big goat picture |
“नेपालमा बाख्रा प्रजनन प्रायः सबै हाडनातामा हुनाले तौलमा कमी, रोगी र शारीरिक वृद्धि हुन नसक्दा बाख्रापालनबाट राम्रो आम्दानी लिन र व्यावसायीकरण गर्नमा बाधा पुगेको छ, बोकालाई माउ पाठापाठीसँग राख्नुहुँदैन । ज्यादै मोटो र दुब्लो बोका प्रजननको लागि योग्य हुँदैन । बोका एकदेखि पाँच वर्षको उमेरसम्म प्रजननयोग्य हुने, प्रत्येक दुई वर्षमा बोका फेर्नुपर्ने, २५ बाख्रीको लागि एउटा बोका र एक पटकमा दुई वा बढी पाठापाठी जन्माउने बाख्री मध्येबाट छनोट गरिएको बोकाबाट क्रस गराउनु उपयुक्त हुने विशेषज्ञको भनाइ छ ।
बाख्रापालनको लागि सन्तुलित आहार र व्यवस्थित प्रजनन आवश्यक रहेको विज्ञको भनाइ छ । “अन्य प्राणीमा जस्तै नजिकको नातामा प्रजनन भए बाख्रामा पनि जातीय गुण एवम् उत्पादन क्षमतामा क्रमिक ह्रास आउँछ
अनुसन्धान केन्द्र बन्दीपुरले वर्षेनी बढीमा एक सय ५० उन्नत बोका किसानलाई बेच्छ ।
खरी जातका स्थानीय बाख्रा राम्रो देखिएकोले राम्रा पाठा बोकाको लागि छनौट गरेर आफ्नो खोरमा नराखी बेग्लै गाउँठाउँमा लैजान सके हाडनाता नपर्ने र उत्पादन राम्रो हुन्छ ।
प्रजनन, आहार, स्वास्थ्य, चरन, खोर र बजार व्यवस्थ्ाापनमा विकास गर्न नसक्दा नेपालमा अझैपनि बाख्रापालनको व्यावसायीकरण हुन सकेको छैन ।
आवश्यक परेको वेला बेच्ोर घरखर्च टार्न सकिने गरीबको जीवनको आधार मानिएको बाख्रापालनबाट प्रशस्त आम्दानी लिन सकिन्छ । तर व्यावसायीकरण हुन नसक्दा यो व्यवसाय स्थानीय गर्जो टार्नमै सीमित छ ।
“जग्गा जमीन छ तर व्यवस्थित छैन । घाँसको उत्पादनमा कमी छ, सयवटा बाख्रा पाल्छु भन्दा कसैले दिन सक्दैन, बाख्रापालनमा व्यावसायीकरण संभव छ तर लागिपरेका कोही छैनन्
यो व्यवसायमा गाईभैँसीमा जस्तो धेरै र छिटो आम्दानी नहुने तथा धैर्य र निरन्तरताको आवश्यकता पर्ने हुँदा धेरै ठूलो मात्रामा बाख्रापालन व्यावसायीकरण हुन सकेको छैन । मासुको लागि विदेशबाट वर्षेनी करिव बाह्र लाख खसीबोका नेपाल भित्र्याइन्छ । यसको स्वदेशमा मासु उत्पादन ६० प्रतिशत छ ।
सरकारले बाख्रापालनलाई प्राथमिकता दिएको र ग्रामीणस्तरमा व्यापक भएकोले देशै बाख्रामय भएको न्छ । ठूलो मात्रामा र व्यावसायिक रुपमा बाख्रापालनका लागि चरन, प्राविधिकको सहजता र संभावनायुक्त बेग्लै ठाउँ आवश्यक छ
नेपालमा मूख्यतः चार जातका ८१ लाख बाख्रा भएको अनुमान गरिएकोछ । तीमध्ये खरी जातको सबैभन्दा बढी ५६ प्रतिशत छ । क्षेत्रगत रुपमा बाख्रापालनको अवस्था हेर्दा मध्यपहाडमा सर्वाधिक ५४ प्रतिशत छ भने तराईमा ३२ र उच्च पहाडमा १४ प्रतिशत छ ।
