himalayan goat breeding farm

किम्बु घास एक परिचय

6:36 AM
किम्बु घास एक परिचय
kimbu ghas
kimbu ghas 
किम्बु बिरुवाको सबै भाग उपयोगमा आउने हुनाले यसलाई भारतमा कल्पबृक्ष पनि भनिन्छ । तराईदेखि पहाडको २२०० मिटर उचाइसम्म लगाएर २० बर्षसम्म उत्पादन लिन सकिन्छ । यो छिटो हुर्कने प्रजातिको बनस्पति हो । किम्बु पतझड बनस्पति भएकाले केही हदसम्म तुषारो सहन सक्छ । यसको प्रसारण बिउ र हांगा काटेर पनि गर्न सकिन्छ । तर, यो अति सुख्खा तथा माटोको तह कम भएको क्षेत्रमा भने फस्टाउन सक्दैन । ।
रेशमखेती गर्नका लागि तराई र सिंचित क्षेत्रमा होचो कदको रुपमा फेददेखि नै हाँगा पलाउन छोडिन्छ र बर्षको चार पटकसम्म काटेर कीरा पालन गरिन्छ भने असिंचित क्षेत्रमा एक डेढ मिटर उचाइका होचो रुखका रुपमा हुकाई बर्षको तीन पटकसम्म हाँगा छिमोलेर रेशमकीरा पालन गरिन्छ । किम्बु सडकको छेउ र घर वरिपरि सौन्दर्यदायक बिरुवाका रुपमा पनि रोपिन्छ । मंसिरदेखि माघसम्म पात झर्ने र गर्मी महिनामा प्रशस्त पातसहित झ्याम्म पलाएका हाँगाहरुले छहारी प्रदान गरी शितलता दिन्छ । यसले प्रदान गर्ने छहारीमा अदुवा, बेसार कफी तथा चियासमेत रोपेर थप आयआर्जन गर्न सकिन्छ । किम्बुको पात, हरियो डांठ र कीरा पालनबाट उपलब्ध बिष्टा एवं प्युपा पशुआहारको स्रोतःकिम्बुको पातमा रहेको उच्चस्तरको प्रोटिनबाट रेशम कीरा पालन गरिन्छ । किम्बु रेशमकीरा पालनको एकमात्र आहारका रुपमा प्रयोग भएको छ, तथापि पात टिपेर बाँकी रहने कलिलो डांठ कीराका लागि प्रयोग नहुने र रेशम कीराले पात खाएर बाँकी रहने पातको नसासहित कीराको बिष्टा पनि पशु आहारका रुपमा प्रयोग गर्न सकिन्छ ।पशुपालनमा रेशमकीराको किम्बुले पुर्याउने योगदान एक रोपनी जमिनमा लगाइएका किम्बु बिरुवाबाट बर्ष भरिमा हाँगासहितको पात उत्पादन तराइमा २० क्वीन्टलभन्दा बढी र पहाडमा १५ क्वीन्टल हुन्छ । रेशमकीरा पालनका लागि हाँगासहित किम्बु काटेर पात कीरापालनका लागि टिपेर वा हाँगा सहित ख्वाएर प्रयोग गरिन्छ । पात ख्वाएर कीरापालन गर्दा खाएर बाँकी रहने ३० प्रतिशत घाँस, हरियो डाँठ र कीरापालनबाट प्राप्त बिष्टा पशुआहारका लागि प्रयोग गरिन्छ । एकपटक किम्बु बिरुवा हुर्किएपछि २० बर्षसम्म उत्पादन दिन्छ । तर, काँटछाँटमा भने ध्यान पुर्याउनुपर्छ । किम्बुको हाँगा काँटछाँटबाट तराईमा १ रोपनीबाट ६०० केजी जति दाउरा पनि उत्पादन हुन्छ ।
