बाख्रा पालन व्यवसाय - himalayan goat breeding farm

बाख्रा पालन व्यवसाय

बाख्रा पालन व्यवसाय
बाख्रा पालन व्यवसाय
बाख्रा पालन व्यवसायमा अत्यन्त लाभदायक साना कृषकहरूले समेत सिमित पूँजिमा पाल्न सक्ने हुँदाहँुदै पनि यसलाई व्यवसायीकरण गर्न सकिएको छैन । फलस्वरुप नेपालमा वर्षेनी २० लाखको हाराहारीमा खसीबाख्राहरू विदेशबाट मासु आपूर्तिको लागी भित्रिएको पाईन्छ । तसर्थ व्यवसायिक रुपमा बाख्रा पालन गरी विद्यमान आयतको संख्या न्यून गर्न बाख्रा पालनका विभिन्न पक्षहरू जस्तै गोठ÷खोर व्यवस्थापन, आहारा, प्रजनन र स्वास्थ्य व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

खोर/गोठ व्यवस्थापन
बाख्रा लाई बस्नको लागी पानी नजम्ने ठाँउमा यथेष्ठ घाम तथा हावाको प्रवाह हुने गरी एउटा बाख्रालाई १ वर्ग मिटर को ठाँउ पुग्ने गरी , जमिनबाट १ मिटर उठाई १/२”को दूरिमा काठ ठोकी टाँड बनाउनु पर्छ र घाँस राख्नको लागी टाट्नो ९जबथ चबअप० बनाउनु पर्छ । बाख्रा यस्तो प्राणी हो जस्ले आफुले कुल्चेको घाँस खाँदैन । दैनिक रुपमा गोठको सरसफाई गरीरहनु पर्छ । खोरको अगाडि यार्ड बनाउन सके राम्रो हुन्छ । हिउँद तथा वर्षातमा मौसम अनुसार तातो र चिसोबाट बचाउने व्यवस्था मिलाउनु पर्छ ।

आहारा व्यवस्थापन
बाख्राबाट अपेक्षित फाईदा लिन यिनिहरूको शारीरिक अवस्था अनुसार पोषिलो घाँस तथा दाना उपलब्ध गराउनु पर्दछ । घाँसको साथै दैनिक २५० ग्राम दाना दिएर पाल्दा दैनिक ७०–८० ग्राम शारीरिक तौल वृदि भएको अनुसन्धानले देखाएको छ । पाठापाठीको राम्ररि हेरचाह गरी पाल्दा ९ महिनाको उमेरमा २० के.जि सम्मशारिरक तौल पाईएको छ । बाख्राहरूलाई दाना बनाउदा घरमै पाईने मकै, भटमास, गहुँको चोकर वा धान (अन्नवाली०) ७२ भाग, पिना गेडागुडी २५ भाग, नून १ भाग र लवणहरूको मिश्रण २ भाग राखी बनाउन सकिन्छ । बाख्रालाई शारीरिक तौलको ३–५५ सुख्खा पदार्थको आधारमा घाँस उपलब्ध गराउनु पर्छ । दैनिक ४–६ घण्टा चराएर पाल्दा राम्रो उत्पादन लिन सकिने अनुसन्धानबाट थाहा भएको छ ।

प्रजनन व्यवस्थापन
बाख्राहरू वर्षमा २ पटक व्याउने तथा वाली लाग्ने गर्दछन्, खासगरी अश्विन/कार्तिक, फागुन/चैत्र यिनिहरूको व्रिडिङ सिजन हो । यस समयमा बाख्रालाई विषेश किसिमको हेरचाह चाहिन्छ । यथेष्ठ सन्तुलित आहार प्रदान गर्न सके बाख्राहरूमा अण्डा र बोका हरूमा शुक्रकिट उत्पादन उच्च उत्सर्गमा पुग्ने हुँदा जुम्ल्याह जन्मन सक्ने सम्भावना बढि हुन्छ । प्रजनन गराउँदा शारीरिक अवस्था राम्रो भएको छनोट गरी नजिकको नातामा प्रजनन गराउनु हुँदैन ।
यस्तो भएमा जातिय उत्पादन क्षमतामा ह्रास आउने हुन्छ । बथानका बोका मिसाँउदा एक बोकाको लागी ४० वटा सम्म बाख्रा मात्र राख्नु पर्छ । एक वर्षको बोका भएपछि मात्र बाली लगाउनु राम्रो हुन्छ । नवजात पाठापाठीलाई ३/४ पटक दैनिक बिगौति दुध खुवाउने व्यवस्था मिलाउनु पर्छ । करिब ७/८ बेत ब्याईसकेपछि माउ बाख्राहरूलाई हटाउनु राम्रो हुन्छ । बथानमा प्रजनन्को बोका बाहेक अन्यलाई खसी पारिदिनु पर्छ । प्रजनन्को लागि बोका बाख्रा छनौट गर्दा राम्रो शारीरिक अवस्था भएको जुम्ल्याहा जन्मेको मध्यबाट छनौट गर्नु पर्दछ । प्रजनन् योग्य बोका बाख्रा नार्कको फर्महरू र जिल्ला पशु सेवा कार्यालयद्वारा स्थापित स्रोत केन्द्रबाट पाउन सकिन्छ ।

स्वास्थ्य व्यवस्थापन
बाख्राहरूलाई बाहय तथा आन्तरिक परजिवीले निकै प्रभाव पार्ने हुन्छ । वर्षमा ४ महिनाको फरकमा बाहय तथा आन्तरिक परजिवी विरुद्घ डिपिङ्ग तथा डेन्चिङ गराउनु पदर्छ । डिपिङ्गको लागी ०.२५–०.५५ को बजारमा पाईने मालाथिएन, साइपरमेथ्रिनको झोलले सम्पूर्ण शरीर नुहाईदिने वा डिपिङ्ग टयाङ्कीमा डुबाईदिने ।
त्यसै गरी आन्तिरिक परजिविको लागी अलबेन्डाजोल, फेन्बेन्डाजोल ९५–७.५ एम.जि./प्रति के.जि. शारीरिक तौलको हिसाबमा खुवाउने वा आईभरमेक्टिन सुई ९१ एम एल/प्रति ३० के.जि शारीरिक तौलको हिसाबले छालामुनि लगाउँदा आन्तिरीक तथा बाहय दुवै परजिवीमा प्रभावकारी पाईएको छ । अन्य संक्रामक रोग पिपिआर, एचएस, खोरेत, इन्टरोटोक्सेमिया आदि विरुद्घको खोप नियमित रुपमा लगाउनु पर्छ । यसरी बाख्रालाई स्वस्थ राखी अधिकतम फाईदा लिन सकिन्छ