुन्छ | यसको फाइदा हरु : १. सजिलै बाख्राको हेरचाह र थोरै क्षेत्र मा धेरै बाख्रा पालन सकिने २. बाख्राको मल मुत्र लाई संकलन गर्न सजिलो हुने ३. बाख्राको जात , उमेर , र बृदि बिकाश को अनुमान मा के कति दाना पानी कुन लाई दिने सो को निर्क्योल गर्न सकिने ४. अनाबस्यक प्रजनन , र बोका लाग्ने सम्भावना कम हुने , सहि जात को बिकाश गर्न सकिने ५. बाख्रा को लागत , अभिलेख राख्न सजिलो हुने ६. बाख्रा चराउन लाग्ने श्रम शक्ति को कटौती हुने ७. बाहिय जात र जनाबार बाट सर्ने रोग , परजीबी को रोगथाम हुने ८, छोटो समय मा बाख्रा को बृदि बिकाश राम्रो हुने हुदा उत्पादन संगै मुनाफा समेत् बढ्ने गर्दछ | कसरि पाल्ने त स्टल फिडिंग मा बाख्रा ? जात को छनोट : मासु को लागि स्टल फिडिंग उपयुक्त हुने हुदा मासु को लागि पालिने जात हरु हामीले छनोट गर्नुपर्छ | जात हरुमा बोयर , स्पनिश किको , ब्लाक बंगाल, सिरोहि , फ्रिसियन , जमुनापरी लाई छनोट गर्नु राम्रो हुन्छ | बाख्रा को जात छनोट गर्दा रोग नलागेको र गुणस्तरीय पाठा पाठी को छनोट गर्नु पर्छ | घर /खोर को सरचना : एउटा वयस्क बाख्रा को लागि स्टल फिडिंग प्रणाली बाट पाल्ने हो भने १० स्क्वायर फिट हुनु पर्छ | बाख्रा को खोर बनाउदा कंक्रिट , काठ र बाँस को प्रयोग गर्दा सफा गर्न सजिलो हुन्छ | उपयुक्त भेन्तिलेसन को लागि ठुलो धोका बाख्रा को खोर भित्र र बाहिर हुनुपर्छ | जाडोको मौसममा खोरलाई जुटको बोराले ढाक्ने भने भुइमा पराल र सोत्तरहरु बिछाउनु पर्छ | सुरुको दिन बाख्रा हरुलाई खोर मै थुनी रहदा कराउने , खान नखाने हुन सक्छ तेस्तो अवस्थामा बाख्रा लाई सुरुकोकेही दिन केहि घण्टा छोडेर पाल्नु पर्छ | पाठा पाठी को हकमा भने केहि समय छोड्नु पर्छ अनि तिनी हरुको लागि आब्यसक हेरचाह र छुटै खेल्ने ठाउमा बनाउनु पर्छ | सुरुको पाठा पाठी लाई दिन मा १० देखि १२ चोटी सम्म दुध खुवाउनु पर्छ | १ देखि १.५ के जी को बाख्रा लाई २५ओ देखि ३०० ग्राम प्रति दिन दुधको अब्यस्कता पर्छ | एक महिना को भए पछि अन्य भिटामिन र सप्लिमेंट हरु खुवाउनु पर्छ | २ -३ महिना सम्म पाठा पाठी लाई दुध खुवाई रहनु पर्छ | दाना पानी : बाख्रा लाई उसको शरीर को तौलको ४ देखि ५ % दाना दैनिक खुवाउनु पर्छ | जसमा ६० देखि ८० प्रतिसत खाना मा रेसादार खानेकुरा हुनुपर्छ | रेसादार खाना को आपूर्ति घास, पराल र हे बाट प्राप्त हुन्छ | बाकी २०देखि ४० % खानेकुरा चै अन्य सप्लिमेन्ट हरु हुनुपर्छ | एउटा खसी परेको बाख्रा लाई दैनिक १ देखि १.५ के जी हरियो घास , २०० देखि २५० ग्राम सम्प्लिमेंट चाहिन्छ | सप्लिमेन्ट यसरि तयार गर्न सकिन्छ | Feed Ingredients Percentage (%) Broken Rice/Wheat/Maize : 12.00 Flour, Wheat/Rice Bran :47.00 Pea Bran : 16.00 Soybean/Sesame/Coconut/Mustard Cake : 20.00 Dried Fish Powder : 1.50 Dicalcium Phosphate : 2.00 Salt : 1.00 Vitamin Mineral Premix : 0.50 Metabolic Energy (MJ/kg) : 10.00 Metabolic Protein (grams/kg) : 62.00 यसको अलवा घासखेति , स्वास्थ्य उपचार , माऊ र पाठा पाठी को ब्यबस्थापन , अन्य ब्यबस्थापन र बजार को समेत ख्याल गर्नु पर्ने हुन्छ | यस बिधि बाट पालीएको बाख्रा लाई १२ देखि १५ महिना मा बेच्न सकिन्छ |