|
green fooder for goat |
बाख्रा पालनवाट कति उत्पादन लिन सकिन्छ भन्ने कुरा उनिहरुको
स्याहार संहार मा भर पर्ने गर्छ त्यसमा आहाराको
अत्यन्त ठूलो भुमिका रहन्छ , बाख्रा मात्र उन्नत जातको र धेरै
उत्पादन दिने खालको छ तर उपयुक्त पोषण तत्वको
अभाव भयो भने राम्रो उत्पादन लिन सकिदैन । यसरी
आहाराबाट प्राप्त पौष्टिक तत्वहरुवाटनै बाख्रा ले उत्पादन
गर्ने भएको हुदा पशु पालनमा सवैभन्दा ध्यान पु¥याउनु
पर्ने कुरा आहारानै रहन्छ । हाम्रो गाउँघरमा हरियो
घाँसपातको अभावमा मंसिरदेखि चैत सम्म जस्तोसुकै
बढि उत्पादन दिने पशु भएपनि बढिमात्रामा पराल
खुवाउने चलन हुन्छ जसवाट पशुहरुले संतुलित आहारा खान
पाएका हुदैनन् अन्तत उत्पादनमा ह्रास आउनुका साथै
पशुहरु दुब्लाएर हाडछाला बाँकि रहने हुन्छ जस कारण पशु
पालन ब्यवसायनै असफल हुने गरेको पाइन्छ । पशुपालनवाट
बढि अम्दानी लिनको लागि पशुहरुको आहारामा
प्रयाप्त पौष्टिक तत्व प्रदान गर्नु पर्दछ । हाम्रो देशमा
पशु आहाराको मुख्य स्रोत खेतबारीको कान्लावाट
पा्रप्तहुने हरियो घाँस,डालेघाँस ,बन जंगलबाट प्राप्तहुने
घाँसपातहरु र खेतीपातीवाट प्राप्तहुने नल, ढोड,
छ्वाली, पराल आदि हुन यसवाहेक वाटोको छेउछाउ
तथा खालि जग्गामा पशुहरुलाई चराएर पनि पाल्ने
गरिन्छ । पौष्टिक तत्वको दृष्टिले नल , पराल ज्यादै
निम्न स्तरको आहारा हो भने खेतवारी, जंगलबाट
प्राप्तहुने घाँसपातहरुप्रयाप्तमात्रामा नहुने र बाह्रै
महिना उपलब्ध नहुने हुदा पशुहरुमा आहराको बर्षभरी
अभावनै रहन्छ । फलस्वरुप हरेक प्रकारका पशुहरुको
उत्पादन कम हुने गर्दछ । हरियो घाँसमा प्रोटिन खनिज
भिटामिन जस्ता पौष्टिक तत्वहरु प्रसस्त मात्रामा
पाइने गर्छ र कोषेजातका घाँसमा प्रटिनको मात्रा
बढि भएकाले यसलाई अन्य घाँस संग मिलायर खुवाएमा
पशुलाई आवश्यक सवैजसो पौष्टिक तत्व प्राप्त हुन्छ ।
यस्ता घाँस दाना भन्दा निकै सस्तो पर्छ यसर्थ
पशुपालनबाट फाइदा लिने र पशुपालनलाइ व्यबसायीक
रुपमा अंगाल्ने हो भने घाँस खेती गर्नु अत्यन्तै आबश्यक छ।
यसरी घास खेतीमा आधारीत पशुपालन व्यबसाय चल्दै
आएका बिकसित मुलुकहरु जस्तै अस्टे«लिया
,न्युजिल्याण्ड हरुलार्इृ उदाहरण को रुपमा लिन सकिन्छ
। पशुपालन व्यबसाय र्आिर्थक आम्दानीको राम्रो
स्रोत हुदाहुदै पनि पशु फर्ममा पोसिलो घाँसपातको
अभाब नेपालको मुख्य समस्याको रुपमा रहेको छ। नेपाल
को बिभिन्न क्षेत्रमा मौसम अनुरुपको बाह्रै महिने घाँस
