बाख्रको भुडी फुल्ने समस्या अनि त्यस्को उपचार - himalayan goat breeding farm

बाख्रको भुडी फुल्ने समस्या अनि त्यस्को उपचार

goat stomach upset problem
goat stomach upset problem
भुडी फुल्ने समस्या खासगरी निम्न कारणबाट उत्पन्न हुने गर्दछ


आकस्मिकरुपमा ठाउँ÷वातावरण र आहारमा परिवर्तन भएमा
धेरै प्रोटिनमिश्रित खाद्य पदार्थहरु खाएमा
विषालु घाँसपात खाएमा
आन्तरिक परजीवीहरुले संक्रमण गरेमा
घाँटीमा खाना अड्किएर सास फेर्न अप्ठेरो भएमा
अन्य रोगहरुका कारणबाट पनि हुन सक्छ ।


                                लक्षणहरु
पेटमा ग्यास उत्पन्न हुने, खासगरी बायाँ पेटमा यस्तो हुन्छ
सास फेर्न कठिन हुने
छट्पटिने
दिसापिसाब गर्न नसक्ने÷बन्द हुने
समयमा उपचार नपाएमा मर्ने सम्भावना हुने ।
बाख्राले विषालु घाँस खाएका
बान्ता गर्ने, छेरौटी लाग्ने र
पेट फुल्ने समस्या
समयमा उपचार नभएर पशु
मर्न सक्छ
विष हटाउने औषधी (एण्टिडोट) सुई
दिएर उपचार गर्न सकिन्छ
सम्भव भएसम्म स्थानीयरुपमा उपलब्ध हुने
विभिन्न घरेलु औषधीहरु खुवाउन

२–५ चिया चम्चा म्याग्नेसियम सल्फेट ३०० मि.लि. पानीमा मिसाई प्रति बयस्क
बाख्रालाई खुवाउने
माथिका उपायहरु अपनाउँदा पनि विष खाएको बाख्रामा कुनै सुधार देखिएन भने
नजिकको पशु प्राविधिकसँग तुरुन्त सम्पर्क गरी उपचारको व्यवस्था मिलाउने ।

                                           उपचार कसरी गर्ने?
टिम्पोल वा ब्लाटोसिलद्वारा उपचार
खाने तेल र तार्पिनको तेल बराबर मात्रा मिलाएर खुवाउने
एभिल; प्रति कि.ग्रा. बाख्राको जीवित तौलका लागि १ मि.लि. का दरले मासुमा वा
नसामा सूई दिने
म्याग्नेसियम सल्फेट आधा लिटर पानीमा १ चियाचम्चा औषधी राखेर खुवाउने ।


                                                    छेरौटी
छेरौटी लाग्नाका कारणहरु
खाना, ठाउँ र वातावरणमा आकस्मिक परिवर्तन भएमा
धेरै प्रोटि मिश्रित खाद्य पदार्थ खाएमा
विषालु घाँसपात खाएमा
आन्तरिक परजीवीहरुले संक्रमन गरेमा
अन्य रोगहरु लाग्दा पनि छेरौटी लाग्न सक्छ ।

                                           लक्षणहरु
पातलो दिसा हुने
शरीरको तौल घट्दै जाने
दूध उत्पादन घट्दै जाने
बढी प्यास÷तिर्खा लाग्ने र शरीरमा पानीको मात्रा कम हुने (डिहाइडे«सन)

                                          उपचार कसरी गर्ने?
नेब्लोन पाउडर र सल्फा वर्गका औषधीसँगै प्रयागे गर्ने ।
यदि आन्तरिक परजीवीका कारणबाट छेरौटी लागेको हो भने सोका लागि औषधी
खुवाउनै पर्छ ।
खोर वरिपरिको वातावरण, भुइँ, पानी आदिको सर–सफाइ र स्वस्थतामा बढी जोड
दिनुपर्छ ।
शरीरमा पानी कम हुने हुँदा सोका लागि जीवनजल बनाई खुवाउने, जीवलजल
बनाउदा ५०० मि.लि. पानीमा १ चिया चम्चा नुन र ३ चिया चम्चा चिनी राख्ने ।
साथै स्थानीय पशु स्वास्थ्य प्राविधिकको परामर्श र सहयोग लिने ।