himalayan bakhra palan, gorkha bungkot nepal |
नेपाली मूलका बाख्राहरूको विशेषता
नेपाली मूलका बाख्राहरू कठिन परिस्थिति तथा कमसल खालको आहारा खाएर पनि राम्रो उत्पादन क्षमता गरेका हुन्छन् । यिनीहरू सालाखाला वर्ष दिनको उमेरमा बोका खोज्छन् । एक पटकमा १–३ वटासम्म पाठापाठी ब्याउँछन् र वर्षमा दुईपटक तथा दुई वर्षमा पाँच पटकसम्म ब्याउँछन् । बाख्राहरूको आयु करिब १५ वर्षको हुन्छ । नेपालमा पालिने बाख्राहरूलाई भौगोलिक क्षेत्रको आधारमा चार वर्गमा बाँड्न सकिन्छ ।
• उच्च पहाडी भेगमा पालिने बाख्राः सिन्हाल, च्याङग्रा,
• तल्लो पहाडी भेगमा पालिने बाख्राः खरी,
• तराई क्षेत्रमा पालिने बाख्राः तराई बाख्रा ।
a) तराई मूलका बाख्राहरूको वर्णन
• तराई बाख्राः नेपालको तराई क्षेत्रमा पाइने यी अवर्णित जातका बाख्रा हुन् । भारतेली जातको जमनापारीको गुण यसमा केही प्रतिशत आएको हुँदा यिनीहरूको केही लामो कान, केही लामो खुट्टा हुन्छ । यिनीहरू मझौला आकारका र विभिन्न रङ्गका हुन्छन् । बाख्राको कुल सङ्ख्यामध्ये तराईबाख्राको सङ्ख्या करिब ८ प्रतिशत मात्र रहेको अनुमान छ । यिनीहरूको शारीरिक तौल करिब ३०–४० किलो (बोका) र २०–२५ किलो (बाख्रा) को हुन्छ । यिनीहरू सालाखाला एकवर्षको उमेरमा गर्भधारण गर्छन र एक पटकमा सरदर दुईवटा बच्चा ब्याउँछन् । यिनीहरूले १२६ दिनको बेतमा ८७ लिटर दूध दिन्छन् । यस जातको बाख्रा विशेषगरी खसी बोका उत्पादनको लागि पालिने गरिन्छ ।
b)खरी वा औले बाख्राः
नेपालको मध्य तथा तल्लो पहाडी भेगमा यस जातका बाख्रा पालिन्छन् । नेपालमा पालिएका कुल बाख्राको सङ्ख्या मध्ये आधा भन्दा बढी खरी जातका बाख्रा पालिन्छन् । सानो आकारको,े कालो तथा खैरो रङ्ग गरेका यस जातका बाख्राले धेरै सङ्ख्यामा पाठापाठी जन्माउन सक्ने क्षमता हुन्छ । यस जातको बाख्रामा आपूmले खाएको आहारालाई मासुमा बदल्न सक्ने क्षमता निकै राम्रो हुन्छ । मासु खाँदिलो तथा स्वादिलो मानिन्छ । रोगव्याधी कम लाग्ने, कमसलखानपान र प्रतिकूल वातावरणमा पनि यिनीहरूले राम्रो उत्पादन दिन सक्छन् । वयस्क बोका ३०– ४० किलो वजन गरेको हुन्छ र बाख्रा २०–३० किलोका हुन्छन् । यस जातको बाख्रीले दुई वर्षमा तीन पटक र एक पटकमा २ देखि ४ वटासम्म बच्चा जन्माउँछन् । यिनीहरूले ८–१० महिनाको उमेरमा बोका खोज्छन् । यिनीहरूले १०६ दिनको बेतमा ५९ लिटर दूध दिने गर्छन् ।
c) उच्च पहाडी भेगमा पालिने बाख्राः सिन्हाल, च्याङग्रा,