एक हेक्टर जमिनमा किम्बु खेती लगाई गरिएको रेशमखेतीले बर्षैभरि १३ जनालाई रोजगारी मिल्छ । पशुदानाका लागि किम्बुको उपयोग, दृष्टिकोण र अभ्यास : पशुपालनका लागि हरियो घाँस उपलब्धता हुने महिनाको दृष्टिले चैत, बैशाख र जेष्ठ सुख्खा महिना हुन् । किम्बु बिरुवा फागुन महिनादेखि पालुवा पलाएर चैत महिनादेखि काट्नका लागि उपलब्ध हुन्छ ।
किम्बुको पातमा निहित प्रोटिन र चिनीको मात्रा जति पात छिप्पिदै जान्छ उति घट्दै जान्छ । त्यसैगरी किम्बुको पातमा पोटासियम र फलाम तत्व पशुका लागि चाहिने भन्दा पनि अधिक मात्रा क्रमश ०.५ –१ र ३ –५० पीपीएम रहने उल्लेख गरिएको छ । त्यस्तै पातमा निहित क्याल्सियम २.४ देखि ४.७ प्रतिशत जुन पशुको लागि चाहिने मात्रा (०.१९ – ०.८२) बढी भएकाले दुधालू पशुको शुरुको अवस्थामा दूध उत्पादन वृद्धि गर्न सहायकशिद्ध हुने भएता पनि पछिल्लो अवस्थामा बाँझोपन गराउन सक्ने भएकाले पशु आहारको एक भागको रुपमा मात्रा प्रयोग गर्न सुझाव दिइएको छ । रेशमकीरा पालन गरी बाँकी रहेको कलिलो डाँठमा पनि क्रुड प्रोटिन ११.५ प्रतिशत, ७६.५ कार्बोहाईड्रेट ९.३ प्रतिशत खरानी १.५६ क्याल्सियम ०.२ फोसफोरस रहने उल्लेख गरिएको छ । गाउँघरमा पशुपालनका लागि प्रयोग गरिने पशुदानाको मुख्य स्रोत र यसमा पाइने पोषण तत्वसँग तुलना गरी हेर्दा अधिकांश पोषणतत्व किम्बुमा पाइने भएकाले रेशमखेती र पशुपालन व्यावसायको अन्तरसम्बन्ध घनिभूत गर्न आवास्यक देखिन्छ ।
छायाँमा सुकाएको किम्बुको पात कुखुराको रासनमा ६ प्रतिशतसम्म मिसाउँदा कुखुराको अण्डा उत्पादन वृद्धि हुनुका साथै फुलको पहेलो भागमा सकारात्मक असर पर्ने अनुसन्धानको नतिजाबाट पाइएको छ । किम्बुको पातको क्रुड प्रोटिन अन्य गुणस्तरयुक्त डालेघाँस बडहर र ईपिलईपिलसँग तुलना गर्दा राम्रो पाइएको छ । जबकि प्राय: राम्रो मानिएको डालेघाँसमा ट्यानिन भन्ने तत्व बढी मात्रामा पाइन्छ । तर किम्बुको घाँस ट्यानिन रहित हुने भएकाले पनि प्रचलित डालेघाँसको तुलनामा राम्रो मानिएको छ । किम्बुको पातमा हुने नाईट्रोजन सल्फर र अन्य खनिजको प्रयाप्त मात्राले पशुको पाचन प्रणालीमा जैबिक प्रोटिन संश्लेषण हुन गई पशुलाई ख्वाइने सुख्खा पराल तथा छ्वालीजस्ता रेशादार पदार्थको उपयोगिता बृद्धि गराउँछ । पशुको पाचन प्रणालीमा जैबिक प्रोटिनको उपलब्धताले बायुमण्डल प्रदुषित ग्यास जस्तै मिथेन र कार्बनडाइअक्साइड उत्पादनमा कमी गराउँछ । नेपालमा अधिकांश पाखो र खेतीयोग्य तर दिनानुदिन बाँझिदै गएका जमिनमा किम्बुखेती बिस्तारको माध्यमले रेशमखेती विस्तारका अतिरिक्त पशुपालन व्यवसायमा महत्वपूर्ण योगदान हुन्छ । साना तथा मझौला कृषकको बाहुल्य रहेको नेपालमा जीवनस्तरको एकमात्र आधार भनेको पशुपालनमा आधारित कृषि प्रणाली नै हो ।