खेति गरि आबश्यक मात्रामा उत्पादन लिन सकिन्छ।
यहाँका लागि उपर्युतm प्रमुख जातका घासँ खेतिको
बारेमा जानकारीहरु तल दिईएको छ :
१) स्टाइलोः
यो गरम हावापानी भएको ठाँउमा हुने कोसे जातको
बहुबर्षिय घाँस हो । यसलाई जेष्ठ–आषाढमा पानी परेर
जमिन भिजेको बेला लगाउनु पर्दछ। माटोमा चिस्यान
नभएको बेला यसलाई छर्नु हुदैन । यो घाँस खरबारी,
पाखो, रुखो भिरालो,भुक्षय भएको ठाउका साथै
सडकको छेउछाउ,नहरको छेउछाउ,अत्यधिक चरणहुने चरण
क्षेत्रहरु लगाएतका स्थानमा लगाउन सकिन्छ। यसलाई
रामा्रे संग खनजोत गर्नु आबश्यक हुदैन, भिरालो
जग्गामा एक अंगुल जति गहिरो तेसो्र लाइन कोरेर
बिउलाइ अलि–अलि छोपेर लगाउन सकिन्छ। रामा्रे
बर्षात भइरहेको बेला नखनिकन त्यसै छर्दा पनि हन्छ।
बहुबर्षिय घाँस भएकोले यसलाई काट्दा फेदसम्म काट्न र
चराउन हुदैन, फेदबाट करिब ३ अंगुल छोडेर काट्नु पर्छ ।
यसलाई लगाएको ३–४ महिना पछि पहिलो पटक र
बर्षको ४–५ पटक सम्म काट्न सकिन्छ,यसबाट जम्मा ५
किलो प्रति हे.का दरले उत्पादन लिन सकिन्छ।
२) नेपियर र डाले घाँसः
नेपियर सिँचाइ व्यबस्था भएको र गरम हावापानीमा हुने
एक प्रकारको बहुबर्षिय घाँस हो । यसलाइ बारीको
सिमाना वरिपरि, कान्ला, डिल, पाखा, पखेरो
आदिमा लगाउन सकिन्छ । बिशेषगरी डालेघाँस
बारीको सिमानामा र नेपियर कुलोको डिलमा लगाउन
सकिन्छ । यसको बिउ नहुने भएकाले उखुजस्तै छिप्पीएको
डाँठ जमिनमा त्रि सुताएर गाडेर लगाउनुका साथै
बर्षायाममा घाँस काटेर बचेको जरा सहितको डाँठको
फेद रोपेर पनि लगाउन सकिन्छ । यसको तिन आख्ला
भएको डाँठलाई छड्के गरि तल्लो एक आख्लो जमिन मुनि
बिचको आख्लो सतहमा र माथिल्लो आख्लो जमिन
माथी पारी २५ से.मि. दुरीमा रोप्नु पर्दछ । यसलाई
रोपेको दुई महिना पछि पहिलो पटक र पछि दुइ
हप्ताको फरकमा वा दुइ हात अग्लो भएपछि ६ अंगुल
छोडेर काट्नु पर्दछ । यसलाई परालमा मिसाएर सानो
सानो टुका्र बनाई काटेर खुवाउदा उपर्युत हुन्छ ।
३) बर्षिम :
यो न्यानो हावापानी हुने तराइ तथा पहाडको बेसिमा
हिउदमा (आश्विन–कार्तिक) लगाउन सकिने कोषे घाँस
हो । यसलाई धान काट्नु भन्दा ३ हप्ता पहिला सिदै
छर्न सकिन्छ । अथवा धान काटिसकेपछि डल्ला फोडेर
छर्न सकिन्छ । विउ छरेको ४५ दिनमा र प्रत्यक कटाई
पछि सिचाई गर्नु पर्छ । यसलाई सिजनमा ५–६ पटक सम्म
काट्न सकिन्छ , यसरी प्रति कठ्ठा २–३ टन हरियो घाँस
उत्पादन हुन्छ, यसलाई परालसंग मिसाएर खुवाउदा
राम्रो हुन्छ ।