सिन्हालः उच्च पहाडी भेगमा सिन्हाल जातको बाख्रालाई भेडासँगै घुम्तीगोठमा पालिन्छ । बाख्राको कुल सङ्ख्यामध्ये सिन्हालको सङ्ख्या करिब ३५ प्रतिशत रहेको अनुमान छ । जङ्गली घाँसपातलाई आहाराको रूपमा सदुपयोग गर्ने क्षमता यिनीहरूमा अति राम्रो हुन्छ । यिनीहरू ठूलो आकारका लामालामा सिङ्ग गरेका हुन्छन् । वयस्क बाख्राको शारीरिक तौल करिब ४०–४५ किलो बोका र ३०–४० किलो (बाख्रा)को हुन्छ । यी बाख्राहरूले ज्यादा गर्मी तथा वर्षा सहन सक्दैनन् । जाडोबाट बच्न यस जातको बाख्राको शरीरमा पनि केही लामो लामो रौं हुन्छ, जसको भित्री भागमा मसिनो भुत्ला उम्रिएको हुन्छ, यस भुत्लालाई पश्मिना भन्दछन् । सिन्हाल बाख्राबाट वर्षमा १००–१२० ग्राम जति पश्मिना पाउन सकिन्छ । सिन्हाल बाख्राहरू करिब १५ महिनाको उमेरमा गर्भधारण गर्छन र वर्षमा एक पटकमात्र ब्याउँछन् र एक बेतमा एउटा बच्चामात्र जन्माउँछन् ।
च्याङग्राः च्याङग्रा नेपालको हिमाली क्षेत्रका चिसो, अर्धमरुभूमि जस्तो ठाउँहरू विशेषतः हिमालपारी मनाङ्ग, मुस्ताङ् आदि जिल्लाहरूमा मात्र पालिन्छन् । बाख्राको कुल सङ्ख्यामध्ये च्याङ्ग्राको सङ्ख्या करिब ६ प्रतिशत मात्र रहेको अनुमान छ । यसको शरीरभरि १५–२० से.मी. लामो रौंले ढाकेको हुन्छ । यसै लामो रौं भित्र मसिनो भुवादार रेशमी भुत्ला पाइन्छ, जसलाई पश्मिना भनिन्छ । यस्तो रौंले च्याङग्राको शरीरलाई न्यानो पारेर राख्छ र जाडो सकिए पछि झर्न लाग्छ । पश्मिना निकै मुल्यवान हुन्छन् । यसबाट उच्च कोटीको गरम कपडाहरू, शाल, गलबन्दी पच्छौरा आदि बनाइन्छ । कृषकहरू जाडो बिते पछि च्याङ्ग्रालाई काँइयोले थक्रिएर पश्मिना सङ्कलन गर्छन् । एउटा चयाङग्राबाट वर्षमा १५०–२५० ग्रामसम्म पश्मिना पाउन सकिन्छ । तिब्वतेली मूलका च्याङग्राहरू केही ठूलो आकारका हुन्छन् । यिनीहरूको शारीरिक तौल ७० किलोसम्मको हुन्छ । नेपाली च्याङग्राहरू केही सानो जीउडालका हुन्छन् । यिनीहरूको शारीरिक तौल सरदर ३५–४० किलो बोका र २७–३० किलो बाख्राको हुन्छ । च्याङग्राहरू ढिलो वयस्क हुन्छन् । एक डेढ वर्षको उमेरमा पहिलोपटक बाली लागि वर्षमा एक फेर र एउटा मात्र बच्चा ब्याउँछन् । उच्च हिमाली भेगमा च्याङग्राहरूलाई भारी बोकाउन पनि प्रयोग गरिन्छ । यिनीहरूले ७–८ किलो सामान बिशेषतः नुन, चामल बोकर हिँड्न सक्छन् ।
1.8 विदेशी मूलका बाख्राहरू:
विदेशी मूलका बाख्राहरूको विशेषताः