बाख्रा पालन को लागी आबस्यक पर्ने घास हरु

6:11 AM
बाख्रा पालन को लागी आबस्यक पर्ने घास हरु
green fooder for goat   himalayan goat breeding farm
green fooder for goat 
 बाख्रा पालनवाट कति उत्पादन लिन सकिन्छ भन्ने कुरा उनिहरुको स्याहार संहार मा भर पर्ने गर्छ त्यसमा  आहाराको अत्यन्त ठूलो भुमिका रहन्छ ,  बाख्रा मात्र उन्नत जातको र धेरै उत्पादन दिने खालको छ तर उपयुक्त पोषण तत्वको अभाव भयो भने राम्रो उत्पादन लिन सकिदैन । यसरी आहाराबाट प्राप्त पौष्टिक तत्वहरुवाटनै  बाख्रा ले उत्पादन गर्ने भएको हुदा पशु पालनमा सवैभन्दा ध्यान पु¥याउनु पर्ने कुरा आहारानै रहन्छ । हाम्रो गाउँघरमा हरियो घाँसपातको अभावमा मंसिरदेखि चैत सम्म जस्तोसुकै बढि उत्पादन दिने पशु भएपनि बढिमात्रामा पराल खुवाउने चलन हुन्छ जसवाट पशुहरुले संतुलित आहारा खान पाएका हुदैनन् अन्तत उत्पादनमा ह्रास आउनुका साथै पशुहरु दुब्लाएर हाडछाला बाँकि रहने हुन्छ जस कारण पशु पालन ब्यवसायनै असफल हुने गरेको पाइन्छ । पशुपालनवाट बढि अम्दानी लिनको लागि पशुहरुको आहारामा प्रयाप्त पौष्टिक तत्व प्रदान गर्नु पर्दछ । हाम्रो देशमा पशु आहाराको मुख्य स्रोत खेतबारीको कान्लावाट पा्रप्तहुने हरियो घाँस,डालेघाँस ,बन जंगलबाट प्राप्तहुने घाँसपातहरु र खेतीपातीवाट प्राप्तहुने नल, ढोड, छ्वाली, पराल आदि हुन यसवाहेक वाटोको छेउछाउ तथा खालि जग्गामा पशुहरुलाई चराएर पनि पाल्ने गरिन्छ । पौष्टिक तत्वको दृष्टिले नल , पराल ज्यादै निम्न स्तरको आहारा हो भने खेतवारी, जंगलबाट प्राप्तहुने घाँसपातहरुप्रयाप्तमात्रामा नहुने र बाह्रै महिना उपलब्ध नहुने हुदा पशुहरुमा आहराको बर्षभरी अभावनै रहन्छ । फलस्वरुप हरेक प्रकारका पशुहरुको उत्पादन कम हुने गर्दछ । हरियो घाँसमा प्रोटिन खनिज भिटामिन जस्ता पौष्टिक तत्वहरु प्रसस्त मात्रामा पाइने गर्छ र कोषेजातका घाँसमा प्रटिनको मात्रा बढि भएकाले यसलाई अन्य घाँस संग मिलायर खुवाएमा पशुलाई आवश्यक सवैजसो पौष्टिक तत्व प्राप्त हुन्छ । यस्ता घाँस दाना भन्दा निकै सस्तो पर्छ यसर्थ पशुपालनबाट फाइदा लिने र पशुपालनलाइ व्यबसायीक रुपमा अंगाल्ने हो भने घाँस खेती गर्नु अत्यन्तै आबश्यक छ। यसरी घास खेतीमा आधारीत पशुपालन व्यबसाय चल्दै आएका बिकसित मुलुकहरु जस्तै अस्टे«लिया ,न्युजिल्याण्ड हरुलार्इृ उदाहरण को रुपमा लिन सकिन्छ । पशुपालन व्यबसाय र्आिर्थक आम्दानीको राम्रो स्रोत हुदाहुदै पनि पशु फर्ममा पोसिलो घाँसपातको अभाब नेपालको मुख्य समस्याको रुपमा रहेको छ। नेपाल को बिभिन्न क्षेत्रमा मौसम अनुरुपको बाह्रै महिने घाँस खेति गरि आबश्यक मात्रामा उत्पादन लिन सकिन्छ। यहाँका लागि उपर्युतm प्रमुख जातका घासँ खेतिको बारेमा जानकारीहरु तल दिईएको छ :

