बाख्राको आहारा ब्यबस्थान - himalayan goat breeding farm

बाख्राको आहारा ब्यबस्थान

 बाख्राको आहारा  ब्यबस्थान
 बाख्राको आहारा  ब्यबस्थान 
बाख्रापालन्को लागी आहाराको उचित   ब्यबस्थान  महत्वपूर्ण पक्ष हो । बाख्रालाई जिबन निर्वाह र उत्पादनको लागी सन्तुलित आहारा आवश्यक पर्दछ । आहाराको उचित ब्यवस्थापनवाट शारिरिक बृद्दी , पाठापाठी हुर्काउन, समयमा वाली जान,  रोग प्रतिरोधात्मक क्षमतामा बृद्दी गर्न सकिने भएको हुँदा यस ब्यवसायमा आहारा ब्यवस्थापनको महत्वपूर्ण भूमिका रहेको छ । साधारण्तया यस ब्यावसयमा संचालन  खर्च को ५० देखी ६० प्रतिशत खर्च आहारा ब्यवस्थानमा हुने गर्दछ ।
१ बाख्राको लागी आवश्यक  पौष्टिक तत्वहरु

संसारमा पाइने जुनसुकै प्राणी आहारा बिना बाँच्न सक्दैन । आहारामा बिभिन्न पोसक तत्वहरु रहेका हुन्छन, जस्ले शरिरका महत्वपूर्ण कार्यहरु संचालन गरिरहेका हुन्छन । पशुहरुलाई जिबित राख्न र पशुजन्य पदार्थको उत्पादन लिन नभई नहुने पदार्थहरु कार्वोहाइड्रेट, प्रोटिन,  चिल्लो पदार्थ , खनिज तत्व , भिटमिन र पानी हुन।

कार्वोहाइड्रेट  र चिल्लो पदार्थ

बाख्राको समग्र उत्पादकत्व र खाएको आहारा पुर्ण प्रयोगको लागी शक्ती अत्यान्त महत्वपूर्ण तत्व हो । शरिरका लागी आवश्यक शक्ती मुख्यत: कार्वोहाइड्रेट र चिल्लो पदार्थबाट प्राप्त हुन्छ । यस्को कमिले शारिरिक बृद्दिदर कम हुने, बाली ढिलो लाग्ने उत्पादन कम हुने उल्टिरहने जस्ता समस्याहरु देखापर्दछन । शरिरमा शक्तिको लगातार कमी भएमा बाख्राको रोग र परजिविहरु बिरुद्द प्रतिरोधक क्षमता गुमाउन सक्ने हुन्छ।
कार्वोहाइड्रेटका स्रोतहरु
वालिजन्य पदार्थ: मकै, गहु, जौ, जै धान, चामल जस्ता स्टार्च भएका आहाराहरु
उप पदार्थहरु: घाँस, पराल, चोकर, नल, ढोड, छवली, कुनौरो जस्ता बढी रेशा भएका आहाराहरु

प्रोटिन
प्रोटिन बाख्राको लागी अति ने महत्वपुर्ण पोसक तत्व हो । शरिर तन्दुरुस्त राख्न तथा शारिरिक बृद्दिको लागी प्रोटिनको आवश्यकता पर्छ । बाख्राको सम्पुर्ण आहारामा न्युनतम ६ प्रतिसत कोरा प्रोटिन उपलब्ध गराउनु पर्छ अन्यथा बाख्राले आहारा कम खाने गर्दछ । आहारामा प्रोटिनको कमिले बाख्राको पाचन प्रणाली मै असर गरेर खाएको आहाराको उपभोगमा समेत असर पर्छ । साधारणतया प्रोटिनको कमिले भोक कम लाग्ने  तौल घट्ने शारिरिक बृद्दी कम हुने प्रजनन क्षमतामा हार्स आउने रौ विकास मा असर गर्ने आदी हुन्छ।
यदी लामो समयसम्म लगातार प्रोटिनको कमी भएमा पाचन प्रकृयामा गडवडि, रक्त अल्पतासँगै सारीर सुन्निने गर्दछ ।
बाख्रालाई निवार्हको लागी प्रती किलो शरिरिक  तौलमा प्रती दिन ० .५९० ग्राम देखी २ .५७ ग्रामसम्म तथा औषतमा १ .८२ ग्राम पाच्य प्रोटिनको आवश्यकता पर्छ ।
प्रोटिन को स्रोतहरु
कोसे जातका घाँसहरु भटमासको पिना तोरिको पिना दलहन वालि