विदेशी मूलका बाख्राहरू मासु तथा दूध उत्पादनका लागि निकै प्रशिद्ध छन् । नेपाली हावापानीमा फस्टाउन सक्ने विदेशी मूलका जमुनापारी, बारबेरी, बोर, आदि जातका बाख्राहरू लोकप्रिय हँु दै गएका छन् । विदेशी मूलका केही बाख्राहरू नेपाली जातका बाख्राहरूको नश्ल सुधारका लागि पनि प्रयोगमा ल्याइएका छन् । विदेशी जातका केही मुख्य मुख्य बाख्राहरू निम्न हुन्ः
a) जमुनापारी यो भारतीय मूलको सबैभन्दा ठूलो, अग्लो जीउडालको लोकप्रिय जातको बाख्रा हो । यस जातको बाख्रा मासु र दूध उत्पादनको लागि उपयुक्त मानिन्छ । लामो लामो तुरलुङ्ग झुन्डिएको कान, लामो अग्लो गोडा, सुगाको जस्तो नाक, देख्नमा भव्य, पछाडिको फिलामा लामो लामो रौं यस जातको विशेषता हो । वयस्क बोका ५०–६० किलोे वजन गरेको हुन्छ । बाख्रा ४०५–५० किलोकी हुन्छे । उन्नत तरिकाले पालेमा जमनापारीको खसी ९० किलोसम्मको हुन्छ । यस जातको बाख्रीले वर्षमा एकपटक र एउटै मात्र बच्चा जन्माउँछ । बाख्रीले एक दिनमा २.५ लिटर दूध दिन्छ । छ महिनामा पाठाको तौल करिब १५ किलोको हुन्छ । ठूलो जीउडाल, बढी दूध, छिटो हुर्कने तथा जङ्गली घाँसपातमा पनि राम्ररी जीवन निर्र्वाह गर्न सक्ने भएको हुँदा नेपालमा यस जातको बाख्रा निकै लोकप्रिय भएको छ । नेपालमा यस जातका बाख्राहरूलाई १०००–१२०० मिटरसम्मको उँचाइमा पाल्न सकिन्छ । यस जातको बाख्रा कृषि अनुसन्धान केन्द्र, बन्दिपुर तथा धनगढी बाख्रा फार्ममा पालिएका छन् । स्थानीय जातका बाख्राहरूको नश्ल सुधारका लागि सरकारी स्तरमा यस जातका बोकाहरूको प्रयोग गरिन्छ ।
b) बारबरीः सानो गठीलो जीउ गरेको, रातोमा सेतो टाटापाटा परेको यो अफ्रिकी मूलको बाख्रा हो, झलक्क हेर्दा मृग जस्तो देखिन्छ । घरमा बाँधेर पाल्न यस जातको बाख्रा निक्कै उपयुक्त हुन्छ । यो मासु तथा दूध उत्पादनका लागि उपयुक्त मानिन्छ । वयस्क बोकाको तौल ३७–४० किलो र बाख्रीको तौल २२–२५ किलो हुन्छ । एक बेतमा २–३ वटा बच्चा ब्याउँछन् । यिनीहरूले एक बेतमा २२५ लिटर दूध दिन्छन् । वर्षमा दुई पटक ब्याउँछन् । दूध बढी दिने, सानो चिटिक्कको जीउ, धेरै बच्चा ब्याउन र हुर्काउन सक्ने तथा स्वादिलो मासु हुने भएकोले नेपालको तराई क्षेत्रमा यस जातको बाखा निकै लोकप्रिय रहेको छ । नेपालमा सर्वप्रथम सन् १९६६ मा इजरायलबाट यस जातका बाख्राहरू झिकाइको थियो । यस जातको बाख्रा धनगढी स्थित बाख्रा विकास फार्म, बुढीतोलामा पालिएको छ । सरकारी स्तरमा पनि स्थानीय जातका बाख्राहरूको नश्ल सुधारका लागि यस जातका बोकाहरू वितरण गरिएका छन् ।