 १) स्टाइलोः
 यो गरम हावापानी भएको ठाँउमा हुने कोसे जातको बहुबर्षिय घाँस हो । यसलाई जेष्ठ–आषाढमा पानी परेर जमिन भिजेको बेला लगाउनु पर्दछ। माटोमा चिस्यान नभएको बेला यसलाई छर्नु हुदैन । यो घाँस खरबारी, पाखो, रुखो भिरालो,भुक्षय भएको ठाउका साथै सडकको छेउछाउ,नहरको छेउछाउ,अत्यधिक चरणहुने चरण क्षेत्रहरु लगाएतका स्थानमा लगाउन सकिन्छ। यसलाई रामा्रे संग खनजोत गर्नु आबश्यक हुदैन, भिरालो जग्गामा एक अंगुल जति गहिरो तेसो्र लाइन कोरेर बिउलाइ अलि–अलि छोपेर लगाउन सकिन्छ। रामा्रे बर्षात भइरहेको बेला नखनिकन त्यसै छर्दा पनि हन्छ। बहुबर्षिय घाँस भएकोले यसलाई काट्दा फेदसम्म काट्न र चराउन हुदैन, फेदबाट करिब ३ अंगुल छोडेर काट्नु पर्छ । यसलाई लगाएको ३–४ महिना पछि पहिलो पटक र बर्षको ४–५ पटक सम्म काट्न सकिन्छ,यसबाट जम्मा ५ किलो प्रति हे.का दरले उत्पादन लिन सकिन्छ।

२) नेपियर र डाले घाँसः
नेपियर सिँचाइ व्यबस्था भएको र गरम हावापानीमा हुने एक प्रकारको बहुबर्षिय घाँस हो । यसलाइ बारीको सिमाना वरिपरि, कान्ला, डिल, पाखा, पखेरो आदिमा लगाउन सकिन्छ । बिशेषगरी डालेघाँस बारीको सिमानामा र नेपियर कुलोको डिलमा लगाउन सकिन्छ । यसको बिउ नहुने भएकाले उखुजस्तै छिप्पीएको डाँठ जमिनमा त्रि सुताएर गाडेर लगाउनुका साथै बर्षायाममा घाँस काटेर बचेको जरा सहितको डाँठको फेद रोपेर पनि लगाउन सकिन्छ । यसको तिन आख्ला भएको डाँठलाई छड्के गरि तल्लो एक आख्लो जमिन मुनि बिचको आख्लो सतहमा र माथिल्लो आख्लो जमिन माथी पारी २५ से.मि. दुरीमा रोप्नु पर्दछ । यसलाई रोपेको दुई महिना पछि पहिलो पटक र पछि दुइ हप्ताको फरकमा वा दुइ हात अग्लो भएपछि ६ अंगुल छोडेर काट्नु पर्दछ । यसलाई परालमा मिसाएर सानो सानो टुका्र बनाई काटेर खुवाउदा उपर्युत हुन्छ ।

३) बर्षिम :
यो न्यानो हावापानी हुने तराइ तथा पहाडको बेसिमा हिउदमा (आश्विन–कार्तिक) लगाउन सकिने कोषे घाँस हो । यसलाई धान काट्नु भन्दा ३ हप्ता पहिला सिदै छर्न सकिन्छ । अथवा धान काटिसकेपछि डल्ला फोडेर छर्न सकिन्छ । विउ छरेको ४५ दिनमा र प्रत्यक कटाई पछि सिचाई गर्नु पर्छ । यसलाई सिजनमा ५–६ पटक सम्म काट्न सकिन्छ , यसरी प्रति कठ्ठा २–३ टन हरियो घाँस उत्पादन हुन्छ, यसलाई परालसंग मिसाएर खुवाउदा राम्रो हुन्छ ।

बाख्राको आहारा ब्यबस्थान

5:58 AM
  बाख्राको आहारा  ब्यबस्थान
 बाख्राको आहारा  ब्यबस्थान
 बाख्राको आहारा  ब्यबस्थान 
बाख्रापालन्को लागी आहाराको उचित   ब्यबस्थान  महत्वपूर्ण पक्ष हो । बाख्रालाई जिबन निर्वाह र उत्पादनको लागी सन्तुलित आहारा आवश्यक पर्दछ । आहाराको उचित ब्यवस्थापनवाट शारिरिक बृद्दी , पाठापाठी हुर्काउन, समयमा वाली जान,  रोग प्रतिरोधात्मक क्षमतामा बृद्दी गर्न सकिने भएको हुँदा यस ब्यवसायमा आहारा ब्यवस्थापनको महत्वपूर्ण भूमिका रहेको छ । साधारण्तया यस ब्यावसयमा संचालन  खर्च को ५० देखी ६० प्रतिशत खर्च आहारा ब्यवस्थानमा हुने गर्दछ ।
१ बाख्राको लागी आवश्यक  पौष्टिक तत्वहरु