मासु, दूध, मल, रौं र यातायात नपुगेको ठाउँमा भारी बोक्न प्रयोग हुने बाख्रा सबै अवस्थ्ााका मानिसले पाल्न सक्ने बहुउपयोगी पशु हो । नेपालमा स्थानीय बाख्राहरुमा च्याङग्रा र सिन्हाल घुम्ती तथा खरी र तराई जातका बाख्रा घरायसी व्यवस्थापनमै पालिन्छन् ।
सरकारले बाख्रा विकासका लागि २०३३ मा केन्द्रीय बाख्रा विकास फार्म स्थापना गर्यो । जसले २०४५ सम्म उन्नत जातका प्रजनन योग्य बोका तथा घाँसका वीउ विरुवा उत्पादन गरी किसानलाई वितरण गर्दे आयो । तत्पश्चात केन्द्रले बाख्रा विकासका लागि उपयुक्त प्रविधि विकास गर्न वंश सुधार, पशु आहारा, स्वास्थ्य, घाँस तथा चरन र किसानहरुको आर्थिक तथा सामाजिक जीवनस्तरमा पार्ने विविध पक्षबारे अनुसन्धान तथा किसानले उपयोग गर्न सक्ने प्रविधिको विकास गर्दे आइरहेको छ । तनहुँको बन्दीपुरमा रहेको केन्द्रमा विभिन्न जातका ३६४ बाख्रा छन् ।
करिब ८० हेक्टर जमिनमा गोठ, भवन, घाँस खेती र प्राकृतिक चरन आदि छ । केन्द्रमा वैज्ञानिक, प्राविधिक लगायतका जनशक्ति, बजेट, दाना औषधि र ल्याब भएपनि प्राविधिकको अभाव छ । कामको लागि ज्यामीमा भरपर्दा बढी महँगो पर्ने र विभिन्न खालका समस्या झेल्नुपर्ने बाध्यता रहेको छ ।
नेपालमा चार स्वदेशी, दुई विदेशी र वणशंकर जातको बाख्रा पालिन्छ । बाख्रा उत्पादन तथा बजारको माग बीचको असन्तुलन हटाउन, आयात प्रतिस्थापन गरी कृषकको आम्दानी बढाउन व्यावसायिक उत्पादन आवश्यक भएको महसुस गरिएको छ । त्यसको लागि प्रजनन, आहार, स्वास्थ्य, चरन, खोर र बजार व्यवस्थ्ाापन गर्न अनुसन्धान केन्द्र बन्दिपुरले नयाँ अनुसन्धानको विकास गरिरहेको छ ।
हाल कृषकले प्रयोगमा ल्याएको टाट्नुमा ४६ प्रतिशत घाँस, पराल खेर गएकोले घाँस, पराल, दाना र पानी पिउने एउटै भाँडोको विकास भएको छ । कम खेर जाने दस बाख्रा पाठापाठीलाई घाँस खुवाउने फलामे तारबाट बनाइएको डोके फिडर बनाइएको छ । बाख्राहरु बढीमात्रामा आन्तरिक तथा बाहृय परजीवीबाट पीडित हुनेगर्छन् । रुघाखोकी, निमोनिया, माटे, नाम्ले जुका किर्नाजस्ता रोगका समस्या रहेकाले प्राविधिकको निगरानीमा पाठपाठीलाई तीन देखि चार महिनाको उमेरमा जुकाको र आन्तरिक परजीवीविरुद्ध वर्षमा चारपटक औषधि खुवाउनुपर्छ ।
बाख्राको लागि ८० प्रतिशत डाँलेघाँस र बाँकी भुइँघाँस मिसाएर खुवाउनु उपयुक्त हुन्छ । हावाको आदानप्रदान हुने गोठ भएमा स्वासप्रशवासका रोगबाट बच्ााउन सकिन्छ । तराईमा शीतलताको लागि उत्तर र पहाडमा हिउँको चिसोबाट बच्न दक्षिण फर्काएर केही उचाइ भएको टाँडसहितको गोठ बनाउन सुझाव दिइन्छ