बाख्रा पालनका साधरण ज्ञान - himalayan goat breeding farm

बाख्रा पालनका साधरण ज्ञान

modern goat farm
modern goat farm
व्यवसायिक बाख्रा पालनका लागि धेरै कुरामा ध्यान दिनु पर्दछ । धेरै साथीहरुको जिज्ञारा मेटाउन मैले अनुभव गरेका केही कुराहरु शेयर गर्न लागिरहेको छु । जुन निम्न अनुसार छन ।
१. व्यवसायिक योजना
व्यवसाय थाल्नु पूर्व स्पष्ट व्यवसायिक योजना निर्माण गर्नु पर्दछ । यसमा लगानी के कति गर्ने ? कहाँबाट जुटाउने ? जस्ता कराहरुको निकर््यौल गर्नु पर्दछ । बाख्रा पालन सानो पूँजिबाट पनि सरु गर्न सकिन्छ । त्यसैले अरुले ठूलो लगानी गरेको देखेर र सुनेर सुरुमा हौसिएर लगानी नगर्नु नै वुद्धिमानी हन्छ । बरु १।२ वर्षमा लगानी वृद्दि गर्ने योजना राख्नु राम्रो हुन्छ ।
२. अध्ययन र अनुभव आर्जन
व्यवसायमा सफल बन्नका लागि तत् सम्बन्धी ज्ञानको आवश्यकता पर्दछ । ज्ञान विनाको काममा हात हाल्दा धेरै व्यवसायी टाट पल्टिएका उदाहरण खोज्न टाढा जानु पर्दैन । यो व्यवसाय थाल्नु पहिले आवश्यक तालिम लिनु पर्दछ । यसका साथै केही सफल फार्महरुको अध्ययन भ्रमण र सफल व्यवसायीहरुसँगको साक्षात्कारले पनि सहयोग नै पुग्छ । फेसबकका रोमान्चक फोटा र अनलाइनका अतिरन्जित समाचारका भरमा व्यवसायमा हात हाल्नु हुँदैन ।
३. उचित ठाउँको छनौट
कुनै पनि काम गर्नका लागि उचित स्थानको जरुरी पर्दछ । बाख्रा पालनमा त उचित स्थानको छनौट अत्यन्तै महत्वपूणर््ा हुन्छ । तराईदेखि उच्च पहाडी भेगसम्म यो व्यवसाय गर्न सकिन्छ । यस व्यवसायका लागि फराकिलो, रसिलो र घँसिलो जग्गाको आवश्यकता पर्दछ । यस्तो जग्गाको व्यवस्था विना व्यवसाय शुरु गर्न हँुदैन ।
४. प्रशस्त घाँसको व्यवस्थापन
बाख्रा पालन व्यवसाय पूर्णत घाँसमा आधारित व्यवसाय हो । बाह्रै महिना प्रशस्त हरियो घाँसको व्यवस्था गर्न सके यो व्यवसाय असफल हुने सम्भावना नै रहँदैन । त्यसैले सफल व्यवसायी हुनका खोरमा बाखा हाल्नु पूर्व पोषिलो घाँसको प्रबन्ध गर्नु पर्दछ । यसका लागि डाले घाँस, बहवर्षिय घासँ र सिजनल घाँसको व्यवस्थापन गर्नु पर्दछ ।
५. आधुनिक खोरको निर्माण
बाखा्रका लागि आधुनिक र वैज्ञानिक खोरको निर्माण गर्न पर्दछ । तर धेरै लगानी गरी खोर निर्माण गर्दैमा व्यवसाय सफल हुन्छ भन्ने सोचले खोर निर्माणमा अनावश्यक धेरै लगानी गर्नु हुन्न । खोरमा लगानी समग्र लगानीको १० प्रतिशत लगानी मात्र हो भन्ने सम्झनु पर्दछ ।
६. उचित जातका बाख्राको छनौट
बाख्रा पालन व्यवसाय तराईदेखि हिमाली भेगसम्म हुने भए पनि हावापानी अनुसार उचित जातका बाख्राको छनौट गर्नु पर्दछ । स्थानीय जातका सुधारिएका माउको छनौट गरी उन्नत जातका बोकाबाट क्रस गरी व्यवसाय सुरु गर्न सकिन्छ । व्यवसायमा हाडनाता लाग्ने गरी बोका राख्नु हँदैन । हाल नेपालमा भित्रिएको बोयर जात अत्यन्तै सफल र व्यवसायिक हिसाबले लाभदायक देखिएको छ । त्यसैले व्यवसायिक रुपमा काम गर्ने किसानले कम्तिमा एउटा बोयर ब्याढ बोका राख्न राम्रो हन्छ ।
यसरी बुद्दिमतापूर्वक बाख्रा पालन व्यवसाय सुरु गरेमा अवश्य सफल हुन सकिन्छ