संसारमा पाइने जुनसुकै प्राणी आहारा बिना बाँच्न सक्दैन । आहारामा बिभिन्न पोसक तत्वहरु रहेका हुन्छन, जस्ले शरिरका महत्वपूर्ण कार्यहरु संचालन गरिरहेका हुन्छन । पशुहरुलाई जिबित राख्न र पशुजन्य पदार्थको उत्पादन लिन नभई नहुने पदार्थहरु कार्वोहाइड्रेट, प्रोटिन,  चिल्लो पदार्थ , खनिज तत्व , भिटमिन र पानी हुन।

कार्वोहाइड्रेट  र चिल्लो पदार्थ

बाख्राको समग्र उत्पादकत्व र खाएको आहारा पुर्ण प्रयोगको लागी शक्ती अत्यान्त महत्वपूर्ण तत्व हो । शरिरका लागी आवश्यक शक्ती मुख्यत: कार्वोहाइड्रेट र चिल्लो पदार्थबाट प्राप्त हुन्छ । यस्को कमिले शारिरिक बृद्दिदर कम हुने, बाली ढिलो लाग्ने उत्पादन कम हुने उल्टिरहने जस्ता समस्याहरु देखापर्दछन । शरिरमा शक्तिको लगातार कमी भएमा बाख्राको रोग र परजिविहरु बिरुद्द प्रतिरोधक क्षमता गुमाउन सक्ने हुन्छ।
कार्वोहाइड्रेटका स्रोतहरु
वालिजन्य पदार्थ: मकै, गहु, जौ, जै धान, चामल जस्ता स्टार्च भएका आहाराहरु
उप पदार्थहरु: घाँस, पराल, चोकर, नल, ढोड, छवली, कुनौरो जस्ता बढी रेशा भएका आहाराहरु

प्रोटिन
प्रोटिन बाख्राको लागी अति ने महत्वपुर्ण पोसक तत्व हो । शरिर तन्दुरुस्त राख्न तथा शारिरिक बृद्दिको लागी प्रोटिनको आवश्यकता पर्छ । बाख्राको सम्पुर्ण आहारामा न्युनतम ६ प्रतिसत कोरा प्रोटिन उपलब्ध गराउनु पर्छ अन्यथा बाख्राले आहारा कम खाने गर्दछ । आहारामा प्रोटिनको कमिले बाख्राको पाचन प्रणाली मै असर गरेर खाएको आहाराको उपभोगमा समेत असर पर्छ । साधारणतया प्रोटिनको कमिले भोक कम लाग्ने  तौल घट्ने शारिरिक बृद्दी कम हुने प्रजनन क्षमतामा हार्स आउने रौ विकास मा असर गर्ने आदी हुन्छ।
यदी लामो समयसम्म लगातार प्रोटिनको कमी भएमा पाचन प्रकृयामा गडवडि, रक्त अल्पतासँगै सारीर सुन्निने गर्दछ ।
बाख्रालाई निवार्हको लागी प्रती किलो शरिरिक  तौलमा प्रती दिन ० .५९० ग्राम देखी २ .५७ ग्रामसम्म तथा औषतमा १ .८२ ग्राम पाच्य प्रोटिनको आवश्यकता पर्छ ।
प्रोटिन को स्रोतहरु
कोसे जातका घाँसहरु भटमासको पिना तोरिको पिना दलहन वालि

खनिज पदार्थ

खनिजतत्त्व हरुले शरिरको कोश बृद्दी र कोश हरुको चापलाई निर्धारण गरी शरिर्को कोश तथा कोशीकाहरुलाई आवश्यक खाधतत्व हरुको ओसार पसार कोस एव्ं तन्तुहरुको फोहोर निश्कासन र पित्त झोल जस्ता महत्वपुर्ण भूमिका खेलेको हुन्छ । सामान्यतया बाखाले खाने आहारा एव्ं चरनबाट आवस्यक मात्रामा ख निज पदार्थ उपलब्ध हुने भएतापनी क्यालसियम फोस्फोरस लवण र सल्फर जस्ता खनिज तत्त्व अवस्था अनुसार थप गर्नु पर्ने हुन्छ ।