खनिज पदार्थ

खनिजतत्त्व हरुले शरिरको कोश बृद्दी र कोश हरुको चापलाई निर्धारण गरी शरिर्को कोश तथा कोशीकाहरुलाई आवश्यक खाधतत्व हरुको ओसार पसार कोस एव्ं तन्तुहरुको फोहोर निश्कासन र पित्त झोल जस्ता महत्वपुर्ण भूमिका खेलेको हुन्छ । सामान्यतया बाखाले खाने आहारा एव्ं चरनबाट आवस्यक मात्रामा ख निज पदार्थ उपलब्ध हुने भएतापनी क्यालसियम फोस्फोरस लवण र सल्फर जस्ता खनिज तत्त्व अवस्था अनुसार थप गर्नु पर्ने हुन्छ ।

नुन
ब्याएको दुध दिने बाखृलाई दानामा ० .५% मिसाइ दिने वा मन लागेजती चाट्न दिने गर्नु पर्छ ।
क्यालसियम

ब्याएको दुध दिने बाखृलाई थप  क्यालसियम अनिवार्य रुपमा उपलब्ध गराउनु पर्दछ, यस्ले हड्डी को बिकास मुटुको  मांसपेशिहरुको चाल र लय बनाउनु मद्द्त गर्द्छ । ब्याउने र ब्याएको दुध दिने बाख्रामा यस्को कमिले शिताङ ज्वरो गराउन सक्छ ।

फोस्फोरस्

यस्ले हडडिलाई मजवुत राख्न, शरिरमा कार्वोहाइड्रेटको परिचालन गर्न र प्रोटिन्को अंशको रुपमा मह्त्वपुर्ण भूमिका निर्वाह गरेको हुन्छ । सामन्यतया बाख्रालाई क्यालसियम र फोस्फोरस २ ।१ देखी ४ ।१ को अनुपात्मा उपलब्द गराउनु पर्दछ । बाख्रको निर्वाहको लागी क्याल्सियम १४७ मि ग्रा प्रती के जि जिवित तौल र फोसफोरस ७२ मि ग्रा प्रती के जि जिवित तौल आवस्यक पर्दछ ।

भिटामिन्
बाख्रले खाने आहारा र चारनबाट प्राप्त भिटमिनहरु बाख्राको लागी पर्याप्त हुन्छ र 'बि' भिटामिन बाख्राको घाँसे पेटमा आवस्यक अनुसार आफैले उत्पादन गर्नेगर्छ । धेरै दुध दिने ठुला जातहरु वाहेक सामान्यतया भिटमिनको आवश्यकता पर्दैन ।
पानी
सबै जिवित बस्तुहरुको लागि पानी  नभएनहुने खाधतत्त्व हो । जनावरको सारीरमा जिबित तौलको ७३% पानी हुन्छ । सारीर्को कोश कोशीकाको निर्माण बृद्दी परिचालना देखी शारिरिक तत्वहाँरुको ओसार पसार र ताप परिचालन्को लागी पानी आवस्यक हुन्छ । त्यसैले सबै खाधतत्वको आवश्यक मात्रामा पुर्‍याए पनि यथेस्ट पानी उपलब्ध भएन भने पशुबस्तु बाट भनेजस्तो उत्पादन लिन सकिदैन । सामान्यतया २० के जि तौल बराबर्को बाख्रालाई ४५०-६५० मि लि सम्म पानी प्रतिदिन आवश्यक हुन्छ । यस बाहेक बाख्रालाई सुकेको पदार्थ र पानी १:४ को अनुपात मा उपलब्ध गराउनु पर्दछ ।
सुख्खा  पदार्थ
पशु वस्तुहरुको  आहारामा सुख्खा पदार्थले उसको स्वाभाविक खाने क्षमता र उपलब्ध आहाराको उत्पादनमा प्रयोग गर्ने क्षमता संकेत दिन्छ । सामान्यातया: बाख्राले गाइभैसी र भेडाभन्दा बढी सुख्खा पदार्थ खान सक्दछ । मासुको लागी पालिने बाख्रालाई भन्दा दुधको लागि पालिने बाख्राहरुको आहारामा बढी सुख्खा पदार्थ चाहिन्छ ।

सुख्खा  पदार्थ उपभोग उपलब्ध घाँस आहारा आहाराको स्वादिलोपना र आहारमा भएको जलाश प्रतिशत आदिमा भर पर्ने भएतापनी मासु उत्पादन्को लागी पालिने बाख्राहरुलाई जिवित तौल्को ३-४ प्रतिशत र दुधको लागि पालिने बाख्रालाई जिवित तौलको ५-७ प्रतिशत सुख्खा पदार्थ आवश्यक हुन्छ ।