mendola grass |
अंग्रेजी नाम mendola अनि बनस्पतिक नाम Tephrosia candida भएको एक प्रकारको सानु देखि मध्यम प्रकारको झाडिदार घास जुन कोसेबाली अन्तर्गत पर्दछ | १ मिटर देखि ३.५ मिटर सम्म हुने यो घास अम्लिय माटोमा राम्रो संग फस्ताउछ | यो घास मा हुने प्रोटिन , भिटामिन , मिनरल्स र अन्य पौस्ठिक तत्व प्रचुर मात्रामा हुने हुदा बाख्रा तथा गाइ बस्तुको लागि महत्वपुर्ण हुन्छ |
सिमान्त जमिन , नदीनाला को किनारा र भिरालो जमिन मा यसलाई लगाउन सकिन्छ | लगाएको करिब ७ बर्ष सम्म यसको उत्पादन लिन सकिन्छ | यसलाई घास को अलावा हरियो मल र आफैमा कोसेबाली भएको हुदा बायुमंडल मा रहेको नाइट्रोजन लाई खिचेर माटोलाई प्रदान गर्दछ | हरियो मल को रुपमा प्रयोग गर्ने हो भने प्रति हेक्टर १५ टन सम्म हरियो मल प्राप्त गर्न सकिन्छ |
प्रति हेक्टर ७.५ के जी बिउ चाहिन्छ भने एक बिरुवा देखि अर्को बिरुवा को दुरी २ देखि ३ मिटर को फरक मा लगाउन सकिन्छ | यस्ले छहारी मन पराउने हुदा फलफुल बगैचा वा सेपिलो जमिन मा अन्तर बालीको रुपमा समेत लगाउन सकिन्छ | तराई देखि मध्ये पहाडी भेगमा लगाउन सकिने यो घास , बाख्रा पालक किसान को लागि अति राम्रो हुन्छ |
concept tution center kathmandu
Himalayan Goat Breeding Farm
Ghar Jagga karobar pvt ltd manakamana Sekuwa corner old baneshwor , kathmandu
Bungkot New Horizon English Academy
Lukeko Samaj Nepali youn katha online