नुन
ब्याएको दुध दिने बाखृलाई दानामा ० .५% मिसाइ दिने वा मन लागेजती चाट्न दिने गर्नु पर्छ ।
क्यालसियम

ब्याएको दुध दिने बाखृलाई थप  क्यालसियम अनिवार्य रुपमा उपलब्ध गराउनु पर्दछ, यस्ले हड्डी को बिकास मुटुको  मांसपेशिहरुको चाल र लय बनाउनु मद्द्त गर्द्छ । ब्याउने र ब्याएको दुध दिने बाख्रामा यस्को कमिले शिताङ ज्वरो गराउन सक्छ ।

फोस्फोरस्

यस्ले हडडिलाई मजवुत राख्न, शरिरमा कार्वोहाइड्रेटको परिचालन गर्न र प्रोटिन्को अंशको रुपमा मह्त्वपुर्ण भूमिका निर्वाह गरेको हुन्छ । सामन्यतया बाख्रालाई क्यालसियम र फोस्फोरस २ ।१ देखी ४ ।१ को अनुपात्मा उपलब्द गराउनु पर्दछ । बाख्रको निर्वाहको लागी क्याल्सियम १४७ मि ग्रा प्रती के जि जिवित तौल र फोसफोरस ७२ मि ग्रा प्रती के जि जिवित तौल आवस्यक पर्दछ ।

भिटामिन्
बाख्रले खाने आहारा र चारनबाट प्राप्त भिटमिनहरु बाख्राको लागी पर्याप्त हुन्छ र 'बि' भिटामिन बाख्राको घाँसे पेटमा आवस्यक अनुसार आफैले उत्पादन गर्नेगर्छ । धेरै दुध दिने ठुला जातहरु वाहेक सामान्यतया भिटमिनको आवश्यकता पर्दैन ।
पानी
सबै जिवित बस्तुहरुको लागि पानी  नभएनहुने खाधतत्त्व हो । जनावरको सारीरमा जिबित तौलको ७३% पानी हुन्छ । सारीर्को कोश कोशीकाको निर्माण बृद्दी परिचालना देखी शारिरिक तत्वहाँरुको ओसार पसार र ताप परिचालन्को लागी पानी आवस्यक हुन्छ । त्यसैले सबै खाधतत्वको आवश्यक मात्रामा पुर्‍याए पनि यथेस्ट पानी उपलब्ध भएन भने पशुबस्तु बाट भनेजस्तो उत्पादन लिन सकिदैन । सामान्यतया २० के जि तौल बराबर्को बाख्रालाई ४५०-६५० मि लि सम्म पानी प्रतिदिन आवश्यक हुन्छ । यस बाहेक बाख्रालाई सुकेको पदार्थ र पानी १:४ को अनुपात मा उपलब्ध गराउनु पर्दछ ।
सुख्खा  पदार्थ
पशु वस्तुहरुको  आहारामा सुख्खा पदार्थले उसको स्वाभाविक खाने क्षमता र उपलब्ध आहाराको उत्पादनमा प्रयोग गर्ने क्षमता संकेत दिन्छ । सामान्यातया: बाख्राले गाइभैसी र भेडाभन्दा बढी सुख्खा पदार्थ खान सक्दछ । मासुको लागी पालिने बाख्रालाई भन्दा दुधको लागि पालिने बाख्राहरुको आहारामा बढी सुख्खा पदार्थ चाहिन्छ ।

सुख्खा  पदार्थ उपभोग उपलब्ध घाँस आहारा आहाराको स्वादिलोपना र आहारमा भएको जलाश प्रतिशत आदिमा भर पर्ने भएतापनी मासु उत्पादन्को लागी पालिने बाख्राहरुलाई जिवित तौल्को ३-४ प्रतिशत र दुधको लागि पालिने बाख्रालाई जिवित तौलको ५-७ प्रतिशत सुख्खा पदार्थ आवश्यक हुन्छ ।

Benefits of Raising Boer Goats

11:16 AM
Benefits of Raising Boer Goats
Benifits of boer goat rising himalayan goat breeding farm
Benifits of boer goat rising himalayan goat breeding farm
1. How easy is it to raise Boer goats? 
Boer goats are survivors, because they evolved in the dry tropics. They’ve devised all kinds of ways to live in a difficult environment where there are not many foragers but plenty of browse and shrubs. They spend a lot of time browsing rather than grazing. And many of their browse plants contain noxious compounds so Boer goats have evolved by devising ways to dilute these noxious compounds. If you compare a goat to a cow and put them in a grazing situation or give them a choice, cows are going to eat the same thing most of the day. Goats like a “buffet.” They like to move from one species of plant to another. This is a way for them to dilute some of the noxious compounds they pick up in plants. It’s a common misconception that goats are a lot like sheep – but they are actually quite different. Their nutritional requirements are different. As smaller animals, goats need better foragers and higher quality feed than sheep.
2. Are Boer goats easier to raise than other breeds of goat? 
Boers have mild temperaments, are affectionate, and require no milking, no special care and no shearing. Goats in general can survive under adverse foraging conditions, setting them apart from other livestock. Boers, developed for meat and hardiness, are large-framed and resemble Nubian goats. They consistently produce more muscling in less time than other goat breeds. Boers were developed to clear land that was too tough to be cleared by humans, and they spend a lot more time grazing than other goat types. They're out in the heat of the day when dairy goats stay in the shade, and they graze in blowing snow. Boers thrive on ground that won't support dairy goats without supplementation. Boer goats in their first 12 months can grow 200 g/day under good pastoral conditions. Faster-growing rates mean Boers reach marketing weights more quickly. (Carcass quality, however, is key to capturing maximum market returns.) Boers reach breeding weights fast. They have an extended breeding season, and does can have 3 kiddings every two years. About 50% of does produce twins and another 10% to 15% produce triplets. Boers are good milkers, allowing them to raise multiple offspring with excellent weight gains, with little pre-weaning mortality. Boer female kids can reach puberty at 6 months of age and are considered early breeders. Male kids can be used for breeding at 5 to 6 months of age but reach puberty or a body weight of 32 kg as early as 3 to 4 months of age. Boer breeders say that their kids are ready for market sooner, and their customers will pay a premium for meat goats if they add Boer blood to their herd. Compared with other goat breeds, Boers put on more weight and generally look fuller and healthier. At the butcher, if a customer sees a Boer goat along side another breed, the Boer is often purchased before being butchered. 7 Continuous improvement in genetic selection, feeding methods and management systems suggest that growth rates in Boers, as well as their crosses, will only increase. Because of their desirable traits for meat production, Boer goats have raised the performance of indigenous breeds through cross breeding so that indigenous goats have seen improvements in birth weights, growth weights, weaning weights, breeding weights, mature weights, kidding rates and carcass quality. Here are some other reasons why Boers are a great breed to raise:  Efficiency of feed and space. With 10 acres, a producer can raise 60 goats or ten head of cattle.  Boers (or Boer crosses) can prosper on poor pasture and brush that would not support cattle. They eat berry bushes, Russian olive, elm or cottonwood trees, ragwort, gorse, dock and other weeds. Some ranchers run goats on the pasture after their cows--to clean up the weeds.  Returns for raising Boer goats are generally higher than for cattle. You don't need expensive squeeze chutes for goats, and it's easier to own a buck than a bull and to artificially inseminate a doe than a cow.  Many people raise milk goats because they like goats. But it takes less time to feed 100 goats than to milk ten. Raising Boer meat goats is an option to consider if you don't want the trouble of milking,  The stress-coping mechanisms of Boer goats are strong and equivalent to those of hardy Merino sheep. Boers are tame, gentle animals and the more you handle them, the gentler they become. Of course, a wide variation in personalities exists between animals in a herd, and while a few Boers may be flighty, others want to stand and be scratched.
3 Are Boer goats easier to breed than other goat breeds?
Breeding Boer goats is generally no easier or harder than other breeds, especially since the current herds have much stronger genetics than when the breed was first brought from South Africa. 8 Choosing an exceptional buck and pairing him with average females, and providing the pregnant does with high quality feed, is generally all that’s needed to produce strong offspring that will continue to improve the flock.