c) बोअर बाख्रा- यो अफ्रिकी मूलको मासु उत्पादनका लागि विश्व प्रशिद्ध जातको बाख्रा हो । उन्नत तरिकाले पालनपोषण गर्दा बोअर बाख्राको शारीरिक वृद्धिदर सबै बाख्राहरू भन्दा बढी दैनिक २०० ग्राम सम्म पाइएको छ । यिनीहरूको रङ्ग प्रायः सेतो र टाउको केही रातो हुन्छ । वयस्क भाले ९०–१३० किलो र पोथी ८०–१०० किलोसम्मकी हुन्छ । यसको बोका ६ महिनामा र पाठी १० महिनाको उमेरमा गर्भाधारण गर्न योग्य हुन्छन् । साला खाला बाखीले एक पटकमा दुई पाठापाठी ब्याउँछ र दुई वर्षको अवधिमा तीन पटक ब्याउँछ । जन्मदा नै यसका पाठापाठीहरू ३–४ किलाका हुन्छन् । पाठापाठीहरू तीन महिनाको उमेरमा २५ – ३० किलोका हुन्छन । बोअर बाख्रालाई तराई तथा मध्य पहाडीक्षेत्रमा सफलतापूर्वक पाल्न सकिन्छ । यो बाख्रा नेपाल कृषि अनुसन्धान परिषद्ले २०६५ साल देखि परीक्षण शुरु गरेको छ । नीजि स्तरमा केही बाखा फार्मे बाग्मती बाख्रा फार्म तथा अन्यले पनि बोअर बाख्रा पाल्ने गरेका छन् ।
d) सानन्ः बाख्रा दूध उत्पादनको निमित्त यो विश्वविख्यात जातको बाख्रा हो । यस जातको बाख्राको उत्पत्ति स्वीटजरल्यान्डमा भएको हो । यिनीहरूको रङ सेतो वा नौनी जस्तो हुन्छ । कान ठाडो तथा चनाखो देखिन्छ । सिङ्ग प्रायः उम्रन्न । बोका तथा बाख्री दुवैमा चुस्स दाह्री उम्रेको हुन्छ । वयस्क बाख्रीको तौल ७५ किलो र बोका ९० किलोको हुन्छ । पहिलोपटक ११–१२ महिनाको उमेरमा ब्याउँछ । ब्याएपछि ८–१० महिनासम्म दूध दिइरहन्छ । यिनीहरूले एक दिनमा दुई देखि पाँच लिटरसम्म दूध दिन्छन् । दुधमा करिब ४ प्रतिशत प्mयाट पाइन्छ । यस जातको बाख्राको दूध उत्पादन क्षमता बढी भएकोले यो बाख्रालाई बाख्रा जगतकी दूधकी रानी “मिल्क क्विन अफ गोट वर्ड” पनि भनिन्छ । सर्वप्रथम यस जातको बाख्रा २०२३ साल (सन् १९६६) मा इजराइलबाट नेपालमा झिकाइ स्थानीय जातको बाख्राको दूध उत्पादन क्षमता बढाउन प्रयोगमा ल्याइएथ्यो । नेपालमा १५००–२५०० मिटरसम्मको उँचाइका क्षेत्रमा पालन गर्न यस जातको बाख्रा उपयुक्त देखिएका छन् । यस जातको बाख्रा हाल चितलाङ तथा पाँचसयखोला फार्ममा पालिएका छन् ।
e) अँगोरा- यस जातको बाख्रा विशेषगरी मोहेयर को लागि पालिन्छ । मोहेयर, रेशम जस्तो नरम रौँ हो । यस्तो रौँ अङगोरा बाख्राको शरीरमा जाडो मौसममा उम्रने तथा गरममा झर्ने गर्छ । मोहेयरबाट उच्चकोटीको गरम कपडाहरू बनाइन्छ । अङगोरा बाख्राको मूल थलो हिमालय क्षेत्र भएतापनि यसको उत्पत्ति टर्कि तथा एसिया माइनर भएको अनुमान गरिन्छ । वयस्क बोकाको तौल ६०–८० किलो र बाख्री ४०–५० किलो वजनका हुन्छन् । एउटा बाख्राबाट सालाखाला प्रतिवर्ष ३ किलो मोहेयर उत्पादन हुन्